नागरिक दबाव सञ्जाल, धरानका संयोजक शर्माद्वारा प्रधानमन्त्रीलाई खुलापत्र - Naya Online

नागरिक दबाव सञ्जाल, धरानका संयोजक शर्माद्वारा प्रधानमन्त्रीलाई खुलापत्र

धरान, १८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई ध्यान दिनको लागि नागरिक दबाब सञ्जाल, धरानबाट संयोजक राजेन्द्र शर्माले प्रधानमन्त्री देउवालाई खुलापत्र लेखेका छन् ।

शर्माले फेसबुकमार्फत प्रधानमन्त्रीलाई खुलापत्र लेखेका हुन् ।

सरकारी लगानीमा सञ्चालित धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकीत्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरू विगत ५१ दिनदेखि “प्रतिष्ठानको शुद्धीकरण” आन्दोलनमा रहेको भन्दै धैर्यको परीक्षाको पनि सीमा हुने शर्माको भनाई छ ।

आन्दोलनरत पक्षले आफ्ना कर्त्तव्यहरूलाई अहिलेसम्म नबिर्सिकनै र काममा बाधा नपारी यो प्रतिष्ठानमा भएका अनियमितता विकृति र विसंगतिका विरुद्धको आन्दोलनलाई पर्वत चैं अविचल उभ्याएका र उनीहरूको यो नम्रता र शालीनतालाई लाचारी ठान्ने धृष्टता नगरियोस् भन्ने शर्माको भनाई छ ।

आन्दोलनरत पक्षसँग टेबुलमा बसेर समस्याको समाधान गर्नुपर्ने माग गर्दै शर्माले पत्रमा भनेका छन् –“सर्वोच्च अदालतले यहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि राज्यका तमाम चुनौतिहरू सरह उच्च प्राथमिकताका साथ हेरेर यो प्रतिष्ठानको समस्या समाधानको पहलका लागि सचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा एक छानविन समिति निर्माण गरेर यहाँले देखाउनु भएको तदारुकता र तत्परताको हामी धराने जनता धेरै प्रशंसा गर्दछौँ । हामी आशावादी छौँ कि यो समितिले विपि प्रतिष्ठान सुधारका पक्षमा सकारात्मक प्रतिवेदन दिनेछ र त्यसको कार्यान्वयनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले उत्तिकै तत्परता र इमानदारी देखाउनु हुनेछ ।”

प्रतिष्ठानको सुधारका लागि यसअघि गठन भएका थुप्रै समितिहरूले बुझाएका प्रतिवेदनहरू आजसम्म सरकारले न सार्वजनिक नगरेको भन्दै शर्माको भनेका छन् –“अर्याल प्रतिवेदनलाई लुकाउने काम नगरियोस् ।”

संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका प्रतिष्ठान परिवारका योद्धाहरूलाई धरानको पूर्ण समर्थन साथ र सहयोग रहिरहने र आन्दोलनकारीले धराने जनताका पक्षमा आवाज उठाएकोमा प्रतिष्ठानका सेवाग्राहीका पक्षमा प्रतिष्ठान भित्रबाटै आवाज उठेको इतिहास मै शायद यो पहिलो पनि भएको शर्माले पत्रमा उल्लेख गरेका छन् ।

‘उपचार सेवामा भएका लापरबाही बन्द हुनुपर्ने, सबै उपकरणहरू चुस्त र दुरुस्त हुनुपर्ने, गुणस्तरीय उपचार उपलब्ध हुनुपर्ने, भ्रष्टाचार रोकिनु पर्छ र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, अनिययमितता बन्द हुनुपर्ने, पठनपाठन गुणस्तरीय हुनुपर्ने, शिक्षा र स्वास्थ्यमा राजनीतिकरण बन्द हुनुपर्ने, योग्यता र क्षमताको कदर हुनुपर्ने नागरिक दबाबको माग रहेको छ ।

साथै, डाक्टर नर्स कर्मचारी र विद्यार्थीहरूलाई काम छोडेर सडकमा संघर्ष गर्न जान वाध्य नपारिदिनसमेत शर्माले आग्रह गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन

काठमाडौ, ७ असोज। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर...

अजम्मरी अक्षरहरुको बिमोचन

इक्साहाङ चेम्जोङ बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै २४ लाख ठगी गर्ने पक्राउ

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२...

गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने

काठमाडौ । गीतकार सङ्घ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम...

सङ्खुवासभामा ६ जनाको हत्या गर्ने लोकबहादुरलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौ, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री

दोलखा, २६ भदौ । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र...