सर्वोच्च अदालतले गरेको फैसलाप्रति जातीय विभेदविरूद्ध राष्ट्रिय अलायन्सको ध्यानाकर्षण - Naya Online

सर्वोच्च अदालतले गरेको फैसलाप्रति जातीय विभेदविरूद्ध राष्ट्रिय अलायन्सको ध्यानाकर्षण

ललितपुर, २२ साउन । जातीय विभेदविरूद्ध राष्ट्रिय अलायन्सले सर्वोच्च अदालतले आरक्षणसम्बन्धि गरेको फैसलाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

धनुषा जिल्ला जनकपूरधाम उपमहानगरपालिका वडा नं.१६ भई हाल ललितपूर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने विनयकुमार पन्जियारले नेपाल सरकार चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पञ्जियारले चिकित्साशास्त्रमा स्नातकोत्तर एमडी अध्ययनका लागि भर्ना हुँदा नै आफू आरक्षण पाउने समूहमा परेकोले आरक्षण पाउनुपर्ने दाबी गरी सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यो रिटमाथि २०७७ पुस १ मै फैसला भएको थियो । फैसलाको पूर्णपाठ आएपछि त्यसमा उल्लेख गरिएको तर्क र परिभाषाप्रति अलायन्सको ध्यानाकर्षण भएको हो ।

उक्त फैसलाको पेज ७२ मा भनिएको छ, –“आरक्षण सम्बन्धि व्यवस्थालाई वर्गीयता वा जातीयतामा नभई आवश्यकता केन्द्रित बनाएमा यसले संबिधानको साध्यलाई हासिल गर्दछ । वास्तवमै गरिब, निमुखा र आफ्नो श्रोत साधनले शिक्षा आर्जन गर्न नसक्ने वर्गलाई नै आरक्षणको छहारी भित्रल्याउने र संविधानको धारा १८(३)को प्रतिबन्धात्मक वर्गमा पर्ने तर सक्षमलाई बाहेक गरेमा मात्र यसले संबिधानको लक्ष्यलाई पच्छ्याउदछ ।”

अलायन्सले यस सम्बन्धि विज्ञप्ति जारी गर्दै भनेको छ –“व्यवहारमा हेर्दा पक्कै पनि सर्वोच्च अदालतको फैसलालाई पूर्णरूपमा नकारात्मक भन्न मिल्दैन । तर नेपालको सन्दर्भमा सत्य के हो भने राज्यले अहिले दलित÷शिल्पीको लागि भनेर जुुनआरक्षणको व्यवस्था गरेको छ त्यो वर्ग वा आवश्यकताको आधारमा नभई राज्यले यो समुदायमाथि शताब्दीयौंदेखि गरेको बन्चितिकरण र बहिस्करणको क्षतिपूर्ति स्वरूप दिएको अधिकार हो ।”

“आरक्षणले त्यो समुदायलाई राज्यको नीति निमार्ण गर्ने तहमा पु¥याउँदछ ।” अलायन्सले भनेको छ –“ अहिले राज्य संरचनामा यो समुुदायको उपस्थिति हेर्यौ भने एक प्रतिशत पनि पुगेको छैन । जबकी जनसंख्याको १३.८ (राज्यको तथ्याङ्कअनुसार) प्रतिशत छ । अहिले नै आवश्यकताको आधारमा आरक्षण कोटालाई परिभाषित गर्ने हो भने जसको लागि भनेर आरक्षणको व्यवस्था गरिन्छ त्यो समुदायको शैक्षिक स्तर अत्यन्त न्यून भएको र १२ कक्षा उत्तिर्ण गर्ने र स्नातक गर्ने व्यक्तिहरू बिरलै पाईने भएकोले ति समुदायबाट कोटा परिपूर्ति गर्न समेत कठिनाई हुनै सिंगो दलित÷शिल्पी समुदायको राज्यको विभिन्न सम्रचनामा जनसंख्याको आधारमा उपस्थिति शुुनिश्चितगर्ने प्रकृयामा अवरोध सृजना गर्ने देखिन्छ ।”

अलायन्सले राज्यले आवश्यकताको सिद्धान्तको आधारभन्दा पनि ऐतिहासिक उत्पीडनलाई आधार मानेर यो समुदायको राज्य संम्रचनामा उपस्थिति शुुनिश्चित गर्न राज्यलाई सवोच्च अदालतले निर्देशित गर्नु पर्नेमा उल्टो बाटो हिडेर ऐतिहासिक रूपमा उत्पीडनमा परेका समुदायको हकअधिकारलाई कुुण्ठित गर्ने काम गरेकोले यो फैसलाको निर्णयप्रति घोर आपत्ति रहेको जनाएको छ ।

उत्पीडित जनताको आशाको केन्द्र न्यायलयले सामाजिक न्यायलाई केन्द्रमा राखेर मात्र आफ्नो फैसला जारी गर्नुपर्ने अलायन्सको जिकिर छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...