उदारवादी अर्थक्रान्तिको नारा लिने, अनि लाखौँलाई रोजगार दिने कारखाना उडाइयो –परशुराम खापुङ - Naya Online

उदारवादी अर्थक्रान्तिको नारा लिने, अनि लाखौँलाई रोजगार दिने कारखाना उडाइयो –परशुराम खापुङ

ललितपुर, १६ साउन । नेपालमा उदारवादी अर्थक्रान्तिको नारा दिँदै अगाडि बढेका दलहरूले बाँसबारी छालाजुत्ता कारखाना, हैटौडा कपडा उद्योग, जनकपुर चुरोट कारखाना बालाजु कपडा उद्योगजस्ता कैयौं कारखानाहरू बन्द गरिएको जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य परशुराम खापुङले बताए ।

लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा नवौं भर्चुअल श्रृङ्खलामा प्रमुख वक्ताका रूपमा आएर खापुङले सो कुरा बताएका हुन् ।

खापुङले जनता समाजवादी पार्टी, नेपालको स्थापना र यसका मुद्दाहरू विषयमाथि भर्चुअल उपस्थित भएर आफ्ना कुराहरू राखेका हुन् ।

जनता समाजवादी पार्टी, नेपाल नेपाली काँग्रेस या कम्युनिष्ट घटकहरूभन्दा फरक बिचार र सिद्धान्त लिएर जन्मिएको खापुङको भनाई थियो । जसपाले पहिचानको पक्षमा बोल्ने, धर्मनिरपेक्षता र संघीयताको रक्षा गर्ने, समानुपतिक प्रतिनिधित्वको वकालत गरिरहेको उनको जोड थियो ।

पछिल्लो चरणमा चरम भ्रष्टाचार भइरहेको प्रति लक्षित गर्दै खापुङले भने –“अहिले संघीय सांसदमा मात्र होइन, स्थानीय निकायमा समेत चुनाव लड्दा करोडौँ खर्च गरिरहेका छन् ? यो रकम कहाँदेखि आउँछ ? पक्कै भ्रष्टाचार हो ।”

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै खापुङ जसपा सरकारमा सहभागी हुँदै गरेको जानकारी पनि दिए ।

जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समितिले हरेक शनिबार गर्दै आएको यो नवौं श्रृङ्खला हो । कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षता र सचिव केदार धिमालको सञ्चालनमा सम्पन्न भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...