पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री - Naya Online

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवासँग सम्बन्धित प्रहरी कार्यालयहरूले पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाई त्यस्ता नागरिकलाई प्रदान गर्ने सेवामा विशेष संवेदनशीलता अपनाई सहजीकरण गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रदेश प्रहरी कार्यालयहरू, व्यूरोहरू, महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरू, महानगरीय प्रहरी वृत्तहरू, ईलाका प्रहरी कार्यालयहरू र बालबालिका खोजतलास केन्द्र गरी १ सय ३७ वटा कार्यालयमा कार्यरत ३ सय ६८ जना प्रहरी कर्मचारीहरूलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लक्षित विषयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जोखिमको समय र अफ्ठ्यारो परिस्थितिमा सबै भन्दा नजिकको भरोसा गर्ने संयन्त्रको रूपमा रहेको प्रहरीले महिला बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित हिंसा÷अपराधहरू हुन नदिन र भए गरेकाहरूलाई यथाशक्य छिटो न्याय दिलाउने र पीडितमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।

हिंसा÷अपराध पीडित महिला तथा बालबालिकालाई न्याय र सहयोग गर्ने सम्बन्धी कार्य कानुनी रूपमा मात्र नभई मानवीय हिसाबले पनि महत्वपूर्ण रहेकोले उनीहरूको हकहित संरक्षण तथा न्यायको निमित्त विशेष चासो राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जोखिम वर्गसँग सम्बन्धित मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी सरकारी वकिल तथा जिल्लाका मुद्दा शाखाहरू, सेवा प्रदायक संघसंस्था तथा निकायहरू र प्रहरीभित्रैका संयन्त्रहरूसँग समन्वय गरी कारवाही अगाडि बढाउनुपर्ने चर्चा गरेका थिए ।

यस्ता वर्गसँग सम्बन्धित सूचना प्रवाह गर्दा तोकिएको सूचना अधिकारीले पीडितको गोपनीयता एवम् मानवअधिकारलाई मध्यनजर राखी उच्च पेशागत नैतिकता र व्यावसायिकतालाई कायम राख्दै प्रहरीको छविमा सकारात्मक सन्देश जाने गरी कार्य सम्पादन गर्नुपर्ने कुरामा ध्यान दिन निर्देशन दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन

काठमाडौ, ७ असोज। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर...

अजम्मरी अक्षरहरुको बिमोचन

इक्साहाङ चेम्जोङ बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै २४ लाख ठगी गर्ने पक्राउ

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२...

गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने

काठमाडौ । गीतकार सङ्घ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम...

सङ्खुवासभामा ६ जनाको हत्या गर्ने लोकबहादुरलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौ, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री

दोलखा, २६ भदौ । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र...