मोनी ताम्लिङः सिक्किम र नेपालका सांगीतिक पुल - Naya Online

मोनी ताम्लिङः सिक्किम र नेपालका सांगीतिक पुल

ललितपुर, १८ साउन । नेपाली तथा लिम्बू गीत संगीतमा लागिपरेका व्यक्ति हुन् मोनी ताम्लिङ । उनले दर्जनौ गीतको रचना, संगीत, गायन तथा एरेन्ज गरिसकेका छन् ।

पश्चिम सिक्किममा सन् १९८७ मा जन्मिएका मोनीले साउण्ड इन्जिनियरमा उच्च शिक्षा हासिल गरेका छन् । त्यसपछि नेपाल आएर संगीत क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका छन् ।

उनको आफ्नै ओडीआर स्टुडियो छ भने ओपेरा इन्टरटेन्मेन्ट नेपाल नामक कम्पनी खोलेर संगीत सेवा गरिरहेका छन् ।

मोनीले आफ्नो स्वर संगीतमा आल्ल पेगी (लिम्बू भाषामा), तिमीलाई, इन मेमोरी र दोबाटो एल्बम निकालिसकेका छन् । त्यसैगरी लिम्बू कथानक चलचित्र थेत्लङको निर्माण तथा संगीत भरिसकेका छन् ।

७० वटा नेपाली गीत, ३२ वटा लिम्बू गीत, नेपाली चलचित्रमा २ गीत, लिम्बू चलचित्रमा ९ गीत गाइसकेका मोनीले एफएलएफए उत्कृष्ट पाश्र्वगायन –२०१९ अवार्ड प्राप्त गरेका छन् । त्यसैगरी सुखिम याक्थुङ साप्सक साप्लोन चुम्भोबाट सन् २०१८ बाट अभिनन्दन पत्र प्राप्त गरेका छन् ।

हाल चलचित्र थेत्लङको विभिन्न स्थान तथा देशहरुमा प्रदर्शन गर्न लागिपरेका मोनी भन्छन् –“म सिक्किम र नेपाल दुवै ठाउँको रैथाने भइसकेँ । गीतसंगीत र चलचित्रको माध्यमबाट पुल बनेको छु ।”

https://www.youtube.com/channel/UCvXeostT1kE6k-Qlb56Lx0w

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...