मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ - Naya Online

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी छिन् ।

भारतमा सबैभन्दा विश्वसनीय प्रतियोगिताहरू मध्ये पर्ने यसले ट्रेडमार्क दर्ता पनि पाइसकेको छ । ५० वर्ष मुनिका विवाहित महिलाहरूले सहभागिता जनाउने यस प्रतियोगितामा भारतभरका विवाहित महिलाहरूले आफ्नो सौन्दर्य र मस्तिष्कलाई जाँच्ने अवसर प्रदान गर्ने दावी गरेको छ ।

यस प्रतियोगिताको पनि दुई तह छन् । २१ देखि ३५ वर्षका विवाहित महिलाहरूलाई क्लासिक र ३५ देखि ५० वर्षको समूहलाई प्लाटिनुम तह भनिएको छ । भारतको नयाँ दिल्ली, गोवा, जयपुरमा कार्यक्रम गरेर अक्टोबर, नोभेम्बरभित्र ग्राण्ड फिनाले हुनेछ । कोरोनाको अवस्थाले कार्यक्रमलाई असर पार्नसक्ने हुनाले समय हेरफेर गर्न सक्ने पनि आयोजकले जनाएको छ

सानैदेखि नृत्य गर्न र गाउनमा मन पराउने सम्झनाले उचित स्थान नपाएर ति रहरहरू पूरा गर्न नपाएको बताउँछिन् । विवाहपश्चात श्रीमानको साथ पाएर अध्ययनलाई पनि अगाडि बढाएकी उनले मिसेस सिक्किममा भाग लिने मौका पाइन् । त्यसमा प्रतियोगितामा सेकेण्ड रनरअप भएकी सम्झनाले राष्ट्रियस्तरमा भिड्ने योजना बुनेकी थिइन् । उनले मिसेस सिक्किमको सेकेण्ड रनरअप हुनेवित्तिकै भएको कुराकानीमा यस्तो बताएकी थिइन् ।

बुबा बुद्धिमान फेदाप खापुङ र आमा दिलकुमारी सुब्बाको कोखबाट जन्मिएकी हुन् सम्झनासँग भएको तत्कालिन कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

परिवारमा को को छन् ?
आमाबुबा, दुई बहिनी छन् । माहिली बहिनी प्यारालाइसिसको बिरामी छिन् । कान्छी बहिनी पनि नर्मल छैन । विरामी नै छन् ।

मिसेस सिक्किमबारे कसरी थाहा पाउनुभयो ?
नन्दबाट थाहा पाएकी हुँ ।

त्यसमा भाग लिने निर्णय कसरी गर्नुभयो ?
मेरो पुरानो सपना थियो । मोड्लिङ गर्ने, नाच्ने, म्युजिक भिडियोहरूमा अभिनय गर्ने । तर यससम्बन्धि अध्ययन नभएरै मैले पाइला राख्न पाएको थिइनँ । यस क्षेत्रमा लाग्न कुनै औपचारिक शिक्षा चाहिन्न भन्ने थाहा पाएपछि चाहि यसमा भाग लिने निर्णय गरेको हुँ ।

भाग लिँदा के कस्तो समस्या पर्यो ?
समस्या धेरै थियो । पहिलो त म आर्थिक कमजोर भएको मान्छे हुँ । त्यसैले श्रीमानले भाग लिन मान्नु भएन । मैले सबैलाई मनाएँ अनि भाग लिएँ । श्रीमानले सिक्किम ग्लामर वल्र्डको प्रमुखसँग भेटेर बुझ्नुभयो । बुझेपछि सपोर्ट गर्न थाल्नुभयो । त्यहाँ भाग लिनको लागि म सदस्य रहेको महिलाहरूको संस्था एसएचजी (सेल्फ हेल्प ग्रुप)बाट आर्थिक सहयोग लिएँ ।

तपाईले भाग लिनुभएको मिसेस सिक्किम कतिऔं श्रृङ्खला हो ?
तेश्रो सिजन थियो ।

मिसेज सिक्किम नै बन्छुजस्तो लागेको थियो ?
मैले त्यहाँ केही आशा गरेको थिइनँ । त्यहाँ म भन्दा धेरै ट्यालेन्ट सहभागी थिए । शिक्षा पनि राम्रो भएकाहरू भिडेका थिए । शिक्षा कम भएकोले त्यहाँ सोधिने प्रश्नको उत्तर दिन सक्दिनँ भन्ने लागेको थिए । यद्यपि जति सकेको चाही कोशिष चाही गरेको थिए । आफूलाई सेल्फे कन्फिडेन्ट बनाएको थिएँ । त्यसैको परिणामस्वरूप सेकेण्ड रनरअप भएँ ।

सेकेण्ड रनरअप भएपछि कसलाई सम्झनुभयो ?
मेरो आमालाई सम्झिएँ । आमाले मलाई जन्म दिनुभयो । धेरै समस्याका वावजुद हुर्काउनुभएको थियो । म जे कुरामा पनि आमालाई सम्झिने भएकोले पनि झट्ट आमाकै याद आयो ।

अबका योजनाहरू केके छन् ?
मेरो योजना चाही राष्ट्रियस्तरमा भिड्ने छ । राज्यस्तरमा भिडेँ, सानो उपाधि पनि पाएँ । म जस्तो मिडिलक्लास परिवारलाई समस्या त छ नै, तर सपनाहरूलाई पूरा गर्नको लागि सङ्घर्ष गरे अवश्य पूरा गर्न सकिन्छ भन्ने लाग्छ ।

सम्झनाका केही तस्बिरहरु

सम्झनालाई युट्युवमा हेर्नुहोस्

https://www.youtube.com/channel/UCGmJARfJjoCEbdqTV23LY4g

मिसेस सिक्किमको सेकेण्डरनरअप भएपछि द भोइस अफ सिक्किमले गरेको भिडियो कुराकानी ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक...

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...