कलाकारको निधन हुँदा दुखी हुने जनता नेताको निधनमा खुशी हुन्छन् किन? –चाम्लिङ - Naya Online

कलाकारको निधन हुँदा दुखी हुने जनता नेताको निधनमा खुशी हुन्छन् किन? –चाम्लिङ

ललितपुर, २३ साउन । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य भगवान चाम्लिङले नेपाली जनताले काँग्रेस र कम्युनिटबाट धेरै आशा गरेको तर निराश बनाएको बताएका छन् । यि पार्टीले धोका दिएकाले जनताले कहिल्यै विश्वास नगर्ने भएकाले बैकल्पिक शक्तिको रुपमा जसपा, नेपाल आएको चाम्लिङको भनाई थियो । चाम्लिङ पार्टीको युके इन्चार्ज र प्रवास विशेष प्रदेशका सहइन्चार्जसमेत हुन ।

काँग्रेस र एमालेले नेपाललाई विश्वको सबैभन्दा गरिब देशको सूचिमा पु¥याएको भन्दै वैकल्पिक शक्ति बनेपछि नैतिकताको बलमा पार्टी र देशलाई हिडाउनुपर्ने धारणा चाम्लिङको थियो ।

“एमाले काँग्रेसले विभेदलाई निरन्तरता दिएकोले अहिले पनि छुवाछुत, जातिभेद कायम नै छ । लोकतन्त्र को लागि भने तर जताततै विभेद छ, यो विभेदलाई जीवित राखेर लोकतन्त्र भन्न सुहाउँदै ।” चाम्लिङले भने ।

कलाकारको निधन हुँदा जनताले दुःखमनाउ गर्ने तर नेताको निधन हुँदा खुशी हुने प्रवृति छ । त्यसलाई फरक राजनीतिक शक्तिले हटाउन सक्ने उनको भनाई थियो ।

पछिल्ला दिनमा संघीयतालाई विफल बनाउने, राजा चाहिने, हिन्दुलाई स्थापित बनाउने प्रतिगामी कुराहरू उठ्न थालेको प्रति चाम्लिङले दुःख व्यक्त गरेका छन् । “धर्म निरपेक्षताले सबै धर्मलाई समानरूपले हेर्दछ । तर सापेक्षताको आवाज उठिरहेको छ, यसले धार्मिक द्वन्द्व उठाउँछ ।” चाम्लिङले भने ।

त्यसैगरी आफू ब्रिटिस गोर्खाली भएकोले अहिले गोर्खालीहरूले रिले अनसन बसिरहेका जानकारी दिए । “अब आमरण अनसन बस्न सक्ने स्थिति आउँदैछ, यसबारे पार्टी चिन्तित होस् । सदनमा कुरा उठाइयोस् ।” उनको माग थियो ।

जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा लिम्बुवान भर्चुअल संवादमा चाम्लिङले यी कुराहरु राखेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...