कथा, गीतिकथाको - Naya Online

कथा, गीतिकथाको

मनकुमार लिम्बू

बि.स. २०६३/६४ सालतिर हुनु पर्छ, जतिबेला जानेर या नजानेर होस साह्रै लेख्न खोजिन्थ्यो, भनौँ मन सिर्जनशिल थियो उसैगरि बैँस पनि उर्वर थियो ।

उति बेला गीतीकथा लेखन मेरो औधी रुचीको बिषय थियो । विभिन्न साहित्यिक हवाई पत्रीकाहरूमा छापिएका अरुका कथा पढेर होस् या रेडियो नेपाल छेत्रीय प्रसारण केन्द्र धनकुटाबाट प्रसारण भएको अरुको गीतिकथा सुनेर म मा पनि एक किसिमको बेजोड रहर जाग्थ्यो ।

सिक्ने क्रममा कति–कति कापीका पानाहरू लेख्दै च्यात्दै फाल्दै गर्दै अन्ततः “गरिबीले टुक्र्याएको बियोगान्त प्रेम” शीर्षक को कथा लेखेर पहिलो पटक रेडियो नेपाल धनकुटामा पठाइयो ।

कथा पठाएको ३ हप्तापछि प्रसारण भयो । जुन कथा प्रसारण भएको दिन आफुले नै उति बेला रु.३५० लगाएर किनेको १० बेण्डको चाइनिज रेडियो सेट छेउमा बसेर आफ्नै कथा सुन्दा सायद कति खुशी भएको थिएँ भन्ने कुरा यहाँ वर्णन गरिसाध्य छैन ।

त्यसपछि त झन हौसिएर लगातार ३ ओटा गीतिकथा लेखेँ । त्यसमा २ ओटा रेडियो नेपाल धनकुटा मै पठाएँ भने बाँकी एउटा चै मेरै गृहजिल्ला तेह्रथुमको पहिलो सामुदायिक रेडियो मेन्छ्यायेममा पठाएँ । रेडियो नेपाल धनकुटामा पठाको २ ओटै कथा प्रसारण भए भने मेन्छ्यायेममा पठाको चै प्रसारण भयो भने पत्तै भएन किनकी त्यतिबेला हाम्रोतिर मेन्छ्यायेम त्यति राम्रो सुनिन्दैन थियो अर्थात टिप्दैन थ्यो ।

जब रेडियो नेपाल धनकुटाबाट मेरो गीतिकथा प्रसारण भयो त्यसपछि म सँग पत्रमित्रता गर्ने नयाँ साथीहरू ह्वात्तै बढे । यतिसम्म कि मैले केही पत्रमित्र साथीहरूलाई कार्बन प्रयोग गरेर उत्तर दिनुपर्नेसम्म अवस्था भयो र पछि खर्च धान्न नसकेर बिस्तारै घटाउँदै लगेँ ।

रेडियो नियमित सुन्ने र साहित्य सिर्जना गर्नेहरूसँग नियमित पत्राचार जारी राखेँ भने अन्य साथीहरू जो मेरो अनुमानमा सामान्य लाग्नेहरूलाई छोड्दै गएँ । यसरी पत्रमित्रताको क्रम चलिनै रह्यो तर जब म २०६७ सालमा वैदेसिक रोजगारीको निम्ति कतार गएँ त्यसपछि भने पत्रमित्रताको क्रम मेरो मुग्लानी यात्रासँगै सँधैको लागि अन्त्य भयो ।

मुग्लानी भुमि कतार पुगेको ३ महिनापछि फेसबुक खोलेर फेसबुकतिरको यात्रा सुरु गरियो तर दुःखलाग्दो कुरा ती उहिले पत्रमित्रता मार्फत जोडिएका सयौँ साथीहरू कसैलाई फेसबुकमा अझै भेटेको छैन र उहाँहरूसँग जोडिन पाएको छुइनँ ।

फेसबुक खोलेर चलाउन थालेको ११ बर्ष पुग्यो, यतिसम्ममा धेरै किसिमका साथीहरू भेटिए कोही छोडिए कसैले छोडे तर त्यो जमानाको पत्रमित्रतामा एक छुट्टै किसिमको रौनक थ्यो मज्जा थियो सायदै त्यो पल अब चाहेर पनि फर्केर त आउदैन तथापी यो मनमा भने त्यतिबेलाका साथीहरू र त्यो पल भने मन मस्तिष्कमा एकदमै अविस्मरणीय यादगार पल बनेर रहिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...