नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य - Naya Online

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ ल्याएको छ । यसले नेपाली साहित्यका विविध आयामबारे चर्चा गर्ने तथा प्रकाशन गर्ने गर्दछ ।

सर्जकले हालसालै लेखेका सिर्जनालाई यस स्तम्भमा स्थान दिइने भएकोले यस स्तम्भको नाम ‘नयाँ साहित्य’ दिइएको हो । यसले सबैखाले बिचारलाई स्थान दिने छ ।

यस स्तम्भका संयोजन प्रकाश दिप्साली राईले गर्नेछन् । दिप्सालीले नयाँअनलाइन डटकमको स्थापनासँगै सम्वाददाताको रुपमा काम गर्दै आएका हुन् ।

लामो समयदेखि पत्रकारिता, शिक्षण तथा साहित्यमा कलम चलाउँदै आएका दिप्साली नेपालको पूर्वी भेगका सक्रिय युवा हुन् । विभिन्न साहित्यिक संगालो, स्मारिकाको सम्पादन गरिसकेका छन् । एफएम रेडियोमा साहित्यिक कार्यक्रम उत्पादन तथा प्रस्तोता भएर काम गरिसकेका छन् । उनको ‘घायल बस्ती’ कविता सङ्ग्रह (२०६९) प्रकाशन भइसकेको छ ।

दिप्सालीले हरेक शनिबार तपाईका साहित्यलाई नजिकबाट अध्ययन गर्दै विश्लेषण गर्नेछन्, समिक्षा गर्नेछन् ।

यस अंकमा जीवन देवान गाउँलको कथाकृति ‘पार्सल’को समिक्षा, म्यामराज राईको लघुकथा ‘खड्थ थापा मगर’, अरुणबहादुर खत्री ‘नदि’को कविता ‘तिमी मेरो सम्झनामा’ र साहित्यकार तथा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको साहित्यिक भलाकुसरी छन् ।

मलेसियाले आर्जेको सिर्जना सम्पति पार्सल (पुस्तकका कुरा)

खड्ग ठाडा मगर (लघुकथा)

तिमी मेरो सम्झनामा (कविता)

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...