कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ - Naya Online

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

 

 

चबेगुराज सानु

पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि क्षेत्रमा एक नमुनाका रूपमा स्थापित भैइरहेको छ भने कृषिमा आत्मनिर्भर पनि बन्दै गैरहेको छ ।

विगत लामो समयदेखि पुख्र्यौली पेसा अपनाउदै आईरहेका कृषकहरू पनि आधुनिक कृषिमा लोभिएका छन् । पुख्र्यौली पेसालाई त्यागेर आधुनिक ब्यवस्थित खेतीमा युवाहरूको सकृय भुमिका देख्न सकिन्छ।

तरकारी खेती, किवि खेती, कफि खेती, उन्नत जातको बाख्रा फर्म, सुँगुर फर्म, गाई फर्म, मौरी पालन लगायतका पेसा अपनाएर युवाहरू आफै स्वरोजगार बन्दै गैईरहेको देख्न सकिन्छ । यसरी कृषि पेसा अपनाएका युवाहरू वर्षेनी लाखौँ रूपैयाँ आफ्नै गाउँमा आम्दानी गरिरहेका छन् ।

केही भौगोलिक कठिनाई देखिएता पनि कृषियोग्य जमिन भएको कारण काउली, गोलभेडा, मुला, रायोको सागजस्ता तरकारीहरू बाह्रै महिना कृषकहरूले उत्पादन गरिरहेका छन् । समुन्द्र सतहभन्दा झन्डै २५०० देखि ६००० फिट सम्मको उचाईमा रहेको यस भु–भागमा किवि, कफि, एबोकार्ड जस्ता बजारमा उच्च मुल्यमा बिक्री हुने फलफुलहरू पनि उत्पादन भईरहेको छ ।

मासु तथा दूध उत्पादनका लागी पनि स्थानीय सरकारको ध्यान गइरहेको छ । पछिल्लो समय दूध उत्पादनका लागि केराबारी गाउँपालिका र साना किसान सहकारी संस्था लि. पाटी, मोरङको संयुक्त लगानिमा १४,००,०००।– (चौध लाख) रूपैयाँ बराबरको ४० घरधुरी, कृषकलाई निशुल्क कोरली गाई वितरण गरेको छ भने यता मासुजन्यमा प्रत्येक वर्ष नश्ल सुधार कार्यक्रम अन्तर्गत उच्च कोटीको बयर बोका बाख्रापालक कृषकहरूलाई वितरण गरिरहेको देख्न सकिन्छ ।

विभिन्न शीर्षकमा फर्म दर्ता गरेर कृषि पेशा अंगालेका युवाहरू बंगुर पालनमा समेत लोभिएका छन् । बजारमा मासुको मागलाई हेरेर मासुजन्य पेशा अंगालेको युवाहरूको भनाई रहेको छ। गाउँपालिका तथा वडाको लगानीमा ‘बंगुर खोर मर्मत’ शीर्षकमा सहयोग तथा अनुदान आफुहरूलाई उपलब्ध गराइरहेको र सरहयोग पाईरहेको बंगुर पालक कृषक सेरबहादुर लिम्बू बताउँछन् ।

कम परिश्रम तथा राम्रो आम्दानी लिन सकिने भएका कारण मौरी पालन पाटीगाउँमा निकै फस्टाएको देखिन्छ । पुरानो घार अर्थात डल्ले घारलाई त्यागेर आधुनिक घारमा मौरी पालन गर्दा धेरै सजिलो र कृषकलाई धेरै नाफा हुने कुरा विगत लामो समयदेखि आधुनिक मौरी पाल्दै आउनु भएका कृषक एल्डर राई बताउनु हुन्छ । “वनजंगल प्रशस्त भएको र बाख्रा पालनदेखि धेरै नाफा हुने भएका कारण यो पेशामा लागेका हौँ ।” यो भनाई कृषक डम्बर लिम्बुको हो ।

पुख्यौंली पेसालाई परित्याग गरि आधुनिक पेसामा लागेको कृषकहरू वर्षेनी लाखौँ रूपैया आम्दानी गरिरहेका छन् ।आफ्नै परिवारसँग बसेर आफ्नै देशमा यसरी काम गर्न पाउँदा खुशी लाग्ने बताउँछन् । अदुवा, अम्लिसो, तरकारी लगायतका नगदेबालीहरूले पनि कृषकलाई धेरै सहयोग गरिरहेका छन् ।

नेपाल सरकारमा फर्म दर्ता गरेर कृषि पेसामा लागेका कृषकहरूका संख्या वर्षेनी बढिरहेको छ। “विदेशमा वर्षौँ बसेर पनि केही गर्न सकिएन आज आफ्नै देशमा कृषि पेशामा अङ्गालेर लाखौ कमाइरहेको छु ।“ हिजो आज कृषकहरू यसरी आफ्नो अनुभव साट्न थालेका छन् ।

दूध डेरि सन्चालन गरिरहेका लिला बहादुर मगर बिहानै कृषकहरूबाट आएको दूध संकलन गर्छन् र पनिर, घिउ, दहि, महि, छुर्पी, चक्लेट बनाउने गर्छन् । उनले केही युवाहरूलाई रोजगारी समेत दिएका छन् । आफुले अंगालेका पेसासँग संम्बन्धित तालिम बेला बेला लिने गरेको कृषकहरू बताउँछन् ।

नेपालमा युवाहरू रोजगार नपाएर विदेशिनेको होड्बाजी चलिरहेको बेला युवाहरूको जोसजाँगर आफ्नै देशमा यसरी लगानी गर्न सके देश विकास हुन समय लाग्दैन थियो होला । कृषि ब्लक अन्तरगत तरकारी र कफि खेतीमा करोडौँको बजेट पाटी गाउँमा आईसकेको छ । महिलाहरूका लागि सीपमुलक तालिम ढाका तथा सिलाई बुनाई तालिम, विभिन्न जीवन उपयोगी तालिमहरू निरन्तर भैरहेको छ ।

आफ्नो वडाको यो आत्मनिर्भरताले वडाअध्यक्ष हेमचन्द्र लिम्बू पनि खुशी छन् । उनी भन्छन् “यहाँका कृषकहरूलाई हौसला दिन, उन्नती र प्रगतीको लागि हामी सक्दो लागि परेका छौँ । हामी हाम्रो वडालाई केराबारी गाउँपालिकाकै कृषि क्षेत्रमा नमुनाका रूपमा विभिन्न कृषि पोकेटहरूको बिस्तार गर्दै विकास गर्ने उद्देश्य लिएका छौँ ।”

यसरी कृषिकर्म गर्नेहरूदेखी वडाका जिम्मेवार व्यक्तिहरू एवम वडासरकार पनि कृषिप्रति उत्तिकै उत्तरदायी बनेको कारण वडाअध्यक्ष लिम्बुले भने जस्तै केराबारीको पाटीगाउँ कृषिको निम्ति नमुनाका रूपमा स्थापित हुनेमा दुई मत हुनेछैन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...