अमृतको कला मोह - Naya Online

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउँन सकिन्छ ।

त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिने गरेको पाईन्छ । त्यसैले होला, सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल कलाकार अमृत थापा भविष्यमा चर्चित भन्दा पनि कुशल कलाकार बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन् ।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र पनि हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउँने माध्येम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्येमबाट विभिन्न अवसरहरू पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका हुन्छन् ।

पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरू पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ । यसै सिलसिलामा धनगडीका अमृत थापा पनि कलाक्षेत्रमा आफ्नो भग्या खोज्ने क्रममा निर्माणधिन चलचित्र ‘श्रृंगार’मा अनुबन्ध भएका छन् ।

म्युजिक भिडियोमा देखिदै आईरहेका थापा यसै क्षेत्रमा निरन्तरता दिने सोचमा छन् । चलचित्र ‘श्रृगार’ बेदप्रसाद भुर्तेलले निर्देशन गर्ने भएका छन् भने भुर्तेल निर्देशित अघिल्लो चलचित्र ‘नदेखिएको जात’ प्रदर्शनको क्रममा रहेको छ ।

धेरै सफल पनि भैरहेका छन् भने कोहि क्षणीक अबधि पछि यो क्षेत्रबाट हराईरहेका पनि छन् । मोडलिङ क्षेत्रमा प्रसस्त सम्भाबनाहरू रहेका छन् भने क्षमतावान तथा कला भएकाहरूको लागि आफु चर्चित हुने राम्रो माध्येम पनि हो ।

मोडलिङ क्षेत्रलाई ब्यबसायिक रूपमा अगाडी बढाउँने सोचका साथ सम्भावना सहित मोडलिङमा प्रवेश गरेकी मोडल तुलसा साह बुढालीनकण्ठकी बासिन्दा हुन् । यसै साता उनि अभिनित नेपाली र मैथली भाषाको ‘तिम्रो दिल छ मेरोे नाम…’ शिर्षकको भिडियो सार्वजनिक भएको छ ।

निरन्तर भोजपुरी फिल्म निर्माण गर्दै आईरहनु भएका भरत साहले भन्नुभोः ‘मेरा चाहना थियो आफ्नी जीवन सङ्गीनिलाई रङ्गीन पर्दामा हेर्ने, सार्वजनिक भिडियो मार्फत त्यो चाहना पुरा भएको छ ।’

निर्माता साहले आफ्नो जन्मदिनको अवसर पारेर एक भब्य कार्यक्रमको आयोजना गरि भिडियो सार्वजनिक गर्नु भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...