‘समकालीन नेपाली कवितामा समावेशीकरण’ प्रकाशित - Naya Online

‘समकालीन नेपाली कवितामा समावेशीकरण’ प्रकाशित

काठमाडौँ, १८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘समकालीन नेपाली कवितामा समावेशीकरण’ नामक पुस्तक प्रकाशित भएको छ ।

पुस्तक साहित्य (पद्य/काव्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. बिन्दु शर्माले तयार पारेका हुन् । जम्मा चार परिच्छेदमा लेखकले विषय–विचारलाई पुस्तकमा प्रस्तुत गरेका छन् ।

विभागीय प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार समावेशीकरण लोकतन्त्रको महत्त्वपूर्ण पक्ष मानिन्छ ।

यसै सत्यलाई आत्मसात गरी तयार पारिएको यस पुस्तकको पहिलो परिच्छेदमा समावेशीकरणको सैद्धान्तिक आधार र पृष्ठभूमि, दोस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा राजनीतिक, आर्थिक र प्रादेशिक समावेशीकरण, तेस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा सामाजिक र सांस्कृतिक समावेशीकरण र चौथो परिच्छेदमा तिनको समग्र निष्कर्ष दिइएको छ ।

पुस्तक लेखक डा. शर्माले लेखकीय भूमिकामा लेखेका छन्— “समकालीन नेपाली कवितामा सामाजिक, राजनीतिक, जातीय, आर्थिक, लैङ्गिक, क्षेत्रीय आदि मुद्दाहरू सशक्त रूपमा उठिरहेका छन् । यस्तै अवस्थामा राज्यका विभिन्न अङ्गहरूबाट तिनलाई समुचित सम्बोधन गराउन पनि काव्यिक समावेशीकरणको भूमिका र योगदान महत्त्वपूर्ण रहन्छ ।”

१७२ पृष्ठका पुस्तकको मूल्य रु. २२० रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

डिसहोममा ‘वीर योद्धा’

काठमाडौ । चलचित्र ‘वीर योद्धा’ शुसक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौ, ३१ भदौ। स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने...

ओखलढुंगामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, २८ भदौ । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरिभन्ज्याङस्थित सडकमा बा.११ च ५२१० नंम्बरको...

३ किलो सुन सहित २ जना पक्राउ

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज...

हेवाखोलाले बगाएको ४ वर्षीया आँचल योङ्याको शव फेला

काठमाडौ, ३० भदौ । हेवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता भएकी ४ वर्षीया बालिकाको शव...

ईजाजत प्राप्त चिकित्सकको स्वीकृतिबिना ल्याउँदै गरेको औषधि सहित पक्राउ

पर्सा, २८ भदौ । वीरगंज महानगरपालिका–१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...