महिलालाई शासन, भाषण, आसन तीनै कुरामा स्थापित गराइनुपर्छ –निर्मला यादव - Naya Online

महिलालाई शासन, भाषण, आसन तीनै कुरामा स्थापित गराइनुपर्छ –निर्मला यादव

ललितपुर, २३ साउन । समाजवादी महिला संघका केन्द्रीय अध्यक्ष तथा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य निर्मला यादवले समानुपातिकको नाममा महिलाको अनुहार देखाउन मात्र अब सहभागी नहुने बताएकी छिन् ।

जसपा, नेपाल, लिम्बुवान राष्ट्रिय समितिद्वारा आयोजित लिम्बुवान भर्चुअल संवादमा शनिबार सहभागी हुँदै यादवले सो कुरा बताएकी हुन् ।

मसल र मनीको पावर देखाएर महिलालाई सँधै पछाडि पारिएको प्रसँग ल्याउँदै यादवले भनिन् –“४ जना वक्तामा २ जना हुनैपर्छ । यो कोणसभादेखि ठूलो सभामा लागु हुनुपर्छ । अब हामी अधिकार माग्दैनौ, खोसेर लिन्छौं ।”

समानुपातिक बनाउने निहुँमा बढिजसो महिलालाई उपमेयरको टिकट दिने, श्रीमानको योगदानलाई हेरेर श्रीमतीलाई टिकट दिएर चित्त बुझाउने नीति ठीक नभएको यादवको भनाई थियो । पार्टीका नेताहरूले महिला शसक्त छैन भन्ने गरेको प्रति प्रश्न गर्दै यादवले भनिन् –“महिला संघसँग कति महिला छन् ? देखाइदिन सक्छ । समानुपातिकमा जानेलाई हेय भावले हेरिन्छ ।”

महिलाहरू चुनाव लड्न सक्ने र उनी आफैँ पनि सिरहाको दुई क्षेत्रबाट चुनाव लडेको बताउँदै प्रतिद्धन्द्धीभन्दा राम्रो प्रभाव छोड्न सकेको बताइन् ।

महिला भएको कारण समान कामको समान ज्याला नदिइने, छोरी र बुहारीको विभेद पनि हटाउनुपर्ने, कुरालाई जोड दिएर आन्दोलन गर्ने कुरा राख्दै महिला भोटर र नेत्री होइन, नेता भएर आउने बताइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...