लिम्बुवान भर्चुअल संवादको दशौं श्रृङ्खलामा परशुराम बस्नेत र मनिष सुमन आउँदै - Naya Online

लिम्बुवान भर्चुअल संवादको दशौं श्रृङ्खलामा परशुराम बस्नेत र मनिष सुमन आउँदै

ललितपुर, १८ साउन । लिम्बुवान भर्चुअल संवादको दशौं श्रृङ्खलामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यद्वय परशुराम बस्नेत र मनिष सुमनको आगमन हुने भएको छ । जसपा लिम्बुवान राष्ट्रिय समितिको आयोजना भइरहेको यो श्रृङ्खला निरन्तर रुपमा भइरहेको छ ।

साउन २३ गते शनिबार दिनको ४ बजेदेखि हुने कार्यक्रमा बस्नेतले समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी कानुनी ब्यवस्था तथा समुदायिक क्लष्टरको प्रतिनिधित्व ब्यवस्थापनको सवाल विषयमा बोल्नेछन् ।

त्यसैगरी सुमनले जसपा, नेपालको निर्माण र मधेस आन्दोलनबारे बोल्नेछन् । सुमन प्रदेश नं. २ का प्रदेश सभा सदस्य पनि हुन् ।

कार्यक्रममा आमन्त्रित वक्ताका रुपमा पार्टीका केन्द्रीय सदस्य निर्मला यादव र भगवान चाम्लिङ रहनेछन् । यादव समाजवादी महिला संघ, केन्द्रीय समितिका अध्यक्ष पनि हुन् ।

चाम्लिङ यूके ईन्चार्ज र प्रवास विशेष प्रदेश सहईन्चार्ज हुन् । यस श्रृङ्खला रोचक हुने जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जनाएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

जसपा झापा निर्वाचन क्षेत्र नं. २ मा भेला सम्पन्न

झापा, ३० भदौं । जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२...

जनता समाजवादी पार्टीको मेयङ्लुङ नगर समिति गठन

तेह्रथुम, २९ भदौ । जनता समाजवादी पार्टी, नेपालको तेह्रथुमस्थीत मेयङलुङ नगरपालिकामा समिति गठन भएको...

जनमुक्ति पार्टीको छैठौं महाधिवेशन पार्टी संस्थापक अध्यक्ष तथा संरक्षक एम.एस थापाबाट समुद्घाटन हुने

रोशन अश्लामी मगर धरान,२६ भदौ  । राजमुपाको छैठौं राष्ट्रिय महाधिवेशन आज धरान स्थित गीता...

विपन्नहरूलाई काठमाडौको कम्तिमा १० ठाउँमा खाना खुवाइने

काठमाडौ, २५ भदौ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश...

मर्यादापालक र सांसदबीच घम्साघम्सी, प्रधानमन्त्री देउवाले लुकाए आफ्नो माइक

काठमाडौ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८,...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

आजै नयाँ बजेट आउने

काठमाडौ, २५ भदौ । सरकारले आज नयाँ बजेट ल्याउने भएको छ । प्रतिनिधि सभामा...

एमालेको विरोध बीच सभामुख सापकोटाले अघि बढाए सदन

काठमाडौ, २५ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाउदै...