संगठित रूपमा ‘जीवनज्योति स्कुल’ सञ्चालन हुने - Naya Online

संगठित रूपमा ‘जीवनज्योति स्कुल’ सञ्चालन हुने

प्रकाश दिप्साली राई

नडाहा, १८ साउन । बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित स्कुल जीवनज्योती इङ्लिस स्कुल अब संगठीत रूपमा सञ्चालन हुने भएको छ ।

गत शनिबार चक्रघट्टीस्थित सुर्य फेमिली होटलको सभाहलमा एक पत्रकार सम्मेलन गर्दै जीवनज्योती इङलिस स्कुलले सो जानकारी गराएको हो । सो पत्रकार सम्मेलनमा यसै शैक्षिक सत्रदेखि संगठीत भई उच्च शिक्षाको उद्देश्य लिएर संगठीत भएको प्रिन्सिपल दिवब विष्टले जानकारी दिए ।

विगत ३ वर्षदेखि हामीले कक्षा ११ र १२ को अनुमती पत्र लिएर बराहक्षेत्रमै पहिलोपटक निजी क्षेत्रबाट कलेज सञ्चालन भइरहेको जानकारी दिँदै विष्टले आफ्नो स्कुलले सञ्चालनको पहिलो वर्षमै ९० प्रतिशत भन्दा माथीको नतिजा ल्याउँदै हामीहरू अब्बल छौँ भन्ने प्रमाण पेस गरेको बताए ।

शौक्षिक क्षेत्रको अस्वस्थ प्रतिष्पर्धाका शिक्षामा अनेक विकृति र समस्याहरू आइपर्ने हुँदा त्यसको बिरुद्धमा आफुहरू संगठीत भई शैक्षिक विकासमा जुटेको बताउदै बराहक्षेत्रमा अध्यनको विभिन्न क्षेत्र वा सङ्कायलाई बिस्तार गर्दै उच्च शिक्षा प्रदान गर्ने योजनासमेत रहेको बताए ।

बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –८ बाघझोडामा अवस्थित जीवनज्योती स्कुलसँग यसरी संगठित हुने स्कुलहरूमा बराह राइजिङ्ग स्टार इङलिस स्कुल बराहक्षेत्र –२ चतरा, स्काई इङलिस स्कुल बराहक्षेत्र –३ नडाह, भरौल बाल मन्दिर इङलिस स्कुल बराहक्षेत्र– ३ नडाहा, सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र –५ कालाबन्जार, सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र –६ चक्रघट्टी, राजाबास इङलिस स्कुल बराहक्षेत्र –९ राजाबास, सन साइन इङलिस बोर्डिङ स्कुल बराहक्षेत्र –१० प्रकाशपुर रहेका छन् ।

“नयाँ संरचना निर्माण गरेर स्कुलहरू सञ्चालन गर्नु भन्दा सञ्चालन भइरहेको जीवनज्योति इङलिस स्कुललाई नै व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा, प्रदान गर्ने प्रतिवद्धताका साथ एक जुट भएका छौँ । भविष्यमा अन्य विषयहरू जोड्दै ब्याचलर लेवलसम्मको अध्ययन, अध्यापन गराउने लक्ष्यका साथ हामी अघि बढेका छौँ । यसकै निम्ति पनी हामी जुटेका हौँ ।” सो सम्मेलनमा एलायन्सका प्रतिनिधि एवं सिर्द्धार्थ मेमोरियल इङलिस स्कुलका प्रिन्सिपल कृष्ण तामाङले बताए ।

सोही पत्रकार सम्मेलनमा जीवनज्योति इङलिस स्कुलका विद्यालयका वि.व्य. समिति अध्यक्ष दिल बहादुर बस्नेत र एलायन्सका तर्फबाट कृष्ण तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन

काठमाडौ, ७ असोज। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर...

अजम्मरी अक्षरहरुको बिमोचन

इक्साहाङ चेम्जोङ बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै २४ लाख ठगी गर्ने पक्राउ

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२...

गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने

काठमाडौ । गीतकार सङ्घ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम...

सङ्खुवासभामा ६ जनाको हत्या गर्ने लोकबहादुरलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौ, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री

दोलखा, २६ भदौ । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र...