भयवाद एक झलक हेर्दा - Naya Online

भयवाद एक झलक हेर्दा

रण काफ्ले

प्राणी, जीवजन्तु र विशेषगरी मान्छेलाई झ्याप्पै भयले छोपेको छ । प्राकृतिक, मानवीय दृश्य, अदृश्य सबै वस्तुहरुले भय उत्पन्न गरिरहेको छ । धेरै आफैभित्रबाट भय निस्किन्छ, थोरै बाह्रय तत्वबाट । यो यति विशाल छ कि, कुनै शब्दको पछाडि भय थपिदिनसाथ त्यो भय बन्छ । यो भय आज मात्र उत्पन्न भएको होईन, आदिमकालबाट उत्पन्न भएको हो ।

जब जीवको विकास भयो, मान्छेको विकास भयो, त्यहीबेलादेखि नै । जसरी एउटा शिशुको भय न्युनतमबाट अधिकतममा पुग्छ, त्यसरी नै जीव विकासको क्रममा, सभ्यता विकासको क्रममा भय न्यूनतम्बाट अधिकतम्सम्म बढिरहेको छ । अधिकतम्मा पुगेपछि फेरि न्यूनतम्तिर झर्नु प्राकृतिक नियम नै हो । यसै भयको कारणले युद्ध, हत्या, आतंङ्क सबै जन्मिन्छ ।

कुनै एउटा मान्छेको भयले—क्रोध, षड्यन्त्र, शंका, घृणा जन्मिन्छ र शरणपर्छ धर्म, दर्शन, विज्ञान आदिमा । तर धर्म, दर्शन, विज्ञानआदिको रुप पनि भय नै हो । यसरी ज्ञात, अज्ञात भयले मान्छे छट्पटिन्छ, तड्पिन्छ, निसासिन्छ, उकुस–मुकुसिन्छ र निकास खोज्दछ । यिनै मुक्ति वा निकासका बाटाहरु हुन्—रोजगारी, व्यवसाय, सिर्जना, आविष्कार, मनोरञ्जन, धर्म, दर्शन सबै–सबै ।

यसरी नै पल–पल भै रहने भयको मुक्तिमा मान्छेको समय बित्छ । मान्छे एकप्रकारले भयको सिकार हो । भय सिकारीबाट मान्छेले मुक्त हुन खोजिरहेको उहिल्यैबाट हो । यसलाई उपयुक्त व्यवहार गर्न नसक्दा मान्छेको जीवन कष्टकार भैरहेको छ ।

यस्तो महत्वपूर्ण विषयको कतैबाट पनि सैद्धान्तिक बहस नभएकोले सैद्धान्तिकरण गर्न आवश्यक ठानेर नेपालका धरान निवासी साहित्यकार देश सुब्बाले हङकङमा रहेर गम्भीर अध्ययन गरे । फलस्वरुप आफ्नो लगन र धेरै गुरु, समालोचक, पत्रकार, मित्र एवं पाठकहरुको प्रेम, सद्भाव, प्रतिक्रिया, सल्लाह र सहयोग रहिआएकोले गर्दा ‘भयबादी दर्शन’ जन्माउन देश सुब्बा सफल भए । आज त्यहि दार्शनिक कृति सर्वप्रथम नेपाली भाषाबाट अनुवाद भएर PHILOSOPHY OF FEARISM नामले अमेरिकाबाट प्रकाशित भै संसारमा छाईरहेको छ ।

विश्वमा छरिएर बसोबास गर्ने नेपाली भाषीहरुका लागि यो प्रयास साहै्र गौरवपूर्ण छ । ‘माल पाएर चाल नपाए जस्तो गर्नु’ भन्ने कुरा भिन्नै हो । भोली नेपाली भाषाको यो उपजलाई विश्वले मान्यता दियो भने प्रर्वतक देश सुब्बा मात्रै हैन सारा नेपाली भाषीले शीर ठाडे गर्न पाउनेछौं ।

भयवाद अहिले सिद्धान्त वा दर्शन भएर हाम्रो हात हातमा आइपुगेको छ । प्रर्वतक देश सुब्बाको भनाईमा यो जीवन र जगतलाई हेर्ने नयाँ दृष्टिकोण हो । अव भयवादको दृष्टीले हेर्दा संसार र जीवन कस्तो देखिन्छ, त्यो प्रमुख कुरा हुन आउँछ । जीवनलाई सहज बनाउन चलिरहने खोज, अनुसन्धान, आविष्कारहरुको अभिलेखात्मक संग्रह नै भयवादको मुख्य उदेश्य हो । यो सिद्धान्त तपाई–हामीले साधारण ब्यवहारिक कार्यदेखि दार्शनिक प्रयोगसम्म गर्न सक्छौ । वास्तवमा भय कुनै ब्रम्ह आक्रमणकारी तत्व होईन, आफैभित्रबाट निस्कने शक्ति हो ।

यसको उचित प्रयोग भयो भने मान्छेलाई फाईदा हुन्छ, अनुचित प्रयोग भयो भने हानी । त्यसैले यसको उपयोग तपाई हामीमा भरपर्छ । देश सुब्बाको भनाईमा यो सिद्धान्तले यही कुरा बताउँछ—यसको प्रयोगकर्ता हामी, सिकार हामी, उपभोक्ता हामी । त्यसैले यसको सही जानकारी र सदुपयोग गरौं र यसबाट प्राप्त लाभ उपभोग गरौं । यहि सिद्धान्त हो भयवादको ।

सौभाग्यक्रमले मैले दीपक सुवेदीद्वारा २०६७ मा सम्पादित ‘भयवाद चिन्तन र विमर्श’ पुस्तक फेला पारेको थिएँ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समुहका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले उपहार स्वरुप प्रदान गर्नुभएको थियो, नेपाल प्रज्ञा प्रतिष्ठान र वाङ्गमय नेपाली साहित्यको विमर्श कार्यक्रममा । मैले भयवाद बारे केही लेखहरु त्यस पुस्तकमा पढ्ने मौका पाएँ । बिस्तारै भयवादले मेरो मन छोयो । त्यसपछि धरानमा भारतका (विशेष उत्तर–पूर्वाञ्चल भेकका) धेरै स्रष्टालाई भेला पारेर देश सुब्बाको उपस्थितिमा एक भव्य कार्यक्रम सम्पन्न हुन्छ ।

विस्तारै मैले भारतमा विशेषगरि उत्तर–पूर्वाञ्चलका केहि राज्य र छिमेकी मूलुक म्यानमारसम्म प्रचार गरि हिडें । अन्तरक्रियाको कार्यक्रम ‘बसिबियाँलो’ मार्फत धेरै ठाउँमा विभिन्न विषयमाथि भयसम्बन्धि चर्चा–परिचर्चा भए । त्यस उपलब्धिले मलाई लाग्ने गरेको छ—भयवादलाई अध्ययन गरेर भयलाई चिन्नु र जान्नु साहै्र जरुरी छ । यो एउटा साहित्यको विधा मात्रै हैन, जीवनको उपकारी दर्शन हो । भयले जीवनलाई निर्देशन, परिचालन र नियन्त्रण गर्दछ भन्ने देश सुब्बाको सिद्धान्तलाई एकदिन विश्वले पनि मान्यता दिने छ भन्ने विश्वास लिएको छु ।
असम भारत

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

कप्तान रत्नबहादुर लिङथेप, २००७ को जनक्रान्ति र चैनपुर

उत्तमकुमार लिङथेप कुराः उहिलेका हिजोआज वि.सं. २००७ सालको कुरा उप्काउनु मात्रै पर्छ, कुरा नसक्किदैं...

याक्थुङ लिम्बू जाति र मर्चा उत्पादन एक चिनारी

उदय पूर्वेली चोङ्बाङक्याक घरायसी जाँड बनाउन प्रयोग हुने मुख्य निर्विकल्प पदार्थ “मर्चा”को बारेमा हामी...

नियात्रा: सेभोइ ग्रिल, लण्डनका अविस्मरणीय यादहरू !

भीम राई भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरू टिमटिम टल्किरहेका मज्जाले...

याक्थुङ समुदायमा चेली माइतीबीच फूल वर्जित छ

दिलेन्द्र कुरुम्बाङ तिहार हिन्दूहरूको दशैंपछिको दोश्रो ठूलो चाड हो । दिपावली, दिवाली, यमपञ्चक आदि...

प्राचिन किरातकालिन नेपालसँग लिम्बू मानव समूहको सम्बन्धः केही तर्क र प्रमाणहरू

नन्द कन्दङवा ०. किरात शासनकाल र किरात मानव समूहको अस्तित्व कतिपयले किरात र प्राचिन...

नयाँ सन्दर्भः लिम्बूवान राजनीतिका अवयव र उतारचढावहरू

उदय पूर्वेली चोङबाङक्याक लिम्बूवानी इतिहास र राजनीतिक पतनको टर्निङ प्वाइन्टको रूपमा विशेषगरी वि.सं १८३१...