युमा साम्यो (धर्म) नै किन ? - Naya Online

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ

१. धर्म भनेको के हो ?
धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय र राष्ट्र अनुसार फरक–फरक भएपनि धर्म भन्नाले दैवीशक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरूसँग सम्बन्धित नैतिक आचरण, व्यावहार, मूल्य तथा मान्यता पर्दछन् ।

सामान्यतया, धर्म भन्नाले मानिसको दैवीक गुण (शक्ति) माथिको निष्ठा (विश्वास) र सो अनुरूपको आचरण(स्तुति) माली नहुनु भन्ने बुझिन्छ, जुन विश्वासले यो जगत र मानवजातिको उत्पतिसँग आदर्शात्मक रूपले सम्बन्ध राख्दछ । लिम्बूहरूले पनि हाम्रो परम्परागत जन्मदेखि मृत्युपर्यन्त गरिने सम्पूर्ण एकमुष्ट कार्यलार्ई साम्यो (धर्म) भन्नुपर्ने हुन्छ ।

कहिलेकाहीँ आस्था अथावा विश्वास जस्ता शब्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ । मानव संस्कृतिको विकास सँगै धर्मको अर्थ समाज र व्यक्तिअनुसार फरक–फरक पाइन्छ । अंगे्रजहरूले भन्ने गरेको च्भष्निष्यल शब्दको अर्थ मुक्ति, मोक्ष, त्याग र विश्वाससँग सम्बन्धित छ । क्रिष्चियन धर्मका मानिसहरू जिससले दिएको वचनअनुसार चलेमा मात्र संसारमा पापबाट मुक्त भइ मोक्ष प्राप्त गरी जीवन व्यतित गरेमा मुक्ति पाउन सकिन्छ भन्ने विश्वास लिएका हुन्छन् ।

नेपालमा नेपालीले बोलिएको धर्म शब्दको अर्थ कुनै व्यक्तिबाट प्रतिपादित नीतिनियमलार्ई धारण गर्नु हो । ८४ हजार ऋषिले बनाएको नीतिनियम हिन्दु धर्मको रूपमा विकास भयो । जो वेदहरूमा अध्ययन गर्न पाइन्छ । गौतम बुद्धबाट प्रतिपादित नीतिनियम धारण गर्नु बौद्ध धर्म हो ।

हामी याक्थुङ्बाले भन्दै आएको साम्यो कुनै पनि व्यक्तिबाट प्रतिपादन नभई हिजो हाम्रो पितापुर्खाले गर्दै ल्याएको मौलिकतामा आधारीत लोक परम्परा तथा सामुहिक अभ्यासको रूप हो । याक्थुङ जातिले जन्मपूर्वदेखि मृत्यु पर्यन्तसम्म गरिने संस्कारहरूको रूप नै साम्यो हो । जो याक्थुङ मुन्धुमले निर्देशित गरेको छ । यसरीे Religion, धर्म र साम्यो फरक हुन् ।

२. याक्थुङ भनेको के हो ?
संसारमा मानवशास्त्रीय अध्ययनमा मंगोलाईड, ककेसायड, नेग्रोइड गरी तीन किसिमका जाति पाइन्छ । याक्थुङहरू मंगोलाईड अन्तर्गत पर्दछन् । जाति पहिचानको हिसाबले याक्थुङ/याक्थुङबा हो । लिम्बुहरू आफूलार्र्ई याक्थुङ भन्न रुचाउछन् । याक्थुङ शब्द कसरी उत्पति भयो भन्ने विषयमा विभिन्न तर्कहरू पाइन्छन् । येत्हाङसा (आठ राजाका सन्तान) नै याक्थुङबा भए ।

याक्साओ केयुङबा (गोठमा बस्ने), याक्केक फुङजङओ केयुङबा (भिरपखेरामा बस्ने) याक्थुङबा, माङहाङसा (ईश्वर र मानवरूपी सन्तान) याक्थुङबा, यक्तुम्बा (ठाउँको जेठो मानव) याक्थुङबा आदि भनाइहरू पाइन्छन् । यिनै भनाइहरूबाट याक्थुङबा शब्दको व्युत्पति भएको पाइन्छ ।

त्यसकारण याक्थुङहरूले जसरी ढुङ्गामाटोसँग जोडिएर आएको इतिहास छ, त्यसरी नै यी ढुङ्गामाटो, वनजंगल, डाँडाकाँडा, भीर पखेरा, खोलानाला आदिसँग जोडिएर आएको पहिचान नै याक्थुङ हो । त्यसकारण जातीय हिसाबले याक्थुङको रूपमा विकसित पूर्ण जाति हो ।

३. किरात भनेको के हो ?
किरात इतिहास अध्ययन गर्दा आर्य जातिले अनार्यलार्ई किरात भनेको पाइन्छ । अनार्यको उत्पति तथा विकास एकै ठाउँमा भएका होइनन् । हाम्रो मुन्धुम अनुसार फक्ताङलुङ (कुम्भकर्ण), कन्चनजङगा हिमशिखरहरूको आधार शिविर मारुङतेम्वे पारुङतेम्वेमा मानव उत्पती भएको वर्णन छ ।

मुजिङना खेयङना हुँदै, सावा येत्हाङ हुँदै हालको याक्थुङ समुदाय निर्माण भएको कुरा हाम्रा तुत्तुतुम्याहाङ, फेदाङमा, येवा, साम्वाले आजसम्म वर्णन गर्दै, गाउँदै आइरहेका छन् । जब लिम्बु समुदाय (लिम्बुवान)मा अन्य समुदाय (रार्ई, तामाङ, गुरुङ….आदी)को आगमन भयो, त्यसपछि लिम्बु जातिलार्ई पनि किरात भन्न थालियो । र, लिम्बु आफैमा किरातको भ्रममा परेको मात्र हो ।

किरात शब्द आर्य समुदायले अनार्य समुदायलाई दिएको नाम हो । जस्तै, तिब्बतको भोटे र सुखिमका लेप्चा समुदयले लिम्बु समुदयलाई चोङ, आर्य समुदायले चितुवा आदी भन्ने गर्छन्।

लिम्बु समुदायले आर्य समुदायलाई पेनिबा, राई समुदायलाई सिङसेबा, शेर्पा समुदायलाई मुदेम्बा, आदि भनिन्छ । पेनिबा, सिङसेबा, मुदेम्बाको पनि लिम्बु भाषामा आफनै अर्थ तथा परिभाषा छ । उनिहरू हामी पेनिबा, सिङसेबा, मुदेम्बा हौं भनेर कहिल्यै गर्व गर्दैनन् । र, आफनो पहिचान पनि बनाउदैन् ।

परापूर्व कालदेखि आर्य समुदायले दक्षिण एसिया क्षेत्रका असभ्य, सिकारी, सुंगुर पालीखाने, चिम्से समुदायलाई किरात भन्दै आएका थिए । हामी आफैलाई किरात हौं भन्ने थाहा थिएन । अहिले आएर लिम्बु समुदायमा किरातको भुत सल्बलाएको छ ।

४. लिम्बु भनेको के हो ?
आफूलार्ई याक्थुङ भन्न रुचाउने लिम्बु जातिलाई फरक–फरक समुदायले फरक–फरक नामले सम्बोधन गरे पनि लिम्बु शब्द नेपालको शाहवंश राज्यले दिएको जातीय नाम हो ।

इतिहासविद इमानसिंह चेम्जोङका अनुसार धनुकाँणको सहयाताले आठ किराती राजाहरूलाई विजय गरेको हुँदा (लि–धनु, आबु–हान्नु–वान) बाट लिम्बुवान भएको र लिम्बुवान वासिलाई लिम्बु सम्बोधन गरे भनेका छन् ।

मुन्धुमविद् अर्जुनबावु माबुहाङले मुन्धुमको लिलिम शब्दबाट लिम्बु भएको भनी जिकीर गरेका छन् । यसरी लि+आबु र लिलिम शब्दबाट लिम्बु नभएर लुङबोङबा शब्दबाट लिम्बु भएको हुनसक्छ । किनभने लिम्बुले आफूलार्ई लुङबोङबा खाम्बोङबा भन्ने गर्छन् । लुङबोङ बाखाम्बोङबा भन्नाले यहि जमिन वा माटोमा उत्पति भएको आदिमवासी तथा मूलवासी भन्ने हुन्छ ।

राज्यले याक्थुङ समुदायलाई लिम्बु र उनिहरू बसोबास गर्ने क्षेत्रलाई लिम्बुवान भने । त्यसैले लिम्बु शब्द राजनीतिसँग जोडिन्छ । लिम्बुहरू आफूलार्ई याक्थुङ भन्न रुचाए पनि लिम्बु थर स्विकारेका छन् ।

५. सुब्बा (सुभा) भनेको के हो ?
बर्मेली भाषाको शोब्बा शब्दबाट सुब्बा भएको हो । शोब्बा शब्दको अर्थ प्रमुख वा राजा हुन्छ । सुब्बा शब्दबाट नै शुभा, सभाङगी पनि भएको हो । भारतका मुगल वादशाहले प्रान्तप्रमुखलाई सुब्बा भन्थे । सुब्बा शब्दलाई केही बिद्धानहरूले जिल्ला प्रशासनको रूपमा उल्लेख गरी राजश्व संकलन गर्ने अधिकारी भनेका छन् ।

भारतमा मुगल साम्राज्यको प्रभाव फैलिएपछि मुगन बादशाहले पुराना विजित राज्यलाई प्रान्तको रूपमा यथावत राखि प्रशासनिक एकाइ कायम गरेका थिए । त्यस्ता प्रान्तको प्रमुखलाई सुब्बा भनिन्थ्यो । यसैको अनुसरण गरी सेनवंशी राजाहरूले लिम्बुहरूलाई सुब्बा भन्थे ।

हेमिल्टनको अनुसार राजस्व संकलन, न्याय सम्पादन, शान्ति सुरक्षा, प्रशाशक, केन्द्रीय कार्यालय वा जिल्ला कार्यालयमा सुब्बा हुन्थे । यो सम्मानित पद पछि लिम्बहरूलाई दिन थालियो ।

लिम्बुहरूलाई सरकारी जागिरेको रूपमा नभइ विशेष अधिकारको रूपमा किपटको साथ जग्गाको तिरो उठाउने, वनजंगलको हेरचाह, विकास निर्माण र शान्ति सुरक्षा कायम गर्ने गराउने, सरकारको प्रतिनिधीको रूपमा सुब्बा राखिन्थ्यो । यस अधिकारलाई व्यवस्थित गर्न पछि लालमोहर, रुक्का, सरकारी आदेशहरू दिइन्थ्यो । वास्तवमा यसरी सरकारबाट अधिकार प्राप्त गरेका लिम्बुहरूलाई मात्र सुब्बा भनिन्थ्यो । यो पद पुस्तैनी हुन्थ्यो ।

सुब्बापछि उनकै जेठो सन्तानले सुब्बा वा सुभाङगी पद प्राप्त गर्दथे । उसको क्षेत्राधिकारलाई सुभाङगी भनिन्थ्यो । लिम्बुवानको किपट भूमिको निश्चत भु–भागमा परम्परादेखि उपभोग गर्दै आएको किपट भूमिको रेखदेख, हेरचाह, नियन्त्रण र प्रशासन गर्न लालमोहर, रुक्का, सरकारी आदेशबाट अधिकार प्राप्त लिम्बुहरूलाई सुब्बा, जिम्मावाल, तालुक्दार भनिन्थ्यो ।

६. युमा भनेको के हो ?
हाम्रा मान्छेहरू युमामाङ, युमा साम्माङ र युमा सामबारे भ्रम परेका छन्् । याक्थुङ मुन्धुमलार्ई अध्ययन गर्दा युमामाङ भनेको सर्वोच्च माङ नै तागेरा निङवाफुमाङ युमामाङ हुन् । समस्त ब्रम्हाण्ड सृष्टिकर्ता, सर्वाेच्च आत्मा, जगत, जननी तागेरा निङवाफुमाङ नै युमामाङ हुन् । याक्थुङहरूको विश्वासमा पोरोक्मी यम्भामी माङलार्ई सृष्टिकर्ता मानिन्छ ।

पोरोक्मी यम्भामी माङले सृष्टि गर्दै जाँदा जहाँ अप्ठ्यारो र गाह्रो भएपछि तागेरा निङ्वाफुमाङ कहाँ सल्लाह लिन जाँदा तागेरा निङवाफुमाङ अ युमाको रूपमा रही पोरोक्मी यम्भामी माङलार्ई “ए चिनु आमेन्छाए” भनेर भन्दछ । त्यहीबाट तागेरा निङवाफुमाङ आफू युमामाङको रूपमा भएको मुन्धुमहरूले प्रष्ट पार्दछ ।

युमाका उपासक तथा युमाको निर्देशित मुन्धुमलार्ई अंगिकार गर्ने सबै याक्थुङहरू जन्मदै युमाधर्मी हुन् । युमामाङलार्ई सबै याक्थुङबाले दियो कलस राखेर हेना गरिन्छ भने युमा साम्माङ भनेको युमामाङकै दोस्रो स्वरूप हो । उनी मानवीय आवश्यकता अनुसार दर्शन तथा निर्देशन दिन्छन् । युमा साम्माङसँग धेरै सेनमेन (च्याङ)हरू हुन्छन् । साम्माङ गर्दा युमा साम्माङमार्फत उनीहरूलार्ई भोग दिनु पर्ने हुन्छ । युमा साम्माङलार्ई फेदाङमाहरू मार्फत साङभे बनाएर खमा गरिन्छ ।

युमा साम भनेको युमा माङको उपासक हुन् । युमा माङको साम व्यक्तिका आत्मामा प्रवेश गरेपछि उनलाई युमाको उपासकको रूपमा मानिन्छ । युमा सामले युमामाङको थान बनाएर युमा हेना गर्ने गछन् । उनीहरूले फलफूलबाट मात्र युमालार्ई दर्शन तथा आराधना गछन् । युमा सामहरू जेठी, माइली, साइली लगायत थुप्रै प्रकारका हुन्छन् ।

७. युमा साम्यो (धर्म) भनेको के हो ?
कुनै निश्चित जाति, समुदायहरूको साझा मनोविज्ञानमा निहित भई परम्परादेखि चलिआएका संस्कार, संस्कृतिको साहुहिक रूप नै धर्मका रूपमा विकास भएको पाइन्छ । यसको विकास समय, सन्दर्भले निर्माण गर्दै सापेक्षतामा रही निरन्तर रूपमा समाज, समुदायको साझा हितमा विकसित हुँदै आएको हो ।

त्यसरी याक्थुङ समुदायमा युमामाङको साझा मनोवैज्ञानिक रूपमा अत्यन्तै उच्च महिमा रहेको छ । युमालार्ई नमान्ने याक्थुङ हुनै सक्दैन् । याक्थुङहरूको हरेक क्रियाकलपाहरूमा युमा पहिलो स्थानमा रहन्छ । याक्थुङ समुदायमा माङ, साम्माङ र सामको रूपमा अस्तित्व पाइन्छ । याक्थुङ जातिको हरेक जीवन पद्धति, सांस्कृतिक शैलीहरू प्रकृतिसँग घनिष्टता छ ।

प्रकृतिलार्ई पुज्ने, मान्ने भएकोले ती सवैको धनी, रक्षाकर्ता युमामाङ हुन् । युमामाङले नै सबै सजिव, निर्जिव, आकाश धर्तिको रक्षा गर्दछन् भन्ने याक्थुङ समुदायले साझा रूपमा विश्वास गर्दछ । मानवजाति अप्ठ्यारो, आपत् विपत् पर्दा युमामाङलार्ई नै पुकार र सम्झना गर्दछ । युमा कसैको कुलमा उत्रेकी कुनै थरगत, वंशागत परिवारले मानमनितो दिई अस्तित्वमा आएको माङ होइनन् । मानवजातिलार्ई कल्याण गर्न अर्ति उपदेश दिन, अनुशासनमा राख्न, तागेरा निङवाफुमाङ युमाको रूपमा धर्तिमा अवतरण हुने विश्वास गरिन्छ ।

हरेक याक्थुङहरूले युमालार्ई मुख्यमाङको रूपमा विश्वास गर्दछन् । याक्थुङ थातथलोमा मानव कल्याणका निम्ति सबैतिर प्रकट भई शुभलाभ, सुस्वास्थ्य, प्रगति, उन्नति, आर्शिवाद दिँदै डुलिहिडेको मुन्धुममा पाइन्छ । युमाले तान बुन्ने सीप, खेतीपाती गर्ने ज्ञान दिएको भनी विश्वास गरिन्छ ।

युमा माङ पाँचथरको यासक, फेदापको थाक्चोगे, धनकुटाको थाक्केलुङ, ताप्लेजुङको यक्चेयक, ताङगेलुङ आदि ठाउँहरूमा साक्षात प्रकट भएको भनी जनश्रुतिहरू जिउँदो रूपमा पाइन्छ ।

अहिले पनि विशेषगरी याक्थुङ समुदायमा उचित व्यक्तिहरूलार्ई युमामाङ व्यक्तिको देहमा प्रवेश गर्ने र उसलार्ई उपासक र साधकको रूपमा छान्दछ । युमाधर्म हाललाई जातीय धर्मको रूपमा लिन सकिन्छ ।

यस धर्ममा याक्थुङ मुन्धुम दर्शन अनुसार पितापुर्खाले गरी ल्याएको जन्मपूर्वदेखि मृत्यु पर्यन्तसम्मको संस्कारहरू गरिन्छ । जब याक्थुङ मुन्धुमबाट निर्देशित संस्कारहरूबाट प्रभावित भई अन्य जातीय समुदायले स्विकार गरी अंगाल्न थाल्छन् त्यसपछि युमा धर्म पनि शुद्ध धर्म हुन जान्छ ।

८. युमा साम्यो (धर्म)मा के दर्शन छ ?
मुन्धुम श्रुती परम्परामा प्रचलित लिम्बूू जातिको धर्मशास्त्र हो । मुन्धुम धार्मिक दर्शन हो । मुन्धुम मिथक वा आख्यान भएपनि यो लिम्बूू जातिको आदिम ज्ञान हो । आध्यात्म विद्या र आचार शास्त्र एवं सौन्दर्य शास्त्र पनि हो ।

मुन्धुममा नै जीवन दर्शन, पृथ्वी, अन्तरिक्ष, हावापानी, पशुपंक्षी, मानव सृष्टिका अवधारणाहरू पाइन्छन् । त्यसैले आदि–अनादि कालदेखि प्रकृति र पितृहरूलार्ई पुज्दै आएका छन् । लिम्बूू जातिको जन्मदेखि मृत्यूपर्यन्त गर्नुपर्ने अनुष्ठान र संस्कारहरू मुन्धुम अनुसार गरिन्छ । त्यसैले मुन्धुमलार्ई जीवन दर्शनका नीतिनियमका रूपमा पनि बुझ्न सकिन्छ ।

याक्थुङ सभ्यताको सुरुवातदेखि आजसम्म चरणबद्ध प्रकृतिसँगको यथार्थ र काल्पनिक भोगाइहरू व्याख्या र विश्लेषणहरूको समष्टिगत रूप नै मुन्धुम हो । मुन्धुम जनश्रुति, मिथक र लोककथाहरूमा प्रतिविम्वित छन् । मुन्धुमलार्ई समाजभित्र रहनुभएका तुतुतुम्याहाङ, फेजिकुम फेदाङमा, सावारा येत्छाम, साम्बा र सिभाकयामी, येबा र येमाहरूले गाउँदै वाचन गर्दै र नाच्दै आउनुभएको छ ।

देवत्व आङमा चढ्नु वा देवत्वले अभिशक्त भएका फेदाङमा, साम्बा र येबा येमाले मात्र कण्ठस्थ पारी गाउने मुन्धुम धार्मिक विश्वासको विद्युतलहरले तरङ्गित मन्त्रमुग्ध शब्दहरू नै मुन्धुम हुन् ।

जीवन र जगतलार्ई आस्थागत र भौतिक तवरले बुझ्ने र परिभाषित गर्ने माध्यम नै दर्शन हो । कुनै पनि मानव वंशसँग सम्बन्धित कथा (मिथक, जनश्रुति, अनुश्रुति) प्रतीक, परम्परा र पवित्र इतिहासले त्यो वंशको दार्शनिक पक्षको वकालत गर्छ किनभने दर्शनले जीवनको अर्थ बोकेको हुन्छ ।

दर्शनले नैतिकता, आचरण वा धार्मिक नीतिहरू मार्फत यो जगत र जीवनशैलीको व्याख्या गरेको हुन्छ । याक्थुङ पुर्खाहरूले आफ्नो वंश परिवारमा आइपर्ने अस्वस्थता, दुर्घटना, प्राकृतिक प्रकोपको कारण जान्न र यस्ता समस्याबाट बच्न गरेको उपायहरू जुन आत्मवादी, वंशवादी, पितृ पुकारवादी, धामी झाँक्रीवादी धारणाहरू नै मुन्धुमवादी दर्शन भन्नु पर्दछ (मावुहाङ, २०६९, पृ. ३०) ।

लिम्बूू जातिको मुन्धुममा पनि विश्व दृष्टिकोण भेटिन्छ । संसार के हो ? यसको उत्पत्ति कसरी भयो ? जीवनको सृजना कसरी भयो र कसरी चल्छ ? वास्तवमा लिम्बूूहरूले पनि जीवन र जगतका बारेमा साँचो कुरा बुझ्न खोजेको देखिन्छ । लिम्बूू जातिको मुन्धुम मिथकीय छ । मुन्धुमका पात्रहरूले आफ्नो जीवन जिउने भोगाइका क्रममा सही दृष्टिकोण निर्माण गर्न खोजेको देखिन्छ । ज्ञान, तत्व र ईश्वरले प्रकृतिलार्ई मानेको देखिन्छ । यसपछि प्रकृतिमाउपस्थितपितृका आत्मा(साम)लार्ई मानेको देखिन्छ ।

यस्ता आत्माहरूको सजीव निर्जीव सबै प्राकृतिक वस्तुहरू हुन, जस्तो ढुङ्गा, माटो, आगो, रुख, खोला, पानी सबैको सास हुन्छ । त्यस्ता पितृका आत्माहरूको पुकार गरेर मात्र आफ्नो कुलवंशको संरक्षण हुने र प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास लिम्बूू जातिमा पाइन्छ ।

लिम्बूूहरूले वास्तवमा यस्ता प्रकृति आगो, ढुङ्गा, रुख, खोलालार्ई आफ्ना पितृहरूको आत्माको प्रतीक मानेको देखिन्छ । यसकारण यस्ता ढुङ्गा, माटो, आगो, रुख, खोला, पानीसँग नै पितृको आत्माबाट सृजित अलौकिक शक्तिको स्वामित्व हुन्छ र त्यस्ता प्रकृतिले नैतिक व्यवहारको समेत रखवाला गर्ने लिम्बूू जातिमा विश्वास छ ।

९. याक्थुङ लिम्बुहरू कसरी धार्मिक अन्यौलतामा परे ?
सभ्य र सुसंस्कृत समुदायको धर्म, संस्कारसंस्कृति अनुकरण गर्दा आफू पनि सभ्य र सुसंस्कृत हुने मान्याताका कारण हाम्रो समुदायका केहि मानिसहरू क्रमिक रूपमा धार्मिक विचलनमा पर्न गए ।

गोर्खाली शाह वंशीय हिन्दु शासकहरूले याक्थुङ समुदायमा विभिन्न पक्षको माध्यमबाट हिन्दु धर्म लादेको देखिन्छ । गोर्खाली राजा पृथ्वीनारायण शाहले याक्थुङ लाजे लिम्बुवानमाथि आक्रमण गरी युद्ध गर्न नसक्दा सम्झौताको नाममा विभिन्न जालझेल र षडयन्त्रबाट याक्थुङ लाजे लिम्बुवानलाई नेपाल राज्यमा विलय गराए ।

नेपाल राज्य एकीकरणको नाममा विभिन्न कोणहरूबाट याक्थुङ समुदायको धर्म, संस्कार सस्कृतिमाथि अतिक्रमण गर्ने कार्यहरू भए । याक्थुङ समुदायमा हिन्दु चाडपर्वहरू जवरजस्ती लादियो । दशैं चाडको माध्यमबाट याक्थुङ समुदायमा हिन्दु धर्म लादेको अवशेषहरू अझै देख्न पाइन्छ । लिम्बु समुदायमा सुभाङगी प्रथा लागु गरी सुब्बाहरूमार्फत लिम्बुहरूलाई अनिवार्य दशैं मान्न लगाइयो । सुब्बाले अनिवार्य मौलो पुजा गर्नु पथ्र्यो ।

मौलो पुजा गरेर मार हानी उक्त मार हानेको जनावारको रगतको पन्जा छाप दैलोको दाँयाबाँया लगाउनु पथ्र्यो । नत्र, उक्त सुब्बाले कारावाही भोग्नु पथ्र्यो । दशैं सकिएपछि जय गोर्खानाथ भन्दै जोगीको भेषमा शाह वंशीय सरकारको जासुसहरू सुब्बाको घर–घरमा आउथे । पुलिसहरूले समेत अनुगमन गर्थे ।

याक्थुङ समुदायको परम्परागत धर्म, संस्कार संस्कृति नष्ट गर्न फुटाउ र शासन गर भन्ने रणनीति अपनाएर याक्थुङ समुदायलाई विभिन्न लोभ लालच देखाइ नीति र सामरीतिमा विभाजन गरे । आफ्नो परम्परागत धर्म, संस्कार, संस्कृति मान्ने वा नछोड्ने याक्थुङ लिम्बुहरू नीतिवाला भए भने आफ्नो मौलिक परम्परागत धर्म संस्कार संस्कृति त्यागेर हिन्दु मत धारणा गर्ने याक्थुङ लिम्बुहरू सामरीति भए ।

सामरीतिमा नलाग्ने याक्थुङ लिम्बुहरूले नीतिकर वापत् पचास पैसा कर लगाइयो । यही करको बोझले धेरै नीतिवाला याक्थुङ लिम्बुहरू सामरीति भए । धेरै याक्थुङ लिम्बुहरू सिक्किम, दार्जिलिङ भारततिर पलायन भए ।

हिन्दुकरणको अर्को उदाहरण गोर्खा भर्ति केन्द्र पनि हो । गोर्खा पल्टनमा हिन्दु पुरोहितको दरबन्दी राखियो । बेलायत तथा भारतको गोर्खा पल्टनमा हिन्दु पुरोहित मार्फत पाठपूजा गराउने, दशैंको टिका लगाउने, मार हान्न लगाउने गर्दछन् । गोर्खा पल्टनमा पनि शिवरात्री, कृष्ण जन्माष्टमी हिन्दु मन्दिरमा मनाउने गर्दछन् । त्यसको प्रभाव तत्कालिन पल्टनमा रहेको लिम्बु परिवारमा पर्यो ।

त्यसको अनुसरण नेपाल आएपछि सन्तान दरसन्तानमाथि हस्तान्तरण हुँदै गएको देखिन्छ । वि.स. २०२० सालको नयाँ मूलुकी ऐन तथा पन्चायती संविधान २०१९ ले पनि झनै हिन्दुकरणलाई प्रश्रय दियो । राज्यको सबै संरचनाबाट हिन्दुकरणलाई प्रचारप्रसार गरियो ।

पन्चायतकालको जनगणनाहरूमा सबैलाई हिन्दु लेख्न लगाइयो । नेपाल अधिराज्यको संविधान २०४७ मा हिन्दु अधिराज्य घोषणा गरियो । यसरी राज्य शक्तिको दवाबका कारण पनि बाध्य भएर हिन्दु मत धारण गर्नुपर्ने अवस्था थियो । लिम्बुहरू हिन्दु धर्मको प्रभावमा पर्नुको कारण हिन्दु धर्म धेरै लचिलो भई सबैलाई ग्रहण गरी आफू अनुकुल व्याख्या गर्नु पनि हो ।

जस्तै हिन्दु धर्मले गौतम बुद्धलाई विष्णुको दशौं अवतारको रूपमा लिएको छ भने महागुरु फाल्गुनन्दलाई पनि हिन्दु धर्मको महागुरुको रूपमा लिएर हिन्दु धर्म जागरणको अभियानमा फाल्गुनन्दको तस्बिरलाई व्यानरको रूपमा प्रयोग गरेको छ ।

नेपालको १६औं राष्ट्रिय विभूति समाजसुधारक महागुरु फल्गुनन्द लिङ्देन (इ.सं. १८८८–४८) ले युमा साम्यो अन्तर्गतको याक्थुङ मुन्धुमका केही कुराहरू थपघट गरी सात्वीक तरिकाले धार्मिक अनुष्ठान र कर्मकाण्डहरू गर्ने भनी सत्यहाङ्मा पन्थको थालनी भयो ।

विशेषगरी लिम्बूले संस्कार, संस्कृतिमा बढी खर्च गरेर आफ्नो जमिन गुमाइरहेको लिम्बूहरूलार्ई सचेत गराउनका लागि वि.सं. १९८८ मा पाँचथरको चोकमागु स्थित लब्रेकुटीमा दश लिम्बू सत्र थुमका लिम्बूहरूलार्ई भेला गरार्ई सत्यधर्म मुचुल्का गराएका थिए । उक्त मुचुल्काका अनुयायीहरूलार्ई सत्यहाङ्मा भनियो । तत्कालिन समयमा नेपालमा हिन्दु धर्म तथा राणा शासनको जगजगी थियो ।

राणा तथा राज्य सत्ताबाट बचेर आफ्नो समुदायलाई उकास्न महागुरु फल्गुनन्द लिङ्देन वाध्यतावस हिन्दुकृत भएको हुन सक्छ । नेपालमा प्रजातन्त्र हुँदै धर्म निरपेक्ष घोषणा भएपछि पनि हिन्दु धर्मको केहि संस्कार सस्कृतिलाई अनुसरण गरी हिन्दु पुरोहित झैं शङख फुक्ने, डमरु बजाउने, एकतारे बजाउने, यज्ञ बस्ने, होम लगाउने आदी गर्दछन् । किरात (सत्यहाङमा) धर्मको संस्कार र लिम्बूको मौलिक संस्कारमा फरकपना देखिएपछि पुनः लिम्बूहरू धर्मको विषयमा अन्योलमा परे ।

आफ्नो मौलिक धर्म संस्कार सस्कृतिमा भएका नराम्रो पक्षलाई हटाएर होइन, समय, काल र परीस्थिती अनुसार मौलिकता नमर्ने गरी सुधार गरेर राम्रो र सभ्य किसिमको कर्मकाण्ड बनाउनु पर्नेमा, हिन्दु धार्मिक सम्प्रदायको कारणले याक्थुङ मुन्धुम तथा मौलिक संस्कार सस्कृतिलाई बंगाएर हिन्दुकरण बनाएको पाइन्छ । सत्यहाङ्माहरूकै बलमा वि.सं. २०४८ को जनगणनामा लिम्बूले धर्मको महलमा किरात लेख्न शुरु गरे ।

वि.सं. २०५८ सालको नेपालको जनगणना ताका किरात याक्थुङ चुम्लुङको नेतृत्वमा सम्पूर्ण लिम्बूहरूलार्ई धर्मको महलमा किरात धर्म लेख्न लगाइयो । किरात याक्थुङ चुम्लुङले घोषणा गरेको किरात धर्म अन्तर्गत परापूर्वकालदेखि याक्थुङ पूर्खाहरूले गर्दै आएका मुन्धुमद्वारा निर्देशित येवा साम्वा, फेदाङमा तथा तुम्याहाङद्वारा गरिने, जन्मपूर्वदेखि मृत्यु पर्यन्तसम्मको संस्कार संस्कृति नै हो ।

सत्यहाङमा (किरात) र चुम्लुङ (किरात) धर्मको संस्कार संस्कृति र विधिविधान नमिलेपछि याक्थुङ समुदाय अझ अन्यौलमा परेका हुन् ।

किरात याक्थुङ चुम्लुङको आयोजनामा प्रथम अन्तराष्ट्रिय लिम्बू सम्मेलन (२०७१ वैशाख ११–१३) धरान लिम्बुवानले “परापूर्वकालदेखि मानिआएको धर्मलार्ई आफ्नो सन्दर्भअनुसार अलग–अलग नामाकरण गरिएको भएतापनि सबै धर्महरू याक्थुङ मुन्धुममा नै आधारित भएकाले सबै धर्महरू एकै हुन्” भन्ने समान बुझाई सबैको रहेको विश्वास घोषणा पत्रमा उल्लेख गरे पनि वि.सं. २०७५ साल फागुन २९ र ३० गते धनकुटाको राजारानीमा भएको किरात याक्थुङ चुम्लुङको २२औं राष्ट्रिय चुम्लुङ बैठकले “मुन्धुममा वर्णित मुन्धुमिय आधारमा कर्मकाण्डीय अनुष्ठानहरूका साथ फेदाङमा, येवा, साम्वा येमा, यूमा र सेवासावा आदिले गर्दै/गराउँदै आएको कार्य नैे किरात धर्म हो ।”

उक्त राजारानीको घोषणापत्रमा सत्यहाङमा (किरात) धर्मको सेवासाबालाई पनि समेटी आगामी राष्ट्रिय जनगणना २०७८ मा किरात याक्थुङ चुम्लुङले लिम्बु समुदायलाई धर्मको महलमा किरात लेख्न र लेखाउन आब्हान गरेकोले याक्थुङ लिम्बु समुदायमाझ नै अन्यौलता छाएको छ ।

लिम्बु बिद्यार्थीहरूको हकहित तथा लिम्बु भाषा साहित्य, संस्कार संस्कृतिको संरक्षण सम्वर्दन गर्नको लागि वि.सं. २०५५ चैत्र ६ गते त्रिभुवन विश्वविद्यालय किर्तिपूरमा लिम्बु बिद्यार्थी मन्च स्थापना भयो । स्थापनाकालदेखि हालसम्म मन्चको महाधिवेसन तथा कार्यक्रमहरूमा लिम्बु जातिको धर्म सम्बन्धि कहीँ पनि वहस तथा छलफल चलाएको देखिएन ।

हाल लिम्बु समुदायमा लिम्बु जातिको मौलिक संस्कार, संस्कृति संरक्षण गर्न युमा साम्यो महासभा स्थापना भएपछि धर्मको वहस चरम रूपमा चलिरहेको बेला लिम्बु बिद्यार्थी मन्च केन्द्रिय समिति र जिल्ला समितिहरूबाट आगामी २०७८ को राष्ट्रिय जनगणनामा लिम्बु जातिले धर्मको महलमा किरात लेखौं र लेखाऔं भनी विभिन्न कार्यक्रम तथा ब्रसरद्धारा अपिल गरेका छन् । यस कार्यले पनि लिम्बु समुदायलाई थप अन्यौल बनाएको देखिन्छ ।

१० युमा साम्यो (धर्म) नै किन ?
युमा साम्योकोे दर्शन अनुसार परापूर्वकालदेखि याक्थुङ पूर्खाहरूले गर्दै आएका मुन्धुमद्वारा निर्देशित जन्मपूर्र्व देखि मृत्यु पर्यन्तसम्मको संस्कार संस्कृतिहरू गरिदै आएको छ । यी संस्कार संस्कृति तुम्याहाङ, येवा, साम्वा, तथा फेदाङमाद्वारा गरिन्छ ।

युमा साम्यो लिम्बूले आदी अनादीकालदेखि मान्दै आएको जातीय धर्म हो, जुन कुरा उवाहाङ, मावोहाङ, सिरीजङगा, इमानसिं लगायत केही विदेशी लेखकहरूको पुस्तकहरूमा अध्ययन गर्न सकिन्छ ।

हाल याक्थुङ लोक परम्परा र संस्कार संस्कृतिमा आक्रमण तथा विकृति आएकोले यसलार्ई संस्थागत र व्यावस्थित गर्नको लागि युमा साम्यो (धर्म) माचुम्लुङ (महासभा) पूनः स्थापना गरिएको हो । यो धर्म कुनै व्यक्तिले प्रतिवादन गरेको सिद्धान्तमा आधारित छैन ।

यी संस्कारहरू याक्थुङ समुदायमा तुम्याहाङ, येबा/येमा, साम्बा र फेदाङमा अनिवार्य हो । यिनीहरू बिनाको याक्थुङ समुदाय परिकल्पना पनि गर्न सकिन्न । यिनीहरूको आ–आफ्नै कार्यहरू हुन्छन् ।

तुम्याहाङको कार्यहरूः येबा/येमा, साम्बा र फेदाङमालाई निर्देश गर्ने, तुमदुमतथालाम्लो फुदोङ हेःनामःमा गर्ने, सादाप्लाईाङदाप्लाएप्मा, मिक्किफुङ्वाकाम्मा, मे?लुङ फुसिङमा, याःराक्मा, केःलाङमा, नाजोङ, खेम्जोङ, चम्याङ, तङयाङ फोङमा, चुम्लुङ पक्वा केप्मा, खासेन खालोन सेम्मा, चि?लि नारा फोङमा, याःथरे येम्मा, याःथरे अःम्मा, खाम इङ्मा, सामलक्मा, सामफाङमा, युम्सानाक्मा, साङ साङ खाउमा, मिक्वा साङ्मा, साक्मुरा खेङ्गावादेम्मा आदी कार्यहरू ।

येबा/येमाको कार्यहरूः नाहङमा, पिच्चम्मा, आप्लुङ मियङ सिरे, फकफकमुया सिरे, यघेक लेङ्मा, खोङसिङ लेचे एप्मा, मिक्वा साङ्मा, तिङदिङ नाहेन साक्मा, मुधुङ चे?या हेल्लाक्मामुक्कुम सेमि सेप्मा, खाप्पुरा थाप्पुरा सुगुत/इधुकलुुङ सामसोघा सेप्मा, लाङधोक केम्मा, लेच्छाम फुङसामतङअम्मा/नियारा तङफलक, इङलाखाँचो, हाजेक खक्माफिम्मा, थकथाम्मा, सगिम सोमा/नासो थप्पन, लाभाकएक्मा, चेङलुङ काङलुङ इङ्मा, का?इ सोधोक, फुङ्सो तेसिङमा, माङलाङ चेप्मातिम्सिङमा, साङ्भे लिन्छिङमा आदि कार्यहरू ।

साम्बाको कार्यहरूः तङसिङ,सप्माकुमाङ कुमोक्मा, नावाचइत (तुङगुन वरक, पोक्ला लुङ्ला, इक्साखाम्मेक, थाम सिङ्ला, थोक्पु कुम, चिक्वानाक्वा), मेन्छाम याप्मि, सावा येहाङ सेःमा, साम सामा, मिक्वा साङमा, फुङनावा साम्लो, तङसिङ तक्मा, तङसिङ सेम्मा, इघेच्छिङमा/मुरूम इना सेम्मा, नेत्ति फुङवाचाङमा, खाम सेम्मा, प?लुङ लेप्मा, थाक्पे तोम्मा, वरक खेङमा, सेभाक्कुम सेम्मा, चो?लुङ चाङमा, लाहिनामहिइङमा, सामलिङमा, सिलाम साक्मा, फुङ्सो तेसिङमा, माङलाङ चेप्मा/तिम्सिङमा/साङ्भे लिन्छिङमा, सामलिङमा, सामसामा, मिक्वा साङमा, आदिकार्यहरू ।

फेदाङमाको कार्यहरूः साप्पोक चोमेन, माङगेना, यक्वा, चासोक, फाक्सोत, माङगेना, साप्पोक चोमेन, याङ्दाङ फोङमा, नाहाङमा, पिच्चम्मा, अक्वामा, मिक्किफुङवाकाम्मा, तेन्धाम मेखिमकाम्मा, थक्ले साम्माङ (युमा, थेबा, काप्पोबा, सा?यामा, पिच्चम्मा, नाहङमा, दुङदुङे, फाक्मुरा, असेक, सवा, मिखो, केजामा/पयङलुङमा, चाङवारा, सिङलामा, मुदेम्बा, सिङ, मिफ्रामा, साम्भयाक्पा, लुम्मायेप्पा/थेमाङ, साम्मिना, वगोङ्मा/च्वाख्खो) कुइकुदाप (मिक्ताप्सो ताम्भुङना, मिसेक्पा, थुङदाङमा, सिरिङवा, तक्सङबा, सेङ्गामा, वरक्मा, पिप्पोरि खन्जमा, काङलुङ सेभामाङ, तुप्पुवामा) फुङ्सोत तेसिङमा, आदि कार्यहरू ।

मुन्धुममा बर्णित माङहरूः मुन्धुममा सयौं माङहरू आउछन् । सबै माङको आ–आफ्नै काम, कर्तव्य हुन्थ्यो । मुख्यगरी तागेरा निङवाफुमाङ र पोरोक्मी यम्भामी माङ हुन् । तागेरा निङवाफुमाङ/युमामाङ भनेको सर्वोच्च माङ साम्माङहरूको पनि माङ हुन् ।

समस्त ब्रम्हाण्ड सृष्टिकर्ता, सर्वाेच्च आत्मा, जगत जननी तागेरा निङवाफुमाङ नै युमामाङ हुन् । पोरोक्मी यम्भामी माङलार्ई सृष्टिकर्ता मानिन्छ । तागेरा निङ्वाफुमाङको निर्देशनमा पोरोक्मी यम्भामीमाङले ब्रम्हाण्डको सृष्टि गर्छ । तागेरा निङवाफुमाङलाई युमामाङको रूपमा सबै लिम्बुको घरघरमा सुख शान्ति तथा मानव कल्याणको लागि दियो कलससँग हेना गरिन्छ । अन्य माङहरूलाई हेना गरिदैन ।

याक्थुङ अनुष्ठान तथाहिम साम्माङहरूः याक्थुङ समुदायले अन्य समुदाय भन्दा फरक अनुष्ठानहरू गर्ने गछन् । यी अनुष्ठानहरू हाम्रा पुर्खाहरूले गर्दै, थाम्दै आएका छन् । यी संस्कारहरू लिम्बु समुदायको लागि अनिवार्य जस्तै हो । यी संस्कारहरुको कुनै तिथिमिति छैन ।

आफ्नै अनुकुल समयमा गरिन्छ । यी संस्कारहरु साप्पोक चोमेन, याङ्दाङ फोङमा, माङगेना, फुङवाचाङमा, तङसिङ, याक्वा, चासोक, फाक्सोत, नाहाङमा, लाम्भोबा, पिच्चम्मा, अक्वामा, तेन्धाम मेखिमकाम्मा, मिक्किफुङवा काम्मा, माङहुक साक्मुरा वादेम्मा, नाहेन मिक्सो, आदी हुन् ।

कुदाप साम्माङहरूः कुदाप साम्माङहरू पनि लिम्बु सकुदायको लागि अनिवार्य जस्तै हो । कुदाप साम्माङलाई वन देवता तथा जंगली भनिन्छ । यी साम्माङहरूले दुख दिने काम गछन् । यी साम्माङहरू समयकाल र परिस्थितिअनुसार गर्नु पर्दछ ।

यी साम्माङहरूः मक्ताप्सो, ताम्भुङना, सिरिङमा, तेन्छामा, खन्जमा, वजमा, आप्चरा–पक्चाना, मिसेक, थुङदाङमा, सिरिङमा, तक्सङबा, सेङ्गामा, वरक्मा, पिप्पोरि, काङलुङ, सेभामाङ, तुप्पुवामा आदी हुन् ।

थक्ले साम्माङः लिम्बू जातिमा आमाको देवी–देवताहरू छोरीले लगेर जाने वा छोरीकोमा सर्ने चलन छ । महिला वा श्रीमतीले ल्याएको साम्माङहरू पुरुषले मान्नुपर्ने हुन्छ । आफ्नो आमाले मानी ल्याएको साम्माङ छोरीले लानैपर्ने हुन्छ ।

नलगे वा बिर्से फेदाङमा येवा साम्बाहरूले खालोन (पत्ता लगाई) गर्ने गराउने गर्छन् । यो साम्माङहरू रिसाएमा दुःख दिने, हानी पुर्याउने स्वास्थ्यमा समस्या ल्याउने व्यावहार बिग्रने, आदि हुन्छ भने खुसी भएमा सुखी, आनन्द, लाभ, सोचेको कुरा पूरा हुने आदि जनविश्वास छ । सबै लिम्बूहरूले आ–आफ्नो पूर्खाबाट सरी आएका साम्माङमात्र गर्ने चलन छ ।

मया, थेबा, काप्पोबा, सा?यामा, पिच्चम्मा, दुङदुङे, फाक्मुरा, असेक, सबा, मिखो, केजामा/पयङलुङमा, चाङवारा, सिङलामा, मुदेम्बा, सिङ, मिफ्रामा, साम्भयाक्पा, लुम्मायेप्पा/थेमाङ, साम्मिना, वगोङ्मा/च्वाख्खो, थुङधाङवा सेत्लिङ, पाङग्रीमा आदी हुन्।

जन्म संस्कारः जन्म संस्कार अन्तर्गत विशेष गरी साप्पोक चोमेन र याङदाङ फोङमा पर्दछन् ।
साप्पोक चोमेनलार्ई साम्लामा पनि भनिन्छ  । जसको अर्थ मानवरूपी विकास हुनको लागि पेटमा गर्भ रहेको बच्चाको सातो हाल्ने हो । लिम्बूू जातिमा प्रचलित पूजाहरू अन्तर्गत साप्पोक चोमेन एक महत्त्वपूर्ण र अनिवार्य संस्कार हो ।

लिम्बूू जातिको प्रत्येक संस्कारसँग मुन्धुम जोडिएको हुन्छ । यो संस्कार थालनी मुन्धुममा वर्णन भएअनुसार आपचरा पकचनाको चेली गर्भवती हुन्छिन् । उसले फूल मन पराउँछिन् सेगेक सिरीङमा भीरमा फुलेको फूल टिपेर ल्याइदिन आफ्नो माइती आप्चारा पक्चानालार्ई अनुरोध गर्छिन् र सो फूल टिप्न जाँदा लडेर मर्छ । र चेलीले माइतीलार्ई गर्भवती महिलाको रक्षाको लागि देवताको रूपमा आउनु है भन्छ । यसरी फूल खोज्न जाँदा माइती लडेर मर्यो ।

भीरमा लडेर सेहेँ बनिएर गाउँको गर्भवती महिलाहरूलार्ई दुःख दिएको कारणले साप्पोक चोमेन गर्नुपर्छ । गर्भवती महिलाहरू अकालमा मृत्यु हुन नपरोस्, निर्विघ्न जायजन्म होस् गर्भको रक्षाहोस् भनी माङ सम्माङलार्ई पुकार्दै साप्पोक चोमेन गर्नुपर्दछ । आमाको पेटमा बच्चा चल्न थालेपछि अनुकूल समय मिलार्ई साप्पोक चोमेन (गर्भरक्षा पूजा) गर्नुृपर्छ ।

साप्पोक चोमेन गरेपछि निर्विघ्न प्रसुतिमात्र होइन गर्भपात, प्रसुतिकालमा आमा तथा शिशुलार्ई मृत्युबाट बचाउन सकिन्छ भन्ने जनविश्वास गरिन्छ । यो पूजाको अनुष्ठान गर्न उचित समय भने जन्मपूर्व नवौं महिनाभित्र नै हो । कुनै विशेष कारणले यस अवधिभित्र अनुष्ठान सम्पन्न गर्न नसकेमा नानी जन्मिसकेपछि पनि गर्ने चलन छ ।

यो पूजा गर्दा पहिले युमा साम्माङ, थेबा साम्माङदेखि कुई–कुदाप, वजङमा, आप्चारा पक्चना, केम्बा साम्बाङ, सिरिङमा, तक्सङबा, तेन्छामा र खन्जमाहिम छाम्बाङ, वागोङमा आदिको मुन्धुम गाउनु पर्छ । यो पूजा घाम अस्ताइसकेपछि साँझमा गर्ने गरिन्छ । यो पूजा गर्दा लिम्बूू मुन्धुमी शब्दमा फेदाङमाले फलाक्ने गर्दछ । विशेष गरी गर्भ रहेको ६ महिनादेखि ९ महिनाभित्रमा बच्चा र आमाको सु–स्वास्थ्य र मच्चाको सकुशलजन्मको कामना गर्दै सम्पन्न गरिन्छ ।

याङदाङ फोङमा लिम्बूू जातिको प्रचलित जन्म संस्कार मध्ये याङदाङ फोङ्मा(न्वारान) एक महत्त्वपूर्ण संस्कार हो । लिम्बूू समुदायमा छोरीको तीनदिन र छोराको चार दिनमा याङदाङ फोङमा गर्ने चलन छ । तागेरा निङवाफुमाङले प्रथम मानव मुजिङना खेयङना बनाए । मुजिङना खेयङना महिना र वर्ष हुँदै किशोरी भइन् । जवानीको तिर्खा मेट्न भौंतारिइन् ।

जवानी साथी नभेटेपछि रुखमा चढेर टाङ फारेर सुसेली खेल्दै उभिइन् । हावाको माध्यमबाट मुजिङना खेयङना गर्भवती भइन् । पाँचौ महिनामा गर्भको बच्चा चल्मलाउन थाल्यो । उनी आश्चर्यचकित भई तागेरा निङवाफुमाङलार्ई सोधपुछ गर्न पुगिन् । तागेरा निङवाफुमाङले हावाको माध्यमबाट गर्भ बसेको जानकारी गराईन् । प्रसुति हुने विधि र सुत्केरी अवस्थाको प्रसव वेदना कम गर्न कोदोको जाँड बनाउन र सेवन गर्न समेत सिकाइदिए ।

तागेरा निङवाफुमाङको अर्ती उपदेश अनुसार मुजिङना खेयङनाले मल्ढ्याङ्ग्राको लहरामा झुण्डिएर बच्चा जन्माइन् । उक्त बच्चालार्ई बाउ बिनाको हावाबतासको बच्चा (साम्मेत केजङसा) सुसुवेङ लालाङवेङ नामाकरण गरिन्  । उक्त बच्चा दिनदिनै कमजोर भई सुक्दै गयो । त्यसैले मुजिङना खेयङना पुनः सोधखोज गर्न तागेरा निङवाफुृमाङ समक्ष गइन् ।

तागेरा निङवाफुमाङको आज्ञा अनुसार लाईक्सो माङलार्ई बाँसको चोयाको कोक्रो बुन्न लगाई चाजिना केयङना पातको ओछ्यान बिछ्याउन लगाई फेजिकुम फेदाङमालार्ई मान मनितो राखी पाठपूजा गर्न लगाइन् । तत्पश्चात सुसुवेङ लालाङवेङ (साम्मेत केजङसा)को शरीर क्रमशः मुजिङना खेयङनाको हत्केलाले ढाक्ने, काख ढाक्नेगरी जिउडाल बढ्दै गयो ।

मुजिङना खेयङनाले बच्चालार्ई कोक्रोमा लगाएर गीत गाउँदै कोक्रोमा हल्लाउन थालेपछि सुसुवेङ लालावेङ शारीरिक र मानसिक विकास हुँदै गयो । यसरी साम्जिक मुन्धुममा वर्णित घटनालार्ई आधार मानी आज उप्रान्त याक्थुङवा लिम्बूूहरूले याङदाङ फोङमा संस्कार गर्दै आएका छन्। माङगेना लिम्बूू समाजमा परम्परागत रूपमा चल्दै आएको संस्कारहरू मध्ये एक हो । व्यक्ति विशेषको ग्रहजप वा शान्ति स्वस्तिका लागि वा शीर उठाउन गरिने अनुष्ठान हो ।

माङगेना गर्नुको उद्देश्य हाम्रो पिता पूर्खाहरूसँग बल शक्ति माग्ने हो । यो अनुष्ठानमा चेलीको गर्ने हो भने माइती अनिवार्य चाहिन्छ र माइतीको हो भने चेली अनिवार्य चाहिन्छ । यसरी चेली र माइतीको सम्बन्धलार्ई प्रगाढ मनाउने एउटा माध्यम पनि हो । हाल आएर यति मौलिक तथा वैज्ञानिक संस्कारलार्ई मिर्सिएर भाइटीकामा रमाउन थालेका छन् ।

प्रकृति पुजक तथा पितृपूजक लिम्बूूहरूले मुन्धुम संस्कार विधिद्वारा शीर उठाउने गरिन्छ । यो विधिविशेष गरेर युन्छो (साँझ)देखि तान्छो (बिहान)को समयमा घरभित्र सम्पन्न गर्ने गर्दछन् । माङ्गेनाको थालनीबारे मुन्धुममा वर्णित कुरा यहाँ चर्चा गरिएको छ ।

तागेरा निङवाफुमाङको निर्देशनमा पोरोक्मी यम्भामी माङले मानव बनाउने क्रममा सुन, चाँदी, हिरामोती जस्ता महुमूल्य धातुहरूले बनाउदा नबनेको तर मालिङगोको खरानी, टोड्काको पानी मिलाएर बनाउँदा मात्र मानिसको मुर्ति बन्यो । त्यसैले अहिले पनि लिम्बूूहरूले काठबाट बनाइएका बटुको (माङ्गेना खोरेत)मा पानी राखेर माङ्गेना गर्ने गर्दछन् ।

यो मुर्ति बोलाउँदा बोल्यो तर त्यो पनि खोर्सानीको बोटमा झटारो हान्ने, उन्यूको बोटमात्र चढ्न सक्ने, बाख्राको बड्कौलामा भारी बिसाउने मानव बन्यो । तागेरा निङ्वाफुमाङ्लार्ई चित्त बुझेन । त्यो मानिसलार्ई धर्तीभित्र भासिने गरी फ्याँकिदियो । फेरि उनले डाँफे, मुनाल पंक्षीका विष्टालार्ई शीत र वर्षाको पानीमा मुछेर मानव बनाए  । बोलाउँदा बोल्यो  । जीवन्त भयो ।

तागेरानिङ्वाफुमाङ्ले रिसाउँदै हिरामोति बहुमूल्य वस्तुको अमर मानिस बनाउँदा नबोल्ने बाटो र पंक्षीका विष्टाले बनाउँदा बोल्ने, थुइक्क भनी थुक्दा सृष्टिको त्यो प्रथम मनुष्यको शीर ढल्यो  । अनुहार झुकायो  । पुनः तागेरानिङ्वाफुमाङले माङ्गेना गरी शीर उठाइदिए  । यही मुन्धुम अनुसार याक्थुङमाहरूले माङ्गेना गर्ने चलन सुरुवात गरेको मानिन्छ ।

सृष्टिको पहिलो मनुष्यलार्ई भुतप्रेतहरूले मार्न लाग्दा तागेरा निङवाफुमाङले कुखुराको रूप धारण गरी ती दुष्ट आत्मादेखि ती मनुष्यलार्ई बचाए । उसमेलादेखि माङगेना (शीर उठाउने अनुष्ठान) गर्दा लिम्बूू सबाजेमा कुखुराको प्रयोग गर्दै आएको पाइन्छ ।

माङगेनाको विधिविधान र उद्देश्य एउटै भएपनि लिम्बूवानका लिम्बूूहरूले गर्ने माङगेनाका अनुष्ठानमा प्रयोग गरिने सामाग्रीहरूमा केही भिन्नता पाइन्छ । मानवीय गरिमा (Humdn Dignity), आत्मसम्मान (Respect) मान्छे भित्र भएको भावना, रहर, विश्वास र चाहनालार्ई सधैँ उच्च बनाइ राख्नु वा शीर ठाडो बनाइराख्नु नै यो अनुष्ठानको उद्देश्य हो ।

माङगेना अनुष्ठान मार्फत मानवीय गरिमा वा उच्च आत्मा सम्मान प्राप्त होस् भन्ने कामना गरिन्छ ।

लुङधुङ माङगेना र सिमेरिङ माङगेना गरी माङगेना दुई किसिमको हुन्छ । लुङधुङ माङगेना भनेको आफ्नो वंशको उत्पति ठाउँ हो । लुङधुङ माङगेनालार्ई माङगेना यक पनि भनिन्छ । हरेक लिम्बूू वंशहरूको आ–आफ्नै माङगेना यक हुन्छ । माङगेना यक भन्नाले कुनै पनि लिम्बूू वंशको पुर्खाले कुनै एक निश्चित ठाउँमा पहिलो पटक किल्ला गाडी बसोबास गरेको ठाउँ हो ।

अथवा आफ्नो वंशको पुर्खाले जीवन निर्वाहका लागि बसोबास गरेको ठाउँलार्ई माङगेना यक भनिन्छ  । माङगेना मुन्धुममा विशेष गरेर पुर्खाहरूले कुनै एक निश्चित ठाउँमा पहिलो पटक किल्ला गाढी बसोबास गरेको ठाउँ हो । अथवा आफ्नो वंशका पुर्खाले जीवन निर्वाहका लागि बसोबास गरेको ठाउँलार्ई माङगेना यक भनिन्छ ।

माङ्गेना मुन्धुममा विशेष गरेर पुर्खाहरूले हालको बसोबास स्थलसम्म कुन बाटो भएर आइपुगेको थिए भन्ने विस्तृत वर्णन गरेको पाइन्छ ।

सिमेरिङ माङगेना विशेष गरी सु–स्वास्थ्य, दीर्घायु, सुरक्षा र सफलताका लागि गर्ने गरिन्छ । कुनै कार्य थालनी गर्नुपूर्व सो कार्य सफलताका लागि माङगेना गरिन्छ र कुनै पनि कार्य असफल भए यस्तो असफलता फेरि नदोहोरियोस् भनी शीर उठाउनका लागि पनि माङगेना गरिन्छ ।

माङगेना गर्दा चेली र माइती दुवै हुनुपर्छ । विशेष कारणवश चेली वा माइतीमध्ये कुनै एक नभए अथवा चेली र माइतीमध्ये कुनै एकको मात्र माङगेना गर्नु परे जो अनुपस्थित छ उसको माङगेना गर्ने फेदाङमा मार्फत मुन्धुमले मात्र पूरा गर्ने गर्दछ ।

माइतीको माङगेना गर्दा चेलीसँग स्वस्थ्य, दीर्घायु र सफलताको वरदान माग्दै आफ्नो माङगेना गरिन्छ भने चेलीको माङगेना गर्दा माइतीसँग सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताको वरदान माग्दै माङगेना गरिन्छ ।

चेली र माइतीबिच एक–अर्कामा हरेक समय भलो चिताउनु, सम्मान गर्नु र संरक्षण गर्नुका लागि माङगेना गर्ने गरिन्छ । चेलीमाइती एउटै ओछ्यानमा बस्नुहुँदैन र एउटै थालमा सुँगुरको मासु पनि खानु हुँदैन ।

विवाह संस्कारः लिम्बूू जातिमा विवाहलार्ई विशेष गरी तेन्धाम/वयागेन मेखिम (मागी/वैधानिक विवाह), ताप्खो/च्वाफुङ मेखिम (अपहरित/बैना लगाई गरिने विवाह) र लाछिङमा(जारी विवाह) गरी तीनप्रकारको थिए । हाल आएर प्रेमविवाह, कानुनी विवाह आदि पनि गर्ने गर्दछन् ।

यी जुनसुकै विवाह गरे पनि लिम्बूू जातिले १० लिम्बूवान १७थुमको रीतिथितिअनुसार गर्नुपर्छ । विवाहमा हरेक मुख्य कार्यको थालनीमा जोर बन्दुक पड्काइन्छ । यो कार्य विवाह कुन चरणमा पुगेको हो भनी सूचकको कार्य गर्दछ ।

विवाह गर्दाको विभिन्न चरणका रीतहरूमा यानथोक नाक्मा/डेरा नाक्पा (मास माग्ने), पान्जाङमा/पान्दाप्मा (कुरा चलाउने), पेको सामा, सेप्माङ तङवा, माजामा याङ (आमा समान), नियाजा याङ (फुपूलार्ई सम्मान), सुभाचा/तुम्याङचा याङ (सुब्बा/तुम्याहाङ सम्मान), सेवा याङ (ढोगाउनी रकम), युङसिङमा याङ (बसाउनी), फोङसिङमा याङ (उठाउनी), चाङलेक्मा याङ (लुगा फेराउनी रकम), सङाबाफुदोङ (माइतीलार्ई सम्मान), लाङफेवाजिमफुदोङ याङ (लोकन्दीको खुट्टाखिपाइ रकम), हाप्चोक्या (रुञ्चे फिला), क्वाचा (मामालार्ई दिने सम्मान), योवाचा/पाथुङ् येक्मा (मामलार्ई दिने सम्मान), युमा/थेवाचा (बाजे–बोजूलार्ई सम्मान), पान सुप्मा (बिन्तीमिसाउने) रहेका छन् जुन आज सम्मै १० लिम्बूवान १७ थुमका प्रचिलत हुन् ।

मे?लुङ फुसिङ्माः मे?लुङ फुसिङमालाई साइमुन्द्री पनि भनिन्छ । सा?ई मुन्दुरी हुँदै हाल साइमुन्द्री भन्ने चलन आएको छ । सा?ई मुन्दुरीको अर्थ विवाह गरी गएकी चेलीबेटीले आज उप्रान्त मेरा छोराछोरीहरू मेरो श्रीमान्कै वंश हुनेछन् भन्ने हो ।

प्राज्ञ वैरागी काइँलाका अनुसार सा?ई+मुन्देआङ+ते?रे को अपभ्रंश भएर बनेको शब्द हो । यसको अर्थ वंशबाट छुटाएर लैजाओ अर्थात बिहादान गरेको छोरीचेलीलार्ई माइतीको वंशबाट कुटुम्ब वंशमा मिलाएर लैजाओ भनेको हो । मेल्लुङ फुसिङमा संस्कारको सुरुबाट कसरी र कहिलेबाट भयो भन्ने कुरा मुन्धुममा नभेटे पनि यो अनिवार्य संस्कार हो ।

माइतीले चेलीलार्ई आधिकारिक रूपमा ज्वाइँलार्ई विश्वास गरी जिम्मा लगाउनु हो । त्यसैगरी मेलुङ फुसिङमालार्ई मेत् लुङ फुमाहुँदै मेलुङ फुसिङमा भन्ने चलन छ । मेत् लुङ फुमाको अर्थ आजबाट पूर्ण रूपमा मेरी श्रीमती हो वा माईतबाट पूर्ण रूपमा विदाइ गरिएको मानिन्छ । मेल्लुङ फुसिङमा लिम्बूू जातिले गर्नैपर्ने एक संस्कार हो ।

सा?ईमुन्द्री रीत बुझाएको छैन भने विवाहले वैधानिकता पाउँदैन । लिम्बूू जातिमा छोरी चेलीहरू विवाह गरी ज्वाइँको घरमा गएपनि मेल्लुङ फुसिङमा संस्कार नगरेसम्म परिवारकै सदस्यको रूपमा रहन्छन्। आपत् विपत् परेको अवस्थादेखि प्रसुति समेत माइतमा गर्ने चलन छ ।

छोरीचेलीहरू समय–समयमा माइतमा आइरहनुपर्छ । माइती पक्षबाट पनि बोलाईरहनुपर्छ । यदि मेल्लुङफुसिङमा नगरी नै चेलीको मृत्यु भएमा माइतीपक्षलार्ई जुठो पर्छ र काजक्रिया गर्नुपर्ने र उनीबाट जन्मेका भाञ्जा–भाञ्जी भएमा माइतीकै वंशमा समेटिन्थे भने ज्वाइँपक्षले पनि आफ्नो बालबच्चाहरू आफ्नै वंशमा पार्न पञ्चभलाद्मी राखेर अन्तिम दाहसंस्कार अघि दुइरूपेले मेल्लुङ छिनउने रीत पनि थियो ।

यो रीत वर्तमानमा पनि यदाकदा देखिन्छ । विशेष गरी मेलुङफुसिङ्मा भन्नाले छोरीले माइतबाट आफ्नो घरतिर क्रिया सार्ने संस्कार हो । यति नै बेलाआमाको साम्माङहरू पनि सार्नुपर्ने हुन्छ । लिम्बूू जातिमा महिला वा चेलीहरूको उच्च सम्मान हुन्छ । जबसम्म ज्वाइँसँग गरिखान वा जीवन बिताउ सक्छु भन्ने आँट वा विश्वास रहँदैन तबसम्म माइतीले मेल्लुङ फुसिङमा गरिदिँदैन ।

मेल्लुङ फुसिङमा गर्दा आमाको साम्माङ लगायत दैनिक जीवनमा प्रयोग हुने सरसामग्री दिई उनको घरसम्म माइती पक्षले पुर्याइदिने चलन छ । यस रीतमा डेरा नाक्पा, पानदाप्मा, सुभाचा, चारपासिङ, सेवाममा आदि चाहिन्छ ।

नाजोङ/खेम्जोङः लिम्बूू समुदायमा विवाहपछि श्रीमान् श्रीमतीको व्यवहार, जीवनशैली नमिलेमा वा श्रीमान् वा श्रीमती चरित्रहिन भएमा पारपाचुके गर्न पाइन्छ । त्यसरी पारपाचुके गर्नलार्ई लिम्बूू संस्कारमा नाजोङ–खेम्जोङ भनिन्छ । श्रीमतीले श्रीमान्सँग पारपाचुके गर्नलार्ई नाजोङ भनिन्छ भने श्रीमान्ले श्रीमतीसँग पारपाचुके गर्नुलार्ई खेम्जोङ भनिन्छ । यो संस्कार लिम्बूू समुदायमा प्रसस्तै पाइन्थ्यो ।

पङयाङ/तङयाङः लिम्बूू समुदायको विवाहमा विवाहलार्ई आर्थिक रूपमा सफल पार्नका लागि आफ्नो आफन्त तथा कुलकुटुम्मद्वारा प्रदान गरिएको रूपैयाँ वा रकमलार्ई पङयाङ भनिन्छ । लिम्बूू जातिको विवाहमा पङयाङ अनिवार्य जस्तै हो । त्यसैगरी मर्खी वा शुद्ध्याइँ कार्य सम्पन्न गर्नको लागि दाजुभाइ तथा कुलकुटुम्मद्वारा प्रदान गरिएको रूपैयालार्ई तङयाङ भनिन्छ । यो पनि लिम्बूू जातिको अनिवार्य संस्कार हो ।

लामा याङ फोःङ्माः लिम्बूू गाउँघरमा आजसम्म पनि जारी उठाउन जाँदा झगडा भएको कुरा बुढापाकाहरू गर्छन् । आफ्नो श्रीमती पोइल लाने लोग्ने मान्छेलार्ई जार भनिन्थ्यो । जारबाट पहिलेको लोग्नेलार्ई तुम्याङले जारी उठाइदिन्थे । यस्तो अवस्थामा पहिले विवाहमा पहिलेको लोग्नेले ससुरालीमा तिरेको सुनौली र रूपौलीको आधारलार्ई मानेर तुम्याङले जारी उठाइदिन्थे । लिम्बूू भाषामा सौतालार्ई लामा र जारलाई लाबा भन्छन् ।

पेकोसामाः याक्थुङ महिलाहरू जवान तथा मेन्छ्या पुगेपछि आफनो घरमा कसैलाई नभनी कुटुम्म केटासँग विवाह गर्नका लागि भाग्न अगाडी आफू कुटुम्बको घर गएको भनी सांकेतिक रूपमा दुइटा सिन्का घरको डेलिमा गाडेर जाने संस्कारलाई पेकोसामा भनिन्छ । छोरी वा चेली बेलुका अबेरसम्म घर नआए डेलिमा सिन्का हेर्ने चलन छ । डेलिमा दुई ओटा सिन्का राखेको वा गाडेको छ भने कुटुम्बकोे घर गएको भनी बुझ्नुपर्छ ।

योकथोक्वाः छोरीचेली घरबाट बिहेको लागि कुटुम्ब केटासँग भागेर गएपछि कुटुम्ब आफैले जानकारी गराउनुपर्ने हन्छ । यदी हप्तादिन सम्म पनि कुटुम्बले जानकारी गराएनन् भने खोजी गरेर जिम्मा लगाउनुलाई योकथोक्वा भनिन्छ । योकथोक्वा गर्न आउने पाहुनालाई फुदोङ तथा साःसे?मा गर्नुपर्ने हुन्छ ।

मृत्यु संस्कारः उहिले खाप्पुनामा मेल्लङहाङमाको मृत्यु पश्चात सदगत विधिअनुसार भएन । मृत्युपछि उसलार्ई आफन्त, माइती वा दाजुभाइले डाँडामाथि ओढारमा त्यसै फ्याँकेर छोडिदिएकाले उनको आत्माले मुक्ति नपाइकन प्रेत योनिमा गयो ।

आफ्ना माइती र तिनका सन्ततिका माया र सांसारिक माया–मोह त्याग्न नसकेकाले आधा रातमा प्रकट भई सारा बारी खनिदिन्थी । दिनमा सबै मेलापात गएकाबेला भात–तिहुन पकाइदिन्थी । घर बडार–कुडार गरिराख्थी । माइतीमा तुम्म्याङ र तेनतुम्याङहरू यी सबै देखेर के भएको हो ?भन्ने जान्नलार्ई आतुर भएकोबेला एउटा हाङयाम सिङ रुखमा बास बस्ने तोरोना चरा र एउटा खुक्वा (कोइली)ले तिनलार्ई, “तिम्री चेलीमध्ये रातमा चेधापसँगै आएर बारी खनिदिन्छे र भाले बास्ने बेला भएपछि अलप हुन्छे ।

तिमीहरू मेलापतमा गएका बेला खान पकाइदिन्छे, घर बडार–कुडार गरिदिन्छे” भने । एकदिन उनीहरूले चेली(खाप्पुनामा)लार्ई झुक्याएर समाते । “हे दाजुहरू हो, म त अब मरिसकेकी प्रेतात्मा हुँ । जीवित मनुष्यसँग कुनै सम्बन्ध मेरो छैन र हुँदैन पनि अब के गर्नु ? तर, तिमीहरूको माया–मोहले तानेर तिमीहरूलार्ई सहयोग गर्न मन लाग्छ र यो संसारमा ल्याइहाल्छ ।

मलार्ई नसमात छाडिदेऊ । ठूलो पाप र अधर्मको जन्म हुनेछ । मलार्ई जान देऊ” भनी प्रेतात्माले भनी । “हामी पनि तिम्रो मायाले ज्यादै दुःखी भएका छौं । अब त कहिले पनि छोड्ने छैनौ”भन्दै तेन्तुम्याङ र पातुम्याङले झन् जोडबल गरी पक्रिरहे । त्यसपछि आफन्त माइती वा दाजुभाइले मृत्युपछि उसलार्ई डाँडामाथि ओढारमा फ्याँकेर छोडिदिएकाले उचित मृत्यु संस्कार नपाउँदा सांसारिक मोह बन्धनबाट मुक्त हुन नसकेर प्रेत योनिमा जानुपरेको आख्यान खाप्पनामा मेल्लङहाङमाले वर्णन गरी ।

मानव जातिलार्ई खेमा(प्रेत) चोलाबाट मुक्ति दिनका लागि उचित मृत्यु संस्कार गर्नु भनेर उसैले विभिन्न विधिहरू बताइन् (काइँला, वि.सं., २०७१, प्राक्कथन) । यही खाप्पुनामा मेल्लङहाङमाको प्रेतात्माले बताएअनुसार सद्गत या मृत्यु संस्कार गरी उनलार्ई मुक्ति दिलाए । सोहीअनुसार नै आजसम्म याक्थुङबा लिम्बूहरूले गरिल्याएका छन् । मृत्यु संस्कारमा शव गाड्नेदेखि सुरु भई तङसिङमा सम्पन्न हुन्छ जुन तल चर्चा गरिएको छ ।

मृत्यको किसिमः लिम्बू जातिमा मृत्युलार्ई उमेर र घटना अनुसार विविध नामाकरण गरिए पनि प्रायः दुई किसिमले मृत्यु हुने गर्दछ । एउटा कालगतिले अर्काे अकालमा । लिम्बू समाजमा कालगतिले मरेको मृतृकको हंश वा आत्मा र अकालमा मर्ने व्यक्तिको हंश वा आत्मा अलग–अलग मानिन्छ ।

कालगतिले मर्नेहरूको हंश मृत्यु अगावै शरीरबाट बाहिर निस्कन्छ भन्ने विश्वास छ र यस्ता हंशलार्ई सिसाम भनिन्छ । कालगतिले मर्नेहरूको लाशलार्ई सदगत गर्नु अघि पशु पन्छीले छोएमा तिनको हंश(आत्मा) लेत्छाम् फुङसाम (सेहे वावायु) हुन्छ । उमेर नपुग्दै कल्कलाउँदो बैंशमा मर्नु पनि अकालमा मर्नु मानिन्छ ।

दाउरा घाँस खोज्न वनजंगल जाँदा रुखबाट लडेर, भीर पहराबाट खसेर, जङ्घार तर्दा खोलानालाले बगाएर वा शिकारमा जाँदा बाघ भालुकै आक्रमणमा परी मृत्यु भएमापनि सेहेँ र वायु अथवा प्रेतात्मा भई जन्म लिन्छ । त्यसरी नै नानी पाउन नसकी मर्ने स्त्रीबाट सुगुप तथा गर्भमै मरेको शिशु वा दूधे बालकमै मरे ससिक हुन्छ । लिम्बू जातिमा प्रेत वा सेहेँ उत्पन्न भएका यस्ता अनेक कथा पाइन्छन् । यस्तै अस्वाभाविक र असमयमा भएको मृत्यु र त्यस्ता मृत्यु हुनेहरूको मृत्यु संस्कार नहुँदा पनि मृतकको आत्माले मुक्ति नपाएर भौतारिरहनु पर्छ भन्ने लिम्बू लोकविश्वास छ (काइला, वि.सं. २०५२ः प्राक्कथन) ।

त्यसैले अकालमा मृत्यु हुनेको मृत्यु संस्कार गरिँदैन, सोही दिन नै येवावा येमा ल्याएर डाँडामा लगेर घोप्टो पारेर गाडिन्छ वा जलाईन्छ । सबै विधि त्यसै दिनमा सम्पन्न भएको मानिन्छ । यसरी अकालमा, रोगी–विमारी भएर या कालगतिले मर्नेहरूको दाहसंस्कार फरक–फरक तरिकाले गर्ने गरिन्छ ।

जवानीमै मृत्यु भएमा त्यसलार्ई तअम्बा/ताम्भक्ल भनिन्छ । त्यस्तै उमेर अनुसार (दाँत उम्रन बाँकी, दाँत उम्रेपछि र तीनवर्ष माथिका) मानिसहरूको मृत्यु भएमा पनि फरक–फरक तरिकाले दाहसंस्कार गर्ने गरिन्छ ।

११. युमा साम्यो (धर्म) र किरात धर्ममा के फरक छ ?
हरेक याक्थुङहरूले युमालार्ई मुख्य माङको रूपमा विश्वास गर्दछन् । याक्थुङहरूले आफूलाई युमाकै सन्तान ठान्दछन् । याक्थुङ थातथलोमा मानव कल्याणका निम्ति सबैतिर प्रकट भई शुभलाभ, सुस्वास्थ्य, प्रगति, उन्नति, आर्शिवाद दिँदै डुलिहिडेको मुन्धुममा पाइन्छ । युमाले तान बुन्ने सीप, खेतीपाती गर्ने ज्ञान दिएको भनी विश्वास गरिन्छ ।

युमा माङ पाँचथरको यासक, फेदापको थाक्चोके, धनकुटाको थाक्केलुङ, ताप्लेजुङको यक्चेयक, ताङगेलुङ आदि ठाउँहरूमा साक्षत प्रकट भएको भनी जनश्रुतिहरू जिउँदो रूपमा पाइन्छ । अहिले पनि विशेषगरी याक्थुङ समाजमा उचित व्यक्तिहरूलार्ई युमा माङ व्यक्तिको देहमा प्रवेश गर्ने र उसलार्ई उपासक र साधकको रूपमा छान्दछ भनी हालमा पनि धेरै व्यक्तिहरू युमासामको रूपमा पाइन्छन् । यसरी युमामाङसँग याक्थुङहरूको प्रत्यक्ष अप्रत्यक्ष, लौकिक अलौकिक रूपमा नजिक सम्बन्ध रहेको छ ।

युमा साम्यो दर्शन लिम्बूले आदी अनादी कालदेखि उवाहाङ, मावोहाङ, सिरीजङगा र इमानसिंह मान्दै आएको जातीय धर्म हो । यसमा लोक परम्परा, सामुहिक अभ्यास र संस्कार संस्कृतिमा आधारीत हुन्छ ।

याक्थुङ लोक परम्परा र संस्कार संस्कृतिलार्ई संस्थागत र व्यावस्थित गर्नको लागि युमा धर्म पूनः स्थापना गरिएको हो । यो धर्म कुनै व्यक्तिले प्रतिवादन गरेको सिद्धान्तमा आधारीत छैन । मुन्धुमदर्शनमा आधारीत भएकोले पेगीफाङसामहरू यसका उपकारी हुन् ।

किरात धर्म एक शुद्ध धर्म भएकोले सबै जातजातिलाई समेटन खोजिएको छ । यो धर्म कुनै एक जात, वा समुदाय विशेषमा मात्र आधारित छैन । सबै जातजातिलार्ई समेटिनका लागि बनिएको यो धर्ममा याक्थुङ मुन्धुमदर्शन र मौलिक संस्कार संस्कृतिलाई जोड्न सकिदैन ।

त्यसैले यस धर्ममा याक्थुङ मौलिक संस्कार संस्कृतिको संरक्षण हुँदैन । गुरु प्रथम आधारित भएकोले सेवासावामार्फत संस्कार गराउछन् । मुन्धुम, दर्शन, संस्कार संस्कृति र कानुनी दस्तावेजको हिसाबले किरात धर्म शुद्ध धर्म हो । यसमा याक्थुङ मुन्धुम, दर्शन, मौलिक संस्कार संस्कृति पाइदैन ।

किरात धर्म फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ मा समाज सुर्धानको लागि सत्य धर्म मुचुल्का गरार्ई सत्यहाङको विकास गराए । उक्त मुचुल्काका अनुनायीहरूलार्ई सत्यहाङमा भनिन्छ । महागुरु फाल्गुनन्द लिङदेनले प्रतिपादन गरेको दर्शन तथा निर्देशनलाई याक्थुङ इतरका अन्य जातजाति तथा समुदायले पनि अंगालेकोे वा स्विकार गरेको कारणले किरात धर्म शुद्ध धर्म हो ।

यस धर्ममा नियम तथा प्रकृया पुरा गरी प्रवेश गराईन्छ । युमा धर्म हाललाई जातीय धर्मको रूपमा लिन सकिन्छ । यस धर्ममा याक्थुङ मुन्धुम दर्शन अनुसार पितापुर्खाले गरी ल्याएको जन्मपूर्वदेखि मृत्युपर्यन्त सम्मको संस्कारहरु गरिन्छ । जव याक्थुङ मुन्धुमबाट निर्देशित संस्कारहरुबाट प्रभावित भइ अन्य जातीय समुदायले स्विकार गरी अंगाल्न थाल्छन् त्यसपछि युमा धर्म पनि शुद्ध धर्म हुन जान्छ ।

वि.सं. २०५५ सालताका त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अध्ययनरत लिम्बु बिद्यार्थीहरूद्धरा लिम्बु भाषा, लिपी, साहित्य, परम्परा तथा संस्कार संस्कृति संरक्षण गर्नको लागि स्थापना भएको लिम्बु बिद्यार्थी मन्चले लिम्बुवान आन्दोलन, भाषिक आन्दोलनको अभियानले लिम्बु र लिम्बुवानको लागि छुट्टै इतिहास कायम गरेको थियो ।

पछिल्लो समय लिम्बु समुदयमा धर्मको बहस चरम बिन्दुमा चलिरहदा लिम्बु बिद्यार्थी मन्चको महाधिवेशनले धर्मको वहस तथा निर्णय नै नगरी नेपालको राष्ट्रिय जनगणना २०७८ मा धर्मको महल अन्तर्गत किरात लेख्न र लेखाउन मन्चको केन्द्रीय समितिले आधिकारीक धारणा सहित लिम्बु समुदायलाई अपिल ग¥यो ।

१२. लिम्बु किरात होइनन् भन्ने आधार तथा प्रमाण के छ ?

संस्कृतको अमरकोष अनुसार– किरात म्लेच्छ जातिको एउटा प्रकार हो । बौधायनमा म्लेच्छ गाइको मासु खाने, वर्णाश्रम धर्म नमान्ने, आर्यविधि भनिएको छ । कतैकतै संस्कृत नबोल्ने जातिलार्ई पनि म्लेच्छ भनेको देखिन्छ । वाम आप्टेले अनार्यदेश, वर्णाश्रम व्यवस्था नभएको देश, विदेशलार्ई म्लेच्छदेश भनेका छन् ।

अमरकोषमा म्लेच्छ देशलार्ई पर्यन्तभूमि भनिएको छ । नदी र पहाडको छेउको भूमिलार्ई पर्यन्तभूमि भनिएको छ । महानिधिमा पर्यन्तभूमिसम्म घुमफिर गर्ने जातिलार्ई किरात भनिएको छ । गाउँ र वनदेखि सुरु भएर सीमाना सकिएसम्म (समुन्द्रसम्म) का भूमिलार्ई पर्यन्तभूमि भनिएको छ ।

यहाँ शक्तिसङ्गमको भनाइलार्ई उद्धत गर्दै भनिएको छ, तातो कुण्डदेखि रामेश्वरसम्मको विन्ध्याचल पर्वत भित्रको भूमि किरातदेश हो । होचो जातिलार्ई पनि किरात भनिएको छ । आप्टेले सिकार गरेर जीविका चलाउने एउटा असभ्य पहाडी जातिलार्ई किरात भनेका छन् । उनले होचो कदको जाति, जङ्गलीजाति, घोडाको व्यवसाय गर्ने मान्छे र शिवमहादेवलार्ई पनि किरात शब्दले बुझाउने कुरा गरेका छन् ।

शब्दकल्प द्व्रममा फोहोर ठाउँमा घुमफिर गर्ने जाति, सुगुरको मासु खाने जाति, म्लेच्छ जातिको एउटा भेद (निषादसिकारी) होचो जाति र घोडाको रेखदेख गर्ने व्यक्तिलार्ई किरात भनिएको छ । मनुस्मृतिमा वेद नपढ्ने जातिभित्र किरातलार्ई पनि राखिएको छ । भागवत् पुराणमा शिवलार्ई किरात भनिएको छ । पहाडी जङ्गलमा सिकारीका भेषमा किरातरूपी शिव आएका छन् ।

किराती शब्दका निम्न अर्थ. एक प्रकारको म्लेच्छ जाति, होचो जाति, घोडाको रेखदेख वाव्यवसाय गर्ने जाति, सुगुरको मासु खाने जाति, असभ्य पहाडी सिकारी जाति, जङ्गलमा बस्ने जाति, वेद नपढ्ने अनार्य जाति, भारतको विन्ध्याचलपर्वतमा वस्ने जातिआदि । यी अर्थसँग नेपाली किरातीको सम्बन्धखोज्दा सुगुरको मासु खाने पहाडी, सिकारी र किरातरूपीमहादेवसँग सम्बन्धितजातिभन्न सकिन्छ ।

वि.सं. २०७५ मा प्रकाशित हुक्पाचोङबाङ (लिम्बु) वंशावलीको अध्याय दुइ मुन्धुम र किरात इतिहास शिर्षक अन्तर्गतको केहि अंशहरू हेरौ,

सावा येत्हाङका सन्तानहरू बढदो संख्यामा अनेक जाति, उपजाति, थरी हुदै उनिहरूले फैलाएको सभ्यतालाई किरात भनी चिनिए । प्राचिन किरातको प्राचिन इतिहास केलाउदा किरात जाति नभएर प्राचिन मानव सभ्यतामा आबद्ध मानव समुदायलाई समग्रमा किरात भनिएका हुन् ।

याक्थुङ लाजे हिमालय खण्डबाट सावायेत्हाङ किरात समुदायहरू चारैतर्फ फैलिएका हुन् । यहि हिमालय क्षेत्रबाट जापान, वर्माको चिन देशहरूमा बढदै गइ दक्षिण मंगोलिया, वर्मा, चिन सम्म फैलिएका जाति थिए । (हुक्पाचोङबाङ, २०७५, पृ ३८) कतिपय किरातीहरू दक्षिण पूर्वी चाइनाहँदै मुन्द्री किनार पक्रिएर नाउ, किस्तिद्धारा आजको जापान बस्न पुगेका हुन् ।

पूर्व दक्षिण तिर लाग्नेहरू कोरिया, थाइलेण्ड, भियतनाम, बर्मातिर बस्न पुगे कोहि पश्चिमतर्फ लाग्नेहरू काँशि बेबिलोनतर्फ लागे । दक्षिणतर्फ लाग्नेहरू सिन्धु पाकिस्तान ढाक्न पुगे सावा येत्हाङका वंश किरात समुदायका जातिहरूले अफ्रिकाको निल, टिग्रिस र सिन्धु नदिको दायाँबायाँ उपयुत्त क्षेत्रमा फस्टाएका सभ्यताहरू, मध्यचिनको ताक्लामकानविध्वंश पछि कोहि पूर्र्व पश्चिम, कोहि झरेका मंगोलाईड नश्लका किरात समुदायका जातिहरूबाटै भएको थियो ।

आर्य हिन्दुहरूको पौराणिक ग्रन्थहरूमा उल्लेख भएका पराक्रमी शौमर वंश, असुर वंशकापुर्खा क्रियड, क्रियाडी एवं किरातीहरू नै थिए । (ऐ.पृ. ४०) सावा येत्हाङका सन्तानहरू समयको गतिसँगै बढ्ने क्रममा कैयौं कालखण्डहरू पार गर्दै जाँदाएसियाको उत्तरी क्षेत्रबाट अलस्काहुँदै क्यानाडासम्म पुगे । यहि क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, न्युजिलेन्डआदि स्थानहरूमापन्ध्रौ हजार बर्ष अगावै पुगेर त्यहाँमया आज्टेक इन्कानामका सभ्यताहरू स्थापना गरिसकेका थिए ।

तिनै पौचिन सावा येत्हाङका वंश जो किरात समुदायको जातिहरूलाई उत्तर औं दक्षिण अमेरिकाका हालै रेड इन्डियन भनेर बिश्वभर चिन्छन् । सावा येत्हाङका वंश सन्तानहरू बिश्वभरी छरिने क्रममा एकै पटक नभएर एउटै ठाऊँमा पुगेका त्यहाँबाट पुनः फैलिएको इतिहासले औलाएको पाइन्छ । प्राचिन समयमै दोस्रो पटक अमेरिका पुगेर आफ्ना सभ्यता स्थापित गर्ने सावा येत्हाङ समुदायको एक शाखा मय जाति चीनको गोवी मरुस्थलका निवासी थिए ।

प्राचिनकालमै अलास्का र क्यानाडा हुदै यी मय जाति पछि अमेरिका पुगेर बसोबास गरे । (ऐ.पृ.४१) मेसोपोटामियन सभ्यताका अगुवाहरूलाई सुमेरियन भनिन्थ्यो । यी मंगोलाईड चेहराको तुरानियनजस्ता देखिने सुमेरियनहरूको मूलपनि किरात नै हो । (ऐ.पृ.४२) गाई पाल्नेलाई गोपाल, भैसी पाल्नेलाई महिषपाल भनेर संज्ञा दिए तर तिनीशरु भिन्न जाति नभएर किरात समुदायकै जातिहरू थिए ।(ऐ.पृ.५३)

उक्त हुक्पाचोङबाङ वंशावलीअनुसार संसारका सबै आदीबासी मंगोलियनहरू याक्थुङ मुन्धुममा आउने सावा येत्हाङका वंश तथा सन्तानका रूपमा देखिन्छन् । यदि यो सत्यहो भने हामीले गर्व गर्नै पर्छ । तर भारत, जापान, वर्मा, चिन, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, न्युजिलेन्ड आदि देशका आदिबासी मंगोलियनहरूले त के, हाम्रै देशका किराती हौँ भन्ने राई, याखा, सुनुवारले त स्विकार्दैनन भने, आफूले मात्र सावा येत्हाङकै वंशहो भन्दै बस्नु कतिको उचित होला ?

इ.स. 1793 मा प्रकासित COLONEL KIRKPATRICK को पुस्तक AN ACCOUNT OF THE KINGDOM OF NEPAUL, BEING THE SUBSTANCE OF OBSERVATIONSMADE DURING, AMISSION TO THAT COUNTRY केहि अंशहरू हेरौं:

Besidws the sancrit, which would appear to be considerably cultivated by the Brahmins of Nepaul. The principal verncular languages of this country are The Purbutti, The Newar, The Dhenwar, The Muggur, The kurraute, The Howoo or Hyoo, The Limboo and The Bhootia.

यस पुस्तकमा COLONEL KIRKPATRICK ले नेपालमाबोलिने भाषाहरूमा संस्कृत भाषाशिक्षित ब्राहणहरूले बोल्ने भाषा हो । त्यस पछि प्रमुखभाषाहरू पर्वते, नेवार, दनुवार, मगर, किरात, हायु, लिम्बु र भोटिया हुन् भनेर लेखेका छन् । यहाँ KIRKPATRICKका  अनुसार भाषिक रूपले पनि किराती र लिम्बू छुट्टै हुन् भनेर लेखेका छन् ।

यहि पुस्तकको Boundries and Extent of Nepaul शिर्षक अन्तर्गत

The country lying between Khatmanda and the borders just described is with the exception of the Morung and other Turrye district adjoining to it, entirely Mountainous, giving rise or passage to several rapid streams, theMost considerable of which are the Soan-Kousi, the Bhootia-Kousi, the Tambeh-Kousi, the Dhoodh-Kousi, the Arun and the Teesta, which last springs from Mount Chownrogolah, a branch or contamination of the snowy Phunijoong and situated about one journy E.S.E. of it. This Mountainous tract is inhabited by various uncivilized nations differing considerabley from each other in language and Manners, but Materially in point of religion.

The principal of these tribes are the Kerrautes, the Howoos and the Limboos or Limbooas, whom the Nepaul government finds it no easy Matter to keep in order, while it derives little or no advantage from them in any respect. The hills occupied by the Howoo, or Hyoo producing Kagnoo, those of the Kerrautes several sorts of Ghya and the Limboo Mountains (which are situated close to Himma-leh, and Much exposed to falls of snow yielding a species of rice called Takmaro, which it is not improbable, May be found to anse in the soil and climate of England.

यसै पुस्तकको Boundries and Extent of Nepaul भन्ने शिर्षक अन्तर्गत COLONEL KIRKPATRICK ले पूर्वी पहाडको वर्णन गरेका छन् । माथिको अनुच्छेदलाई संक्षेपमा अनुवाद गर्दा, नेपालको पूर्वी पहाडी क्षेत्रमा धेरै अशिक्षित जातिहरूको बसोबास रहेको जिकिर गरिएको छ ।

यस क्षेत्रमामुख्यगरी किराती, हायु, लिम्बूहरू बसोबास गछन्, यिनीहरूलार्ई नेपाल सरकारले अधिनमा राख्नगाह्रो छ । यस क्षेत्रमा बसोबास गर्ने जातिहरू कृषि उत्पादन गछन् । जसमध्ये हायु जातिहरूले कागनु, किरातीहरूले घ्या र लिम्बू जातिहरूले तकमारु उत्पादन गर्दछन् भनेर उल्लेख गरेका छन् ।

यस अनुच्छेदबाट जातिगत रूपमा कृषिउत्पादन गर्नेहरू मध्ये किरात र लिम्बू छुटटा छुट्टै KIRKPATRICK उल्लेख गरेका छन् । यस अनुच्छेदबाट पनि किरात र लिम्बु फरक जाति थिए भन्ने प्रष्ट हुन्छ ।

इ.स. 1892 मा प्रकासित H.H RISLAY का पुस्तक THE TRIBES AND CASTES OF BENGAL केहि अंश हेरौं,

Rai-Jimdar. A few Khambus have also taken to weaving. Their social status, so far as Nepal is concerned, is best Marked by the statement that they belong to the Kiranti group and are recognised as equals by the Limbus and Yakhas. In the Matter of food they are less partioularthean the Hindus of the plains, for they eat pork and the domestic fowl and indulge freely in strong drink.

यस पुस्तकमा H.H RISLAY ले खम्बुहरूलार्ई रार्ई–जिम्दार हुन र यिनीहरू किराती समुहमा पर्छ भनेका छन् भने, लिम्बू र याक्खाका केहि कुराहरू पनि तुलना गरेका छन् ।

इ.सं 1894 मा प्रकासित Captain Eden Vansittart का पुस्तक The Tribes, Olans and Castes of Nepal को केहि अंश हेरौं,

Population. –The population of Nepal is estimated at about 2,000,000 which, if we calculate the area at 54,000 squareMiles, gives 37 per squareMile. This though a low density of population, is asMuch as we should expect, considering theMountainous nature of the country.

I consider this estimate as to population a very low one. Nepalese authorities   give the population as over 5,000,000 and the Resident, Col. Sylie, considers this about the correct fingure.

Aboriginal Inhabitants. – The great aboriginal stock of Nepal is Turanian. The fact is inscribed in characters so plain on their faces, formas and languages, that it is unnecessary to trace their origin historically. The different tribes, as they occur, in a tolerably regular series, from the Kali river on the west to the Michi river on the east, are-

1st –cis-Himalayan Bhotiyas2 or Tibetans                    

2nd –Sunwar

3rd –Gurung

4th –Magar

5th –Murmi

6th –Newar

7th –Kironti

8th – Limbu

9th – Lepohas.

The cis-Himalayan Bhotiyas are found pretty generally diffused throughout the whole extent of the limits of the Michi and the Kali rivers, but are confined to the higher Alpine regions under the snows.

The Sunwars are found west of the valley and north of the Gurungs, and theMagars near and among the Bhotiyas. Th the east of the valley, in the basin of the SaptaKosi, is the a bode of the Kirontis and Limbus. These sub-Himalayan races inhabit all the central and temperate parts of these Mountains, the northernmost traots being occupied by the Bhotiyas, and towards Sikhim, by Lepchas. The southernmost region, as well as the low valley of the interior and central region, is inhabited by the following tribes:-Kuswar, Botiya, Kumha, Bhramu, Denwar, and Dari. These tribes inhabit, with impunity, the lowest and hottest valleys of Nepal, just as the Tharus and Boksas do the Tarai. They appear to have perfect immunity form theMalaria common to the region they inhabit-an immunity unkhonw as an attribute of any other people whatever.

इतिहासकार Captain Eden Vansittart ले काली नदि पूर्व र मेचि नदि पश्चिममा बसोबास गर्ने आदीवासीहरूमा सातौमा किराती र आठौँमा लिम्बू हुन् भनेर लेखेका छन् । साथै उपत्यकापूर्व सप्तकोशीको काखमा किराती र लिम्बूहरूको बसोबास रहेको प्रष्ट्याएको छ ।

The hill country constituting the basin of the Kosirive is divided into two provinces or districts by the Aran river.

The district lying on the right bank of the Aran (on the west) and extending between it and the Dud Kosi, is the country of thekiratis (Rais), a hill tribe of law-coste Hindus, who ocne possessed considerable power in territiry, but were speedily reduced to submission by Prithwi Narin after his conquest of Nepal.

The district lying on the left (or eastern) Bank of the Aran and extending from it to Sikkim is Limbuanaor the country of the Limbus, another tribe of low-caste Hindus.

यस इतिहासमा इतिहासकारले Geography खण्डमा अरुण पश्चिम र दुध कोशीसम्म फैलिएको देशलार्ई किरात (रार्ई) हरूको देश भनेर लेखेका छन् ।

इ.स. द्दण्ण्ठ मा प्रकासित FRANCIS BUCHANAN HAMILTON का पुस्तक AN ACCOUNT OF THE KINGDOM OF NEPAL को page 24 केहि अंश हेरौं,

The tribes, which on the artical of the colonies from Hindustan, occupied the country east from the Kali river (for those to the west have been the extirpated or abolished) were chiefly Magars, Gurungs, Jariyas, Newars, Murnis, Kirats, Limbus, Lepchas and Bhotiyas.

यस अनुच्छेदमा HAMILTON ले हिन्दु खस आर्यहरू छिर्न अगाडिका देशहरूमध्ये किरात र लिम्बू छुट्टाछुट्टै राज्य थिए भनेर लेखेका छन्।

यसै पुस्तकको Section II page 150 को अर्काे खण्डमा हेरौ,

The inhabitants of the eastern parts of Chayenpur have been already Mentioned. In the western parts the Most numerous tribe is Kirat, next Limbu, then Magar, lately introduced as soldiers, then Khas and Raj puts.There are also Murnis and towards the N.W. Bhotiyas.

यस अनुच्छेदमा किरांत र लिम्बु फरक फरक उल्लेख गरेका छन् ।
इ.स. 1877 मा प्रकासित DANIEL VRIGHT का पुस्तक HISTORY OF NEPAL को page 184 केहि अंश हेरौं,

Chapter 11, Population of the country; The Limbus and Kiratis occupy the hilly country to the eastward of the valley. The Limbu are Much employed in the army and both they and the Kiratis are famous as hunters.

यस इतिहासमा DANIEL VRIGHT ले उपत्यकापूर्वका पहाडी राज्यहरू लिम्बू र किरातीहरूले ओगटेका छन् भनी उल्लेख गरेका छन् । यसबाट पनि किरात र लिम्बु फरक हुन भन्ने प्रष्ट हुन्छ ।

इ.स. 1868 मा प्रकासित Dr. A. Campbell का पुस्तक On the Tribes around Darjeling को केहि अंश हेरौं,

CLASSIFICATION OF TRIBES; Limboos, Kirontis, Haioos, Sunwars, Chepangs Mountaineers, Forms of religion unnamed. Languages referable to the Indian or Thibetan standards. Stature smasll. Mongolian type strongest in the Limboos.

यस इतिहासमा इतिहासकारले CLASSIFICATION OF TRIBES भन्ने खण्डमा लिम्बू, किराती, हायु, सुनुवारहरू पर्वतारोही हुन् र धर्मको नाम थाहा नभएको साथै भोटबर्मेली भाषा बोल्छन् भनेर लेखेका छन् ।

Dr. A. Campbell कै पुस्तक JORNAL OF THE ASIATIC SOCIETY OF BENGAL; 495, Limboos, and other Hill Tribes hitherto undescribed. Esq-Superintendent of Darjeeling को केहि अंश हेरौं,

The Word “Limboo” is a corruption, probably introduced by the Goorkhas, of “Ekthoomaba” the correct denomination of these people; and is generally used by foreigners to designate the while population of the country between the Dood-Koosi and the Mechi, except such as belong to other well Marked tribes, such as theMoormis, Lepchas, Bhotiahs, and Purbuttiahs.

The division of Purbuttiahs is into the gion; theMoormis, Lepchas and Bhotiahs are Bhuddistical.

In the generic term “Limboo” are included people also known as the Kerautis, Eakas and Rais but such is the confused notion among the people themselves of the real nature of the differences which have led to these several denominations, that they are often used synonymously with the word Limboo, and with good cause, as the appearance, habits and religion of all are very Much alike and as all intermarry and are not divided by caste.

The Kerautis are Mentioned in the Purans as a warlike race of Mountain Mlechas; the Eakas are distinguaished from the Rais Merely by their habitat, which is confined to the lover and central ranges of the Mountainous tract between the Arun and Konki rivers; the Limboos consider themselves to be the aboriginal inhabitants of the country they now occupy, at least they are satisfied that none of the neighbouring tribes have any claims of preoccupation, but they are no agreed among themselves, on the point of nativity.

The Majority assert that from time immemorial, the tribe has occupoed the valley called “Tamber Khola” at the head of the Tamber Koosi river and that they have no grounds for ascribing their origin as a distinct tribe to any other country.

उक्त वाक्यांसको आशय, लिम्बु शब्द गोर्खाले लगाइ दिएको नाम हो । लिम्बु बाहेक मुर्मि, लेप्चा, भुटियाज र पुर्वटियाज जाति पनि बस्थे । पुर्विटियाज अन्तर्गत मुर्मि, लेप्चा र भुटियाजहरू बौद्ध धर्मलम्बिहुन । लिम्बु, याखा, राईलाई किरातभित्र समाबेस गरे पनिउनिहरू आफैमा भ्रमित छन् ।

किरातीहरूले पुरान लगाउछन्, जो हिमालय क्षेत्रको म्लेच्छ जातिहुन । याखाहरू राईभन्दा फरक हुन् । लिम्बुहरू कतैबाट नआएर यहाँका प्राचिन तथा आदिम जाति हुन्, जो तमर खोलाको बसोबास गछन् ।

इ.स. 1890 मा प्रकासित EDEN VANSITTART का पुस्तक THE COORKHAS को केहि अंश हेरौं,

Aborginal inhabitants of Nepal; The aborgianl stock of Nepal undoubtedly Turanian. This fact is inscribed in very plain characters in their faces, forms and language. Amongst the aborgines of Nepal Must be counted the Newars, Magars, Gurungs, Kirats or Rais, Limbus and Lepchas these are all Turanians.

इ.स. 1820 मा प्रकासित Charles Allen का पुस्तक The prisoner of Kathmandu: Brian Hodgson in Nepal को page 48 केहि अंश हेरौं,

This was another of Hodgson’s grandiose projects that never saw the light of completion, but it did result in more than a dozen ethnographic papers, initiated by a general outline, ‘On the aborigines of the Sub-Himalayas’, published in the Journal of the Asiatic Society of Bengal in January 1848 together with a ‘Comparative vocabulary of the several languages and dialects of the eastern sub-Himalayas, from the Kali or Ghogra (Rivers), to the Dhanari (River)’.

Crude as these papers may appear today, they set out for the first time an overview of the main ethnic groups inhabiting Hodgson’s difined area together with comparison of their languages, customs and identity, extending from the Bhutanese, Lepchas, Limbus, Kirantis, Suwars, Kocch, Bodos and Dhimals in the eastern Himalayas, to the Gurung and Magars in western Nepal, the Newars and Murmis (Tamangs, see Plate 32) in central Nepal and the Bhoties south and north of the Central Himalayan Range.

यस Brian Hodgson को जीवनीका लेखक Charles Allen ले ई.सम्वत १८४८ मा Journal of the Asiatic Society of Bengal भन्ने जर्नलमा छापेको कुराहरू लेखेका छन् । जसमा पूर्वी हिमालयका बसोबास गर्ने मुख्यजातिहरूमा भुटानी, लेप्चा, लिम्बू, किराती, सुनुवार, कोच, बोडो र धिमाल हुन् भनेर लेखेका छन् ।

सन्दर्भसामग्री
इङ्नाम भगिराज, “मुन्धुमको कालविभाजन”, काठमाडौं चुम्लुङ स्मारिका–२०७४, किरात याक्थुङ चुम्लुङ, काठमाडौं ।
इङनाम, भगिराज, शेरबहादुर, वि.सं.. २०७०, तेह्रथुम जिल्लामा सुब्बाङगी प्रथा, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ।
इङ्नाम भगिराज, २०७५, लिम्बु जातिको इतिहास, रेनु लिम्बु तुम्बाहाम्फे, सोपान प्रेस डिल्लीबजार काठमान्डौ ।
काइला, वैरागी, वि.सं. २०४८, लिम्बू जातिको कोख पूजा, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान काठमाडौं ।
खजुम, आइत, वि.सं. २०७१, च्याब्रुङको नालीबेली, विश्व याक्थुङ मुन्धुम समाज, सुनसरी, नेपाल ।
चेम्जोङ, इमानसिंह वि.सं.. २०५९, किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललितपुर नेपाल ।
तिल्लिङ हितराम, वि.सं. २०७४, तिल्लिङ वंशावली, तिल्लिङ वंशावलीनिर्माण समिति, लानपा–५, तेह्रथुम कन्चन प्रिन्टिङ प्रेस काठमान्डौ ।
तिल्लिङ हितराम, वि.सं. २०७७, याक्थुङ संस्कारहरू, युमा साम्यो, महासभा मलेसिया कन्चन प्रिन्टिङ प्रेस काठमान्डौ ।
माबुहाङ, अर्जुनबाबु, वि.सं. २०६३, लिम्बूवान, लालबहादुर लुम्फुङवा, चित्रकला खेवाङ जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्च, बागबजार, काठमाडौं ।
मावुहाङ, अर्जुनबाबु, वि.सं. २०६९, लिम्बू जातिको मुन्धुम र इतिहास, विश्व याक्थुङ मुन्धुम समाज, धरान, सुनसरी ।
याक्थुङबा, मन्जुल, वि.सं.. २०६२, मौलिक किरात धर्म संस्कार, प्रकासकः धनजित एभेङ लिम्बु ।
लाओती येहाङ, “लिम्बू जातिले गर्ने परम्परागत संस्कारहरू” काठमाडौं चुम्लुङ स्मारिक–२०७४, किरात याक्थुङ चुम्लुङ, काठमाडौं ।
लुम्फुङवा, बिजय, वि.सं.. २०७५, लिम्बुवानआन्दोलन विकासक्रमः बिगत र बर्तमान, लिम्बुवान अध्ययन केन्द्र बिजयपुर ।
सिंह, जि.पि, १९९०, प्राचिन भारतमा किरातहरू, निर्माण प्रकासन, नाम्चि दक्षिण सिक्कम, अनुबादक टि.बि राई ।
सुब्बा आशमान, वि.सं. २०४५, किरात साम्यो नु येच्छाथिम, श्रीमती लीला सुब्बा, अक्षर छापाखाना, पुतलीसडक, काठमाडौं ।
सुब्बा, धनहाङ, वि.सं. २०७४, लिम्बू लोकवार्ता, हाङ्मा लाबुङ, कञ्चन प्रिण्टिङ प्रेस, काठमाडौं ।
हुक्पाचोङबाङ, मदनकुमार, वि.सं.. २०७५, हुक्पाचोङबाङ (लिम्बु) वंशावली, हुक्पाचोङकाङ कल्याण संघ ।

Chemjong, Iman Singh, 2003 Third Edition, History And Culture of Kirat People, Kirat Yakthung Chumlung, Central Office Lalitpur, Nepal.

Hamilton, Francis 1819 AD, An Account of Kingdom of Nepal London.

John T. Hitchcock, Rex L. Jones, 1976, SPRIT OF POSSESSION in THE NEPAL HIMALAYS, Vikas Publishing House PVT LTD, New Delhi Bombay BangloreCalcutta .

Kirkpatric, Kolonel, 1969, An Accof Nepal, ount of The Kingdom, New Delhi Manjushree Publication House.

Kuloy, H.K. 1972, BIBLIOTHECA HIMALAYICA, SERIES I VOLUME 8, THE GAZETTER OF SIKKIM,Manjushri Publishing House, New Delhi .

Risley, H.H. 1892 voll II the Tribes and Castes of Bengal.

Vansittart, Eden, 1890, THE GOORKHAS, Anmol Publications, New Delhi India.

Wright, Daniel, 1877, HISTORY OF NEPAL,

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...