गोर्खा सत्याग्रहले रिले अनशनबाट आमरण अनशन गर्ने - Naya Online

गोर्खा सत्याग्रहले रिले अनशनबाट आमरण अनशन गर्ने

सुरेन्द्र इङ्नाम

केन्ट, लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले अगष्ट ५ का दिन जूममार्फत पत्रकार सम्मेलन गर्दै १८ दिने रिले अनशनबाट आमरण अनशन गर्ने निर्णय गरेको छ ।

गोर्खा सत्याग्रह संघर्ष समितिले १३ बुदे मागहरू लिएर पहिलो आमरण अनशन सन २०१३ नोभेम्बर ७ तारिखबाट रिले अनशन सुरु गरेर अनवरत रूपले बसी ब्रिटिस सरकारलाई दवाव दिई रहेपछि सोही महिनाको २१ तारिखको दिन ब्रिटिस सरकारले संसदीय अनुसन्धान समुह गठन गर्ने र अनुसन्धान सुरु गर्ने भन्ने बचन दिएपछि ब्रिटिस अभिनेत्री तथा गोर्खा सत्याग्रह संघर्ष समितिका सहयोगी जोवाना लुम्लेले संघर्ष समितिका अगुवाई अनशनमा बसिरहेका ज्ञानराज राईलाई जुस पिलाएर अनशन तोडेका थिए ।

९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको मर्म र भावना अनुसार विभिन्न तह र तप्काका अवस्थाका गोर्खालीहरूले न्याय र ब्रिटिस सैनिकहरू सो सरह समान अधिकार पाउनुपर्ने माग गर्दै १३ वुँदे मागहरू राखेका थिए जस्माः ब्रिटिस सैनिकहरू जस्तै समान पेन्शन, रिटन्डेन्ट (अनावश्यक नाम कट्टा गरिएका)हरूलाई क्षतिपूर्ति, गोर्खाली विधवा महिलाहरूलाई पनि ब्रिटिस सैनिक महिलाहरू सो सरह समान व्यावहार, मरिसकेका रिटायर्ड सैनिकका छोरा छोरीहरूले तिनका बाबा–आमाले पाउने क्षतिपूर्तिहरू छोरा छोरीहरूले पाउनु पर्ने छन् ।

त्यसैगरी बेलायतमा नोकरी गरेपछि ब्रिटिस सो सरह ईस्टेट पेन्शन पाउनुपर्ने, रिटायर्ड गोर्खाका छोरा छोरीहरूले बेलायत आउन चाहेमा कुनैपनि मुद्दा मामला गर्न नपरी र उमेरको हदबन्दी नराखी भिषा निशुःल्क गरि बेलायत आउन पाउनुपर्ने, बेलायत सेनामा भर्ती हुदा न्यूनतम ४ वर्षको सम्झौता हुदा हुदै सो ४ वर्ष पुरा गर्न नदिई नेपाल फर्काइएकाहरूलाई क्षतिपूर्ति तथा बेलायत आउनु पाउनुपर्ने माग छन् ।

बेलायती सेनामा नोकरी गर्दा थोरै तलब पेन्सन पनि थोरै र १५ वर्षको नोकरीको दौडनामा करिब ३ वर्ष मात्र आफ्नो परिवारसँग बस्न पाएकोले यसबापत क्षतिपूर्ति पाउनु पर्ने, हवाई काण्डमा परेका सैनिकहरूलाई अवैध तरिकाले केहि पौदार नदिई नेपाल पठाईएकाहरूलाई क्षतिपूर्ति दिनुपर्ने, अवकास प्राप्त जो नेपालमा बस्दा अवकासप्राप्त इन्डियन सिपाहीहरूले जस्तै स्वास्थ्य उपचार निःशुल्क पाउनु पर्ने, विगतका यूद्धहरूमा जतिपनि गोर्खाली सिपाहिहरू मरे, बेलायती सैनिकहरूले जतिनै क्षतिपूर्ति पाउनुपर्ने, विगतका यूद्धहरूमा जो घाईते भए क्षतिपूर्ति र पेन्शन पाउनुपर्ने, अवकास प्राप्त सिपाहीहरू नेपालमा बस्दा उनिहरूको पेन्शन पाउण्डमा पाउनु पर्ने जस्ता मागहरू थिए ।

सन् २०१३ बाट सन २०२१ सम्म आइपुग्दा मागहरू एकदम थोरै आंशिक रूपमा पुरा गरेजस्तो मात्र गरेपछि तथा ब्रिटिस सरकारको संसदीय अनुसन्धान समुहले भने जस्तो काम नगरे पछि पुनः आमरण अनशन बस्नुपर्ने बाध्यता आएको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञान राज राईले जानकारी दिए ।

पहिलो चरण २४ घण्टाको रिले अनशन १८ दिनको लागी सुरु गरेर सरकारलाई दवाव दिने, यति गर्दा पनि सरकारले सुनेन भने आमरण अनशन सुरु गर्ने योजना अनुसार यहि ७ अगष्टबाट ज्ञानराज राईलगायत धनबहादुर गुरुङ र पुष्पा राना घले आमरण अनशन बस्ने भएका छन् ।

बेलायत सरकार र नेपाल सरकारको उच्चस्तरिय वार्ता कमिटि गठन र वार्ता गर्ने मिति तोकिएपछि मात्र आमरण अनशन तोड्ने पनि राईले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...