एनआरएन साउदी अरबको निर्वाचनमा धाँधली भएको आरोप - Naya Online

एनआरएन साउदी अरबको निर्वाचनमा धाँधली भएको आरोप

साउदी अरब, २ अगष्ट । गैरआवासीय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ महाधिबेशनमा चरम् धाधली भएको आरोप लागेको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नै विधान र जारी निर्देशिका एवं समय तालिका समेतको उल्लंघन गर्दै एनसिसी र मातहतका समितिहरूको समेत निर्वाचनमा गम्भीर अनियमितता गरेको २०२१–२०२३ कार्यकालका लागी अध्यक्षमा उमेदवारी प्रस्तुत गरेको आरोप रोशन श्रेष्ठले जानकारी दिएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको निर्वाचन समितिका संयोजक जोन अर्याल, सदस्य नारायण पासवान र रमेश भण्डारी रहेको समितिबाट भएका सबै अनियमितताहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गराउन जोडदार माग गरेको छ ।

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि नेपाली काङग्रेसको भातृसंगठन जनसम्पर्क समिति र संघीय लोकतान्त्रिक राष्टिय मञ्चको भातृसंगठन संघिय लिम्बुवान सामाजिक मञ्च साउदीले समेत प्रेश विज्ञप्ती सहित ध्यानाकर्षण गराएको थियो ।

अध्यक्षका उमेदार रहेका श्रेष्ठले निर्वाचन समिति, संघको राष्ट्रिय समन्वय परिषद साउदी अरब र गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिलाई जानकारी गराउदा समेत सुनवाइ नभएको साउदी अरबबाट लिम्बुवान सामाजिक मञ्च सल्लाहकार श्रीलिम्बुले बताएका छन् ।

यस बिषयमा कुरा गर्दा अध्यक्षको उमेदवार रहेका रोशन श्रेष्ठले आफुले पटक पटक निर्वाचन समिति र राष्ट्रिय समन्वय समितिलाई ध्यानाकर्षण गराउदा समेत सुन्वाइ नभएकोप्रति दुःख ब्याक्त गरेका छन् ।

उनले आफु विगत ८ वर्षदेखि निरन्तर सक्रिय भई समयको कार्यसमितिमा उपाध्यक्ष र आठौं अधिवेशनको अध्यक्षको प्रत्यासी रहेको र एनआरएनए एनसीसी साउदी अरेबियाको आठौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी भएको हैसियतले एवम संस्थाको गरिमालाई मध्यानजर गर्दै संस्थाको आठौं अधिवेशनका लागि संस्था र निर्वाचन समितिले गरिरहेका गतिविधिबारे जानकारी गराएको छ ।

उम्मेद्वार भएको हैसियतले आफुले निर्वाचन समिति, वर्तमान कार्यसमितिका अध्यक्ष, आइसीसीका वहालवाला अग्रज पदाधिकारीहरूको समेत ध्यानाकर्षण गराउनु कर्तव्य ठानेको बताएका छन् । उनले वुदागत रूपमा संस्थाको निर्वाचनमा असन्तुष्टी पोखेका छन् ।

विधान विपरित कार्यसमितिले अधिवेशन प्रतिनिधिहरू छनौट गरेको र निर्वाचनको तालिका विपरित निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको वुँदागत आरोप लागेको हो ।

निर्वाचन कार्यतालिका तथा आचारसंहिता अनुरूप वुँदा नम्बर ४ अनुसार मतदाताहरूको अन्तिम सुची प्रकाशन गर्ने मिति ९ जुलाई तोकिएको तर निर्वाचन समितिले २६ जुलाइमा सुचि सार्वजनिक गरेको छ ।

अन्य वुँदागत आरोपहरु निम्न छन् ।

विधानको धारा १४ को उपधारा ३ मा प्रत्येक २० जना पञ्जीकृत सदस्य बराबर १ जनाको अनुपातमा महाधिवेसन प्रतिनिधि चयन गरिनेछन् जसको चयन सम्बन्धित क्षेत्रीय समितिले आफ्नो मातहतमा रहेको स्थानीय समितिहरूसँगको छलफल र सहमतिमा सदस्यहरूको बरियताक्रम तथा अनुभवलाई प्राथमिकताको आधार मान्दै गर्नेछ ।

उक्त सुचीलाई राष्ट्रिय समन्वय समितिले प्रमाणीकरण र रुजु गरि अन्तिम रूप दिनेछ र निर्बाचन समितिलाई उपलब्ध गराउने छ भनिएको भए पनि सो वमोजिम नभएको ।

निर्वाचन समितिले जारी गरेको सुचनाको खण्ड क वमोजिम एनसिसि र आईसिसिका पुर्व पदाधिकारीहरूको नामावली प्रकाशन नगरेको । को को प्रतिनिधि हुन जानकारी उम्मेद्वार र आम एनआरएन कर्मीलाई स्पष्ट नभएको ।

संस्थामा महत्वपुर्ण योगदान गरेका आग्रजहरू प्रतिनिधिको रूपमा चयन नगरी २ महिना अघि वनेका सदस्यहरूलाई मनोमानी ढंगले प्रतिनिधिमा राखेर अग्रजहरूको भावनामा खेलवाड गरेको ।

संस्थाको कार्यसमिति भित्र छलफल र निर्णय नै नगरी प्रतिनिहिरू चयन गरिएको ।

गत ३० जुलाईमा भएको निर्वाचनमा मतदान कसरी गरियो, कुन विधि अपनाइयो भन्ने कुराको जानकारी स्वयम अध्यक्षको प्रत्यासी लगायत प्रतिनिधिहरूलाई समेत नभएको रोशन श्रेष्ठको दावी रहेको छ ।

उनले संस्थाका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, संस्थाका प्रवक्ता लगायतलाई यस बिषयमा पत्र पठाउदा समेत कुनै किसिमको सुनवाई नभएको भन्दै माथीदेखिकै सेटिङ्गमा निर्वाचनमा चरम् धाधली भएको आरोप लगाएका छन् ।

गैर आवासिय नेपालीहरूको छातासंगठनको रूपमा रहेर विश्वभरका नेपालीहरूको सारथी बन्दै गरेको एनआरएनए संस्थाले यसरी दम्भ र घमण्डले निर्वाचन गर्नुले संस्थाप्रति आम नेपालीमा वितृष्ण पैदा हुने देखिएको छ ।

यति ठुलो संस्थाले निर्वाचन गराउदा स्वयम उमेदवारको गुनासोलाई समेत सम्बोधन नगरी निर्वाचन सम्पन्न गर्नुले संस्थाको गरिमा माथि प्रश्न खडा गरिदिएको छ ।

संस्थाले सबै पक्षको बिरोधको बावजुत पनि गत जुलाई ३० गते निर्वाचन सम्पन्न भएको भन्दै एक पक्षरूपमा डम्बर यादवलाई बिजयी घोषणा गरेको थियो यद्यपि चुनाव के र कसरी भयो भन्ने आफुलाई जानकारी समेत नरहेको रोशन श्रेष्ठले जनाएका छन् भने निर्वाचन समितिले उम्मेदवारको प्रतिनिधि समेत मतगणनामा नबोलाएको बताए तथापी मत गणना निर्वाचन समितिका संयोजक राजेन्द्र अर्याल “जोन”को घरमा गरिएको बताइएको छ ।

यसले पनि निर्वाचनमा धाधली भएको पुष्टी हुने श्रेष्ठको दावी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...