कोरना कहर र मानवता - Naya Online

कोरना कहर र मानवता

कलिराम घर्तिमगर

प्राणीहरू मध्यकै सर्वश्रेष्ठ प्राणी हो मानव । चेतनशिल प्राणी जस्ले बिज्ञान र प्रविधिको प्रयोगले प्रकृतिलाइ चुनौती दिँदै विभिन्न कृतिम बस्तुको निर्माण गरि प्रयोगमा ल्याएको छ । नयाँ –नयाँ अविस्कारसँगै मानवले आफुलाइ सुबिधा सम्पन्न आर्थिक सम्पन्न बनाइरहेको छ । ढुङ्गे युगदेखि आजको युगसम्म आउदा यो पृथ्वीमा थुप्रै उथलपुथल ल्याएको छ मानवले । बिश्वका सम्पनशाली राष्ट्रको हरेक कुरामा प्रतिस्पर्धा चलिरहेको छ ।

आणविक हातहतियार, क्षेप्यास्त्र निर्माणदेखि लिएर बिज्ञान प्रविधि, सन्चार तथा अविस्कारको क्षेत्रमा फड्को मारिरहेका छन् र विश्वमा आफ्नो प्रभुत्व र अधिपत्य जमाउने होडबाजीमा छन । यदाकदा सुनिन्छ मानवले पृथ्वीलसि मिनेटमै ध्वस्त पार्ने परमाणु मिसायल रसायन तथा वायु निर्माण गरिसकेको छरे त्यसैको परिणाम हुनसक्छ अहिलेको कोरना लहर भनेर विभिन्न अड्कलबाजी पनि भैरहेको छ । कोरना मानव निर्मित भाइरस हो भनेर पनि विभिन्न टिका टिप्पणी भैरेहेको छ ।

हाल बिकराल रूपमा बढ्दै गइरहेको कोरना महामारीले बिश्व आक्रान्त छ । चरणबद्ध रूपमा आइरहेको नयाँ–नयाँ भेरियन्ट झनै भयावह रूपमा आएको छ जस्ले विश्व मानव समाजलाई आर्थिक मानसिक तथा सर्बाङ्गिन समस्याबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ग्रसित बनाएको छ । कोरनाले धनी,गरिव,ठूलो,सानो,युवा बालक, बृद्ध, सम्पन्न, विपन्न कसैलाइ छुट्याउदैन र कसैलाई छोड्नैन पनि तसर्थ यसबाट बच्ने मुख्य उपाय भनेको नै सावधान, सचेत र आत्मबल हो भनिएको छ ।

बर्तमान विषम परिप्रेक्षमा कोरना लहर र कहरबाट हाम्रो देश पनि अछुतो रहने कुरै भएन र संक्रमितको संख्या बढिरहेको छ भने धेरैको ज्यान पनि गैसकेको छ । पटक–पटक्को लामो लकडाउन्का कारण उधोग, कलकारखाना, व्यापार ब्यवसाय, शिक्षण संस्था ठप्प छन्, गरीबी, बेरोजगारी, अभाव, भोकमरीले निमत्याएको डिप्रेसनका कारण पनि कयौंको ज्यान गैसकेको छ भने देश र अधिकांश जनता गम्भीर आर्थिक संकटमा छन् भन्दा अतिशयोक्ती नहोला ।

बिश्वका विभिन्न मुलुकहरू यो महामारीको रोकथाम गर्न कसरी सकिन्छ ? कसरी जनधनको सुरक्षा गर्न सकिन्छ भनेर सम्पुर्ण राज्य संयन्त्र परिचालन गरि ओहरात खटे फलस्वरूप कोरना बिरुद्धको भ्याक्सिन पनि निर्माण गर्न सफल भए र आफ्नो मुलुकको जनधनको सुरक्षा गर्दै बिश्वभर भ्याक्सिन निर्यात गरि आर्थिक रूपमा सबल र सक्षम भए ।

विडम्बना ! अनिकाल र भोकमरीमा बीउ जोगाउनु हाइहुल र महामारीमा जीउ जोगाउनु भन्ने लोकउखानबाट ओतप्रोत हामी र हाम्रो राज्य राज्यसंयन्त्र र राजनितिग्यको चटक र चर्तिकला भने ठिक बिपरित भयो जो घामजस्तै छर्लङ्ग छ । देश पुर्णरूपमा लकडाउन भयो तर प्रतिगमन र अग्रगमनको बबन्डर मच्चियो र एकखालको शब्द रेस्लिङ नै चल्यो ।

जस्ले लकडाउनको घोषणा गरे उनैले लकडाउनको उलङ्घन गर्दै विशाल आमसभाको आयोजना गर्दै जनता बटुल्ने र हावा गफ पिट्ने काम भयो । कस्ले कहाँ कति जनमानस बटुल्ने होडबाजी चल्यो जस्मा तन, मन धन लगाए र कस्ले कस्लाइ कुन शब्दवाणले प्रहार गर्ने लहड् चल्यो । एकले अर्कालाई अपशब्द गाली गलौजको वर्षा गरे मानौ गालिगलौजको दोहोरी चल्यो ।

जनता भोकभोकै कारुणिक चित्रकारमा तड्पिनु पर्यो । रोगभोक, अभाव, भोकमरी बेरोजगारी र आर्थिक संकट्को बज्रापात सहन नसकी आत्महत्या गर्न विवश हुनु पर्यो तर देशको नेतृत्वको ठेक्का लिएका ठुलाबडाले आफ्नो कार्यक्रममा सहभागी गराउन खाना, गाडीभाडा र भत्ताको ब्यवस्था गरि जनमानस उतारे ! के यहि हो लकडाउन ? के राजनीति बिज्ञानले यहि सिकाउछ ? के लकडाउन दिनभरी काम गरेर बिहान बेलुका छाक टार्नेका लागि मात्र हो ? कि ज्वरोले ओछ्यानमा छट्पटाइ रहेकी आमाको लागि सिटामोल किन्न जाने बालकको लागि हो ? खासमा लकडाउन केका लागि र कस्का लागि ? दलको कार्यक्रम हुदा त्यो भिड्भाड्लाई चाहिँ होइन लकडाउन? कि राजनैतिक दलको कार्यक्रमबाट कोरना सर्दैन? कित राजनीति गर्नेहरूसँग मानवता, नैतिकता र आचरण हुदैन ? यात नियम कानुनको पालना गर्नु पर्दैन ?

यी र यस्तै गतिविधी र खिस्किदो घिनलाग्दो लाजनितिले गर्दा आज विश्वसामु देशको सान र इज्जतमा नै गिरावट आएको छ । अन्य देशहरूमा लकडाउनको पालना कडाईका साथ गरेको पाइन्छ अति शिष्ट अनुशासित र मर्यादित तरिकाले तर हाम्रोमा नेतालाई लकडाउन नै नलाग्ने कस्तो विचित्र ? दिनहँु भिडभाड, आन्दोलन, जाम चक्काजाम हड्ताल भैरहन्छ दलको र नेताहरूको लकडाउनमा पनि न त मुखमा मास्क छ न त सामाजिक दुरि छ यहि हो त लकडाउनको पालना गरेको ?

गाउँदेखि शहर, हिमाल पहाडदेखि तराइसम्म निकाय तह र तप्कामा भ्रष्टाचारको खेती छ भ्रष्टाचारको डुङ्डुङ्ती गनाउने थुप्रो छ । यस्ता ब्यबहारले यहाँ राजनीति सेवा नभएर कालो धन संगाल्ने पेसा रहेछ भन्ने संकेत गरि रहेको छ । अरु त के कुरा गर्ने बर्तमान यो कोरना कहरको विषम परिस्थितिमा स्वास्थ्यजस्तो संवेदनसिल क्षेत्रमा कमिसन भ्रष्टाचार चलेको छ भनौ कात्रोमा समेत भ्रष्टाचार भैरहेको छ भने अब मलामी जाँदासमेत मान्छेलाइ निम्तो र भत्ता चाहिने भयो ।

देशको अस्तब्यस्त अबस्था, गरिबी बेरोजगारीले गर्दा आज लाखौ युवा विदेश पलायन भई पराई लात र पराइ बातको सामना गर्दै दुखदायी जीवन र क्षणहरू ब्यतित गर्नु परेको छ । दुइचार पैसा कमाइ साहुको ऋण तिर्ने र परिवारको भविष्य निर्माण गर्ने महान संकल्प बोकेर परदेसीएको एउटा परदेशीको बर्तमान कोरना कहरमा उता रोजगारी गुमेको हुन्छ साथै कोरना संक्रमित भई अस्पतालको आइसोलोसनमा छट्पटाइ रहेको हुन्छ यतिबेला उस्लाई प्रेरणा, आत्मबल, हौशला, उत्साही चाहिएको हुन्छ तर त्यस्तो अवस्थामा पनि उस्को फोन रिसिभ नहुँदा साहुले फोन र म्यासेन्जरमा धम्काउछ ।

मानव समाज कुन दिशातिर लम्किदैछ ? के मान्छेको मन ढुङ्गा भएकै हो त? के मानव अचेल दानव भएकै हो त ? यस्ता अमानवीय घटना हाम्रो समाजमा दिनप्रतिदिन बढिरहेका छन् । किनकी आज मान्छेसँग मानवता छैन, मानवतामा खडेरी परेको छ, मानवीय संवेदना छैन । तसर्थ आज कोरना कहर कयौंको लागि जहर बनेको छ ।

लकडाउननले जनजीवन अस्तव्यस्त बनेको छ । हुनेखानेको लागी त खासै केही होइन तर हुँदाखानेहरूको जीवन अति कष्टकर बनेको छ । दिनभरी कामगरी छाक टार्नेको चुलो बलेको छैन, ऋणदाम गरेर ब्यापर ब्यवशाय गरेका र मजदुरी गरि साहुको ऋण तिर्नेको पनि अवस्था कम्ती दर्दनाक छैन । यी र यस्ता दर्द्नाक अबस्था निराकरणको उपाय के होला ? कस्ले गर्ला यी समस्या समाधानको लागि पहल ? यी र यस्तै सवाज आज जनमानसमा उठिरहेका छन् ।

अतः यो जैविक लडाइमा एकले अर्कालाई माया ममता करुणाले ओतप्रोत भई सेवा सद्भाव हौसला प्रदान गरी मानवीय गुण र सेवा गर्नुको साटो लोभ लालच र इश्र्याले जलिरहेको छ मान्छे आज । मान्छेभित्रको लोभलालच स्वार्थ घमण्डले सीमा नाघेको छ । कतै देखिदैन माया र करुणाभाव साच्चिकै कोरना कहरको बिचमा पनि मानवता हराएकै हो त ? खोइ मानवता ?

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...