जनसांस्कृतिक महासंघ सचिवालय बैठकद्वारा विभिन्न महत्वपूर्ण निर्णय - Naya Online

जनसांस्कृतिक महासंघ सचिवालय बैठकद्वारा विभिन्न महत्वपूर्ण निर्णय

काठमाडौँ, १७ साउन । जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ । भौतिक उपस्थिति र जुमका माध्यमबाट समेत बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

महासंघका अध्यक्ष एवम् सचिवालय संयोजक खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले भदौ २५ गतेभित्र सबै प्रदेशमा प्रादेशिक कमिटी निर्माण गर्ने, प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले साउन ३० गते उपत्यका, ३१ गते बागमती प्रदेश र भदौ १९ गते गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बाँकी प्रदेशमा पनि शीघ्र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

महासंघका महासचिव प्रेमनाथ अधिकारीका अनुसार बैठकले पार्टीको संगठित सदस्यता नवीकरण कार्यलाई अगाडि बढाउने तथा नयाँ सदस्ताका लागि आवेदन लिने निर्णय गरेको बताए ।

अधिकारीका अनुसार यसका लागि सम्बधिन्त कमिटीहरूलाई परिपत्र गरिसकिएको छ । बैठकमा सातओटै प्रदेश संयोजकहरूले प्रादेशिक प्रतिवेदन पेस गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...