चुनावी माहौलमा द भ्वाइस अफ नेपालको उत्कृष्ट चार प्रतिस्पर्धीहरू - Naya Online

चुनावी माहौलमा द भ्वाइस अफ नेपालको उत्कृष्ट चार प्रतिस्पर्धीहरू

सीता तुम्खेवा

ललितपुर, २२ साउन । शनिबार हुँदै गरेको द भ्वाइस अफ नेपालको ग्राण्ड फिनालेमा विजेता बनाउन आ–आफ्ना आफन्त र फ्यानहरूले अभियान नै छेडेका छन् ।

उत्कृष्ट चारमा ज्वाला राई, तारा श्रीस मगर, किरण गजमेर र आर्यन तामाङ छन् । उनीहरूलाई जिताउन समुदाय, क्षेत्रबाट लागिरहेका छन् । राई भोजपुरका हुन् । त्यसैगरी मगर बाग्लुङको, गजमेर अमेरिका र तामाङ दार्जिलिङका हुन् ।

नेपालको पूर्वी भेग भोजपुरका ज्वाला राईलाई यसैक्षेत्रका बासिन्दाले विजेता बनेको हेर्न चाहेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नै उत्कृष्ठ आठमा पुग्दा शुभकामना दिएको समाचार आएको थियो । खोटाङमा एलबी मगरको संयोजकत्वमा १०१ सदस्यीय ज्वाला राई जिताऔं अभियान गठन भएको छ ।

त्यसैगरी काठमाडौँमा पनि हाङ चेम्जोङको संयोजकत्वमा ज्वाला राई जिताऔ अभियान बनाई उपत्यकामा दुईपटक पैदल र्याली निकालेको छ ।

हिजो मात्रै उक्त अभियानले तपाईहरूको घरदैलोमा हामी ज्वाला राईको लागि एक भोट माग्दै पैदल यात्रा गर्दैछौं कृपया ज्वाला राईलाई जिताऔं भन्ने नारा लगाउँदै र्याली निकालेका थिए ।

ज्वालालाई नै किन जिताउने भन्ने नयाँ अनलाइनको प्रश्नमा संयोजक चेम्जोङले द भ्वाइस अफ नेपालको गायक गायिकाहरू सबै उत्कृष्ट हुँदाहुँदै पनि ज्वालाको फरक आवाज भएको र अहिलेको सांगीतिक बजारलाई आवश्यक आवाज भएको हुँदा उनलाई जिताउन चाहेको बताउछन् ।

अर्का फाइनलिस्ट तारा श्रीष मगरको समर्थक पनि उत्तिकै रहेको देखिन्छ । उनको समर्थनमा केहिदिन अघि न्युयोर्कको म्यानह्वाटन शहरस्थित टाइम्स स्क्वायरमा टिम राजु ! भोट फर तारा भन्दै ¥याली गरिएको थियो । त्यस्तै बाग्लुङमा पनि उनका समर्थकले ¥याली निकालेका छन् र फेसबुकमा फ्यान पेजहरू निर्माण गरेर तारालाई जिताउन लागिपरेका छन् ।

फरकफरक जनराको गीत गाउन सक्ने क्षमता भएकी तारा शालैज्यू गाएर फाइनल चरण प्रवेश गरेकी थिइन् । उक्त शालैज्यूले नै लाखौं स्रोताहरूको मन जित्न सफल भएकी थिइन् ।

सबैभन्दा कान्छा प्रतिस्पर्धीका रूपमा चिनिएका दार्जिलिङका आर्यन तामाङ पनि विजेताको उक्तिकै दावेदार हुन् ।

आर्यनले बाल्यकालदेखिनै गाउँदै आएको उनका साथि सरगम विशाल तामाङ बताउछन् । आर्यन र विशाल सेन्ट रोर्बट हाइस्कुलको कक्षा–५ मा सँगै भर्ना भएका थिए । “आर्यनले उतिबेलै स्टेज चढेको हो ।”– विशाल बताउछन् ।

अहिले दार्जिलिङका सहरहरूमा आर्यनका लागि व्यानरसहित क्याम्पियन सञ्चालन गरिएको छ । “लेट् सपोर्ट आर्यन” भनेर ह्वाट्र्स एप ग्रुप खोलिएको छ । उक्त ग्रुपमा २०० जति सदस्यहरू छन् । सेन्ट रोबर्टका भूतपूर्व विद्यार्थीहरूले पनि सहयोग गरिरहका छन् । तर, नेपालबाट जसरी प्रत्यक्ष भोट दिन नमिल्ने र प्रभु पे एपबाट सबैले भोट गर्न नजान्ने भएको हुँदा अलि असहज भएको बताउछन् ।

आर्यनका समर्थक नेपालमा पनि प्रसस्तै भएको हुँदा आर्यन विजयी बन्छन् भन्नेमा दार्जिलिङवासी विस्वस्त छन् ।

किरण गजमेरको पनि उत्तिकै चर्चा छ । उनका समर्थकहरूले जित सुनिश्चित भन्दै अग्रिम बधाई दिइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । भुटानी शरणार्थी शिविर बेलडाँगीमा जन्मिएका गजमेर देशको खोजीमा रहेका आवाज भनेर सहानुभूति पनि जितिरहेका छन् ।

गजमेरका समर्थकले पनि देश तथा विदेशमा र्याली लिकालिरहेका छन् । केहिदिन अघि हाम्रोलाई हैन राम्रोलाई भोट गरौं भन्दै पथरी लगायत अन्य विभिन्न ठाउँमा र्याली निकालिएको थियो ।

भोट गर्ने समय एक दिन मात्रै बाँकी छ । सबै प्रतिस्पर्धीहरूका समर्थकहरू उत्तिकै सक्रिय भएको सबै प्रतिस्पर्धीहरू विजयको नजिकै छन् ।

ज्वाला राईको लागि निकालिएको र्यालीको भिडियो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...