४१ दलको दर्ता खारेज, खारेजी नेताले अन्य दलको पदाधिकारी बन्न नपाउने - Naya Online

४१ दलको दर्ता खारेज, खारेजी नेताले अन्य दलको पदाधिकारी बन्न नपाउने

काठमाडौँ, २० साउन । निर्वाचन आयोगले बुधबारबाट लागु हुनेगरी ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरिदिएको छ ।

वार्षिक आयव्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ती दलहरू खारेज गरिदिएको हो । तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दलको दर्ता खारेज गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्तित्वमा आएको चुरेभावर पनि समाप्त
मधेसकेन्द्रीत दललाई काउन्टर दिएर स्थापित बनेको चुरेभावर पार्टीको अस्त्वि पनि समाप्त भएको छ । संघीयतालाई लिएर आन्दोलन चर्काएर उत्पात भएका बेला संस्थापक अध्यक्ष केशवप्रसाद मैनाली नेतृत्वको चुरेभावर पार्टी स्थापना भएको थियो । सर्लाही जिल्लाको हरिवन केन्द्रित आन्दोलन गरेर ‘एक मधेस, एक प्रदेश’को नारा उठाएका मधेस केन्द्रित दलहरूलाई काउन्टर दिएको थियो ।

पछि व्यक्तिगत स्वार्थले गर्दा चुरेभावर पार्टी विभाजन भएर टुक्राटुक्रा भएको थियो । चुरेभावर पार्टीको आधिकारिकता बद्रीप्रसाद न्यौपानेसँग दुई वर्ष अगाडिसम्म रहेको थियो । न्यौपाने एमालेमा बिलय भएपछि चुरेभावर पार्टीको बिचल्ली भएको थियो ।

१ सय ३६ दल दर्ता रहेकोमा अब ९५ मात्र कायम
दर्ता खारेज हुनेमा अखण्ड नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दू प्रजातान्त्रिक पार्टी लगायत छन् । ४१ दल खारेजीपछि १ सय ३६ दल दर्ता रहेकोमा अब ९५ मात्र कायम आयोगमा रहनेछन् ।

यी दलको नाम, झण्डा, चिह्न दर्ता एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने निर्णयसमेत गरेको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

खारेज भएका दलको नेता अन्य दलको पदाधिकारी बन्न नपाउने, जरिवाना ५० हजार
आयोगले दर्ता खारेज राजनीतिक दल केन्द्रीय पदाधिकारी र सदस्यको नामनामेसीसहितको छुट्टाछुट्टै विवरण तयार गरी जरिवाना रकम ५० हजार सरकारी बाँकीसरह असुलउपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाएको छ ।

आयोगको पत्रमा जरिवाना असुलउपर नभएसम्मको अवधिका लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यले नयाँ दल दर्ता गर्न र आयोगमा दर्ता कायम दलको पदाधिकारी बन्न नपाउनेसमेत बताएको छ ।

दर्ता खारेज भएका दलहरू
१. राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, २. राष्ट्रिय जनएकता पार्टी, ३. हाम्रो पार्टी, ४. नयाँ संघीयता जनधारणा पार्टी, ५. मातृभूमि नेपाल पार्टी, ६. नेपाल नागरिक पार्टी, ७. नागरिक समाजवादी पार्टी, ८. देशभक्त पर्यावरणीय सामाजिक (देपसा), ९. नेपाल न्यायिक दल, १०. अखण्ड नेपाल पार्टी,

११. युवा शक्ति नेपाल पार्टी, १२. हाम्रो नेपाल पार्टी, १३. राष्ट्रिय चुरेभावर पार्टी, १४. राष्ट्रिय शिवसेना पार्टी, १५. श्रमिक जनता पार्टी–नेपाल, १६. नेपाः राष्ट्रिय पार्टी, १७. नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, १८. मधेस समता पार्टी नेपाल, १९. नेपाली कांग्रेस राष्ट्रवादी, २०. चुरेभावर राष्ट्रिय पार्टी, २१. हिन्दू प्रजातान्त्रिक पार्टी,

२२. राष्ट्रिय पुनर्जागरण पार्टी, २३. युवा नेपाल पार्टी, २४. लिबरल डेमोक्रेटिक पार्टी, २५. नयाँ पिपुल्स पार्टी, २६. नेपाल लोकतान्त्रिक जनता कांग्रेस, २७. नेपाल गणतान्त्रिक एकता पार्टी, २८. तराई पहाड हिमाल समाज पार्टी, २९. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, ३०. राष्ट्रिय जनता दल नेपाल, ३१. लोक कल्याणकारी जनता पार्टी नेपाल,

३२. बौद्धिक जनतान्त्रिक परिषद्, नेपाल, ३३. राष्ट्रिय श्रमिक नागरिक पार्टी, ३४. मूलबासी मुक्ति पार्टी, ३५. देशभक्त लोकतान्त्रिक पार्टी, ३६. संघीय लिम्बुवान, नेपाल, ३७. नेपाल श्रमिक शक्ति पार्टी, ३८. किरात खम्बुवान लोकतान्त्रिक पार्टी, ३९. दलित मुस्लिम जनशक्ति पार्टी, ४०. जनता पार्टी, ४१. आजाद जनता पार्टी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...