सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कोर्समा बिमला तुम्खेवाका कविता - Naya Online

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कोर्समा बिमला तुम्खेवाका कविता

 

 

साउन १७, काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिमका विश्वविद्यालय अन्तर्गतका सोह्र कलेजहरुमा स्नातक तहको पहिलो वर्षको पाठ्यक्रममा समावेश भएको छ ।आफ्नो कविता पाठ्यक्रममा समावेश गरिएको जानकारी पाउँदा मन प्रफुल्ल भएको तुम्खेवाले सामाजिक संजालमा लेखेकी छन् ।

पिता खड्गबहादुर तुम्खेवा लिम्बू र माता सुकमाया साँवा लिम्बूको कोखबाट छथर गाउपालिका ५ नम्बर वडा साविक ओख्रे–१ तेह्रथुममा जन्मिएकी तुम्खेवाले १३÷१४ वर्षको उमेर हुँदादेखि नै कविता लेख्न सुरु गरेकी हुन् । २०५१ सालमा हवाइ पत्रिका मार्फत औपचारिक रुपमा कविता लेखन सुरु गरेकी तुम्खेवाको पहिलो कविता संग्रह “विमला तुम्खेवाका कविताहरु” २०५५ सालमा प्रकाशन भएको थियो । त्यसपछि “नदि, छाल र तरङ्गहरू” (कवितासंग्रह, २०६०) , “संस्मरण एउटा बुढो रुखका”े (कवितासंग्रह, २०६०) , “हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे” (कवितासंग्रह, २०७५) प्रकाशित छन् ।

विरगञ्ज साहित्य पुरस्कार (२०५९), नवरङ्ग साहित्य प्रतिष्ठान (२०६०), प्रतिभा पुरस्कार (२०७७) लगायतका पुरस्कार तथा सम्मान पाएकी तुम्खेवा कविता लेखनसँगै पत्रकारितामा उत्तिकै सक्रिय छिन् । सञ्चारिका समूहको महासचिव समेत बनेकी तुम्खेवाले पछिल्लो समय कथाहरु पनि लेख्दै आइरहेकी छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...