देउवा सरकारसँगका अपेक्षा - Naya Online

देउवा सरकारसँगका अपेक्षा

भीम राई पुमा

दुई तिहाइ नजिकको केपी ओली सरकारको बहिर्गमनपश्चात शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ । आधारभुत रूपमा केपी ओलीको सरकारभन्दा देउवाको सरकार कमजोर जगमा उभिएको सरकार हो । केपी ओली आफ्नै पार्टीको झन्डै दुई तिहाई नजिकको र सरकार बन्दाताका तत्कालिन समाजवादी फोरम सरकारमा सहभागी हुँदा दुई तिहाइ समर्थन प्राप्त थियो ।

निर्वाचनका बेला राजनीतिक स्थायीत्व र स्थीर सरकारको नारा दिएर निर्वाचनमा जनमत बटुलेको एमाले माओवादी गठबन्धनले सरकार बनाउन सुविधाजनक जनमत पनि प्राप्त गरेको थियो । बाम गठबन्धनको नाम दिएर निर्वाचनमा भाग लिएको भएपनि राजनीति कार्यक्रम र नीतिगत मान्यताहरूलाई हेर्दा यो गठबन्धनलाई बाम गठबन्धन भन्न सकिने अवस्था थिएन ।

नेकपा माओवादी बिचारका हिसाबले बिगत दश वर्षमा सबैभन्दा धेरै बैचारिक रूपमा दक्षिणपन्थी दिशा समातेको र सबैभन्दा धेरै बिचलित भएको पार्टी थियो । नेकपा एमालेलाई माओवादी पार्टीले नै भ्रष्ट, दक्षिणपन्थी र संंसोधनवादीहरूको पार्टीको रूपमा घोषणा गर्दै आएको पार्टी थियो ।

बैचारीक रूपमा अस्थीर, नीतिगतरूपमा कम्युनिष्टहरूले प्रयोग गर्नै शब्दावलीका आधारमा भन्दा दक्षिणपन्थी संसोधनवादी गठबन्धन थियो । यो गठबन्धनको मुख्य उद्देश्य सत्ता कब्जा गर्नुभन्दा अर्को थिएन ।

असमयमै सरकार ढल्ने, सरकार बनाउनका लागि जायज नाजायज सबै प्रकारका कृयाकलाप गर्ने, आफूले गर्दा त्यही काम ठीक अरूले गर्दा अपराध हुनेजस्ता बिचार दृष्टिकोणका कारणले सरकार गिराउन र बनाउन गरिने जनसरोकारसँग प्रत्यक्ष सरोकार नराख्ने गतिविधिले जनता आजित भइरहेको बेला स्थायी सरकारको नाराले जनता आकर्षित भएता पनि सरकार बनाइसकेपछि सरकार सञ्चालनमा कुशलता प्रर्दशन नगर्दा अस्थिर सरकार मात्र होईन राजनीति नै अस्थिर हुनेगरि सरकारका तर्फबाट गरिएका गतिविधिको सहउत्पादनको रूपमा देउवा सरकार बन्न पुगेको हो ।

राज्यले अंगिकार गरिरहेको र राजनीतिक प्रणालीका आधारमा हेर्दा केपी ओलीलाई सरकार सञ्चालन गर्न जुन सुविधा थियो शेरबहादुर देउवालाई त्यो सुविधा छैैन् । सरकार सञ्चालनमा देखापरेका समस्याहरू, पार्टीभित्र देखिएका अन्तर विरोधहरूको समाधान, वर्तमान कानुनी व्यवस्था र पार्टीभित्रका स्थापित विधिको सिमाभित्र मात्रै खोज्न थाल्ने हो भने यस्ता प्रयत्नहरूले समस्या समाधान होइन समस्याहरूलाई जरो गाड्न मद्दत गर्ने र समस्याहरूले स्थायी रूप लिँदै जाने खतरा बढ्दैछ । पार्टीभित्र देखिने अन्तरविरोधहरू समाजका अन्तरविरोधहरूका रूप वा अभिव्यक्ति मात्र हुन् भन्ने मान्यता माक्र्सको छ ।

यस मान्यताबाट समस्याहरूलाई हेर्ने हो भने नेपालका राजनीतिक दलहरूले अगाडि सारेका सैद्धान्तिक दलीय राजनीतिक मान्यतालाई आफ्नो नीति र कार्यक्रमका माध्यमबाट वस्तुवादी ढङ्गले नेपालको सामाजिक अन्तरविरोधहरूलाई अभिव्यक्त गर्न सकेका छैनन् भन्ने निष्कर्ष निकाल्न ढिला भइसकेको छ ।

पार्टीभित्र देखिएका असमझदारीहरू व्यक्तिका कार्यशैलीजन्य समस्याहरू हुन् भन्ने मान्यताका आधारमा मात्रै हेर्ने र पार्टीभित्र देखिएका समस्याहरूको समाधानलाई व्यक्तिको संगठनात्मक ब्याबस्थापनसँग मात्रै गाँसेर हेर्दा समाजका मुलभुत समस्याहरूको नीतिगत समाधानका लागि सोच्ने र समाजको मुलभुत जटिलतालाई समाधान गर्ने कार्यक्रम बनाउन नेपालका राजनीतिक दलका नेताहरूलाई फुर्सद नै भएन् ।

नेपालका मूख्य राजनीतिक दलहरूले आफ्नो संगठनात्क संरचनामा परिवर्तन र राजनीतिक दृष्टिकोणमा पुनर मूल्याकन नगरी परम्परागत ढङ्गको मान्यता र संगठनात्मक संरचनाबाट राजानीति नेतृत्व सफल हुँदैन भनेर सोच्नेबेला भइसकेको छ । नेपाली राजनीतिक दलहरूका नेताहरूमा व्यावहारजन्य समस्याहरू त छन् नै । बिचारका हिसाबले पनि प्रसस्त अलमल, दुविधा देखापरेका छन् ।

यो दुविधा सबै दलहरूमा भए पनि प्रखर रूपमा नेपाली काँग्रेसका नेताहरूमा देखिनु दुःखद र सोच्नु पर्ने बिषय हो । यस्तो दुविधा पूर्ण बैचारिक नेतृत्व गरिरहेको राजनीतिक दलले समयमा नै आफूलाई परिमार्जन गर्न सकेन भने सातसाले पुस्ताका काँग्रेसजनको समर्थनमा मात्रै काँग्रेसले यो मुलुकको सफल नेतृत्व गर्न सम्भव छैन् ।

देउवाको नेतृत्वमा बनेको वर्तमान सरकार संसदीय अंक गणितको खेल हो । यो सरकार बन्ने मुख्य आधार देउवाप्रतिको भरोसा होइन । यो सरकार बन्नैपर्ने वातावरण केपी शर्मा ओलीको अहंकारी, स्वेच्छाचारी र हेपाहा प्रवृतिको परिणाम हो । केपी ओलीलाई के भ्रम थियो भने दुइतिहाई नजिकको विश्वास प्राप्त गरेर सत्तासिन भएका कारण सबै चिज मेरो नियन्त्रणमा छ ।

२०४७ सालपछिको संसदीय इतिहासमा कसैले पनि प्रधानमन्त्रीको रूपमा ओलीको जस्तो प्रचण्ड बहुमत पाएर सरकार बनाउने अवसर प्राप्त गरेका थिएनन् । निर्वाचनको प्राविधिक विषय मिलाउदा परिणाम आफ्नो पक्षमा आउछ भन्ने बुझेका केपी ओली र पटक पटक विभाजनको श्रृङ्खला बेहोरेको नेकपा माओवादी एक्लै निर्वाचन लड्दा पराजय भोग्नुपर्छ भन्ने राम्रोसँग बुझेका नेकपा माओवादीका नेता पुष्पकमल दाहालले आफ्नो पार्र्टीभित्रका अधिकांस नेताहरूलाई समेत थाहा नदिइकनै गठबन्धन बनाएका थिए ।

वाम गठबन्धनको नाममा सोचेअनुरूप निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सफलता पनि प्राप्त गरे । निर्वाचनको परिणामले केपी ओलीलाई मात्र होइन पुष्पकमल दाहाललाई समेत आजिवन सत्तामा बस्ने भोग जागाइदियो । निर्वाचन सम्पन्न भइसकेपछिताकाका केपी ओली र प्रचण्डका सार्वजनिक अभिव्यक्तिहरूले त्यहि कुराको संकेत गर्छ । त्यहि सत्ताभोक शान्त पार्न आफ्ना पार्टीभित्रका शिर्ष नेताहरूसँग पनि राम्रो छलफल नै नगरी पार्टी एकता गर्ने हतारो गरे ।

तर केपी ओली र पूष्पकमल दाहालको प्रयासमा भएको एकता ग्रामिण क्षेत्रमा प्रचलित लोककथा पूर्व ढाट र पश्चिम ढाटको जस्तै भयो । प्रचण्डले चतुर्याइँपूर्वक पार्टी कब्जा गर्न चाहन्थे । केपी ओली सत्ताको बलमा पार्टी, सरकार र राज्यका सबै निकायमा आफ्नो वर्चश्व कायम गर्न चाहन्थे ।

केपी ओलीको समय अगावै पार्टी र सरकार कब्जा गर्ने अंहकारी, स्वेच्छाचारी कार्यशैलीका कारणले सहयोगी दलहरू मात्रै होईन आफ्नो पार्टीभित्रको विश्वास पनि गुमाइसकेको उनलाई पत्तै भएन । पछिल्लो चरणमा त उनका बेलगाम मन्त्रीहरू, उनका वरिपरिका विश्वास पात्रहरूका अभिव्यक्तिहरूले छुद्रताको सिमा पार गरेका थिए । स्वयम ओली मात्र होईनन् उनका सल्लाहाकारहरू र विश्वास पात्रहरूको अभिव्यक्तिमा छुद्रताको सबै प्रकारका सिमाहरू पार थिए ।

यो सरकार नेपाली काँग्रेसको लोकप्रियता वा शेरबहादुर देउवाको अग्लो कदका कारण बनेको होइन । यो सरकार केपी ओलीका अहंकारी र स्वेच्छाचारी कार्यशैलीको देन हो । तर यो सरकार संविधान जारी हुदैका बखत संविधानप्रति बिमति राख्ने र नेपाली काँगे्रससँग राजनीतिक रूपमै भिन्न दार्शनिक मान्यता बोक्ने राजनीतिक दलहरूको गठजोडबाट बनेको छ ।

नेपाली राजनीतिको बिडम्बना, यो संविधान संसारकै सबैभन्दा उत्कृष्ट हो भनेर घोषणा गर्नेले सत्तामा बसिरहेको बेला संविधानको धज्जि उडाउने र यो संविधानको पुनर्लेखन गर्नुपर्छ भनेर सडक आन्दोलन गर्ने पार्र्टीले यो संविधानको रक्षाका निम्ति नेपाली काँग्रेससँग सत्ता साझेदारी गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ ।

यस्ता असंगतिपूर्ण राजनीतिको पक्षधर भएर सरकार सञ्चालनको नेतृत्व गर्नु शेरबहादुर देउवालाई त्यति सहज छैन् । नेकपा एमलेमा मात्र नेतृत्वको विरोधमा सशक्त आवाज छैन् । नेपाली काँग्रेसभित्र नेकपा एमालेको भन्दा पुरानो र औपचारिक रूपमा नै दुईटा समुह क्रियाशिल छन् । कुनैबेला संस्थापन इतर हुँदा नेतृत्वको विरोधी मोर्चा सम्हालेका शेरबहादुर देउवालाई पार्टीबाहिरको भन्दा आफ्नै पार्टीभित्रको विरोध र असहयोगलाई व्यवस्थापन गर्न गाह्रो हुनेछ ।

जसरी केपी ओली आफ्नै पार्टीभित्रको अन्तरविरोधलाई व्यावस्थापन गर्न असफल रहे । आसन्न नेपाली काँग्रेसको महाधिवेसनको परिणामले पनि शेरबहादुर देउवा सरकार सञ्चालनको सहजतामा प्रभाव पार्नेछ । मुख्य सत्ता साझेदार पार्टीलाई नेपाली राजनीतिमा त्यति विश्वासिलो राजनीतिक दल मान्न सकिने इतिहास छैन । शेरबहादुर देउवालाई यो सरकार सञ्चालन गर्ने सहजता भनेको आफ्ना साझेदार दलहरूसँगको यो सत्ता साझेदारी पहिलो पटक होईन । विगतमा पनि सत्ता साझेदारी गरिसकेको हुँदा सरकार सञ्चालन गर्दा समझदारी बन्न सक्छ भन्ने सम्मको झिनो आंकलन गर्न सकिन्छ ।

विगतमा सरकारको नेतृत्व गर्दा शेरबहादुर देउवाको सकरात्मक कामहरूको भन्दा नकरात्मक कामहरूकोे चर्चा बढि हुने गरेको छ । सरकार छोडेर प्रतिपक्षमा बस्नुपर्दा ओली समुह घाईते सिंह झैँ बनेर बसेको छ । ओली समुहले सरकार सञ्चालनमा मात्रै होईन राज्यका सबै अङ्गहरूमा अवरोध गर्नेछ ।

पैसा नखुवाई कुनै पनि सरकारी काम हुन्छ भन्ने विश्वास सामान्य नागरिकलाई लाग्दैन । भ्रष्टचार आमप्रवृृति बनिसकेको छ । एमसीसीजस्तो विवादित अनुदानलाई जस्ताको त्यस्तै पास गर्दा त्यसले नेपालको सार्वभौमिकतामै खतरा उत्पन्न हुने चर्चा र बहस आमरूपमा छ । त्यसका कतिपय प्रावधानहरूलाई परिवर्तन नगरी पास गर्दा त्यसका बिरुद्धमा आन्दोलन उठने सम्भावना कायम छ ।

यस्ता असहजताका बिच देउवा सरकारसँग नेपाली जनताले ठुलो अपेक्षा गरेका छैनन् । आमप्रवृतिको रूपमा स्थापित भ्रष्टचारलाई रोक्न सकेमात्रै पनि वा सरकार मा सहभागी मन्त्रिहरू मात्रै भ्रष्टचारमा नजोडिए पनि शेरबहादुर देउवा सरकारको पूर्ण सफलता मानिनेछ ।

पुमा जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् ।

यो पनि पढ्नुहोस्

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

लेखकसँगको भिडियो अन्तर्वार्ता हेर्नुहोस्

https://www.youtube.com/watch?v=exMaArGUJIo&t=782s

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी

उदय पूर्वेली चोङबाङक्याक भारतको उत्तरप्रदेश, जालौन जिल्लाको गोराहास्थित सानो गुमनाम गाउँमा अत्यन्तै उपेक्षित र...

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...