“जसपा कसैको रहरले बनेको होइन र कसैको रहरले भत्कदैन” –मनिष सुमन - Naya Online

“जसपा कसैको रहरले बनेको होइन र कसैको रहरले भत्कदैन” –मनिष सुमन

ललितपुर, २३ साउन । जनता समाजवादी पार्टी कसैको रहरले स्थापना नभएको र कसैको रहरले नभत्किने पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य मनिष सुमनले बताएका छन् ।

जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा लिम्बुवान भर्चुअल संवाद १०औं श्र्रङ्खलामा प्रमुख वक्ताका रुपमा उपस्थित भएर सुमनले यो कुरा बताएका हुन् । सुमनले जसपा, नेपालको निर्माण र मधेस आन्दोलन विषयमा बोल्दै माथिका कुरा बताएका हुन् ।

राज्यको यो विभेदकारी नीतिलाई राज्यको पुनर्संरचनाबाट हटाउन सक्ने सुमनको दाबी थियो । “७ प्रदेश हुँदैमा राज्यको पूर्ण संरचना भएको छैन, संरचना अपूर्ण छ ।” सुमनले थप बताए ।

अहिलेसम्म जति पनि आन्दोलन भए, ति आन्दोलनबाट मधेसी, आदिवासी, जनजाति, महिला, दलित÷शिल्पी ठगिँदैमात्र आएको सुमनको भनाईको थियो । उनले भने –“हामीलाई प्रयोग मात्र गरियो । हाम्रो मुद्दा, अधिकारलाई सम्बोधन गरिएको छैन ।”

त्यसैगरी माओवादीले आन्तरिक संविधान लेख्ने क्रममा गद्दारी गरेको पनि बताए । त्यसबेलाको राजनीतिक परिस्थितिले १०+१ को संरचना स्वीकार गर्न नसक्नु नै जसपाले यो संविधानलाई स्वीकार गर्न नसक्नुको प्रमुख कारण रहेको सुमनले बताए ।

मधेसी र आदिवासी जनजाति एकता हुनुपर्दछ भन्ने चाहना मधेस आन्दोलनमा र जति पनि मागहरु पूरा भएको छ । त्यसको श्रेय शहिदहरुलाई जानुपर्ने सुमनको दाबी थियो ।

“यो राज्य हाम्रो पनि हो तर यो राज्यले हामीलाई चिन्दैन । यो राज्य आफ्नो पनि हो भन्ने बनाउँनलाई लडिरहेका छौं । आम जनतालाई आफ्नो देश हो भन्ने बनाउनका लागि जसपा बनेको हो ।” सुमनले आफ्नो मन्तव्यको क्रममा यो कुरा पनि बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...