प्रज्ञामा प्रथम कवि राईलाई वडाको सम्मान - Naya Online

प्रज्ञामा प्रथम कवि राईलाई वडाको सम्मान

भोजपुर, १८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा ‘देशको नक्सा’ शीर्षकको कवितामार्फत् प्रथम कवि कविता राई गृहगाउँमा सम्मानित भएका छन् ।

राज्यकै सर्वोच्च प्राज्ञिक संस्थाद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रथम भई वडा, पालिका र समग्र जिल्लाकै गौरव बढाएबापत टेम्केमैयु गाउँपालिका वडा नं. ९ कार्यालयले कवि राईलाई सोमबार एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष गणेशकुमार राईले कवि राईलाई फूलमाला, अविर टीका, दोसल्ला र सम्मानपत्र अर्पण गरी सम्मानित गरेका थिए । सो अवसरमा वडा सदस्यहरू इन्दिरा राई घिमिरे, जितेन्द्र तिम्सिना, शिवराज दंगाल, दिलकुमारी दर्जी लगायतले कवि राईलाई खादा ओढाई सम्मान प्रकट गरेका थिए ।

यसै गरी उक्त अवसरमा वडाका कर्मचारीहरू राजु पराजुली, ईश्वर दंगाल, सुवास लुईटेल लगायतले कवि राईलाई खादा ओढाएर बधाई तथा सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा कवि राईका आफन्तजन तथा वडाबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कविता राई यसअघि विभिन्न सङ्घसंस्थाबाट सम्मानित भइसकेकी छिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

डिसहोममा ‘वीर योद्धा’

काठमाडौ । चलचित्र ‘वीर योद्धा’ शुसक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौ, ३१ भदौ। स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने...

ओखलढुंगामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, २८ भदौ । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरिभन्ज्याङस्थित सडकमा बा.११ च ५२१० नंम्बरको...

३ किलो सुन सहित २ जना पक्राउ

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज...

हेवाखोलाले बगाएको ४ वर्षीया आँचल योङ्याको शव फेला

काठमाडौ, ३० भदौ । हेवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता भएकी ४ वर्षीया बालिकाको शव...

ईजाजत प्राप्त चिकित्सकको स्वीकृतिबिना ल्याउँदै गरेको औषधि सहित पक्राउ

पर्सा, २८ भदौ । वीरगंज महानगरपालिका–१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...