'साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो' -नेत्रप्रसाद काफ्ले - Naya Online

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई सक्रिय राख्न चाहने काफ्लेहरेक क्षेत्रमा क्रियाशील छन् । कोरोना महमारीको यो परिस्थितिमा उनले खेलेको भूमिका उल्लेख्य छन् । यसका साथै उनी नेपाली भाषा, साहित्य र संस्कृतिलाई औधि माया गर्छन् । धरानको साहित्यकासको उत्थान र संरक्षणकै निम्ति भनेर वडाकै अगुवाइमा, वडाध्यक्ष काफ्लेकै संरक्षकत्वमा ‘साहित्य कला संस्कृति प्रतिष्ठान’ धरान १३ को स्थापना भएको छ । सो प्रतिष्ठानले गत फागुन २८ र २९ गते ‘अन्तराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव’ सम्पन्न गरिसकेको छ । सो महोत्सवमा अन्य पक्षहरूभन्दा उनको तारिफ चौतर्फी भयो । उनी प्राय हरेक साहित्यिक कार्यक्रमहरूमा उपस्थिति जनाउँने गर्दछन् र त्यहाँका धेरै अनुकरणीय पक्षहरूलाई आत्मसात गर्न चाहन्छन् । उनलाई साहित्यिक कार्यक्रममा निम्तो चाहिदैन । साहित्यिक कार्यक्रम भन्ने बित्तिकै स्वत स्फुर्त आफुलाई सहभागि गराउँछन् । साहित्यकार तथा लेखकलाई समाजको पथ प्रर्दशक एवं परिवर्तनको संवाहक मान्छन् । आजको नयाँ अनलाइनसँगको संवादमा उनै वडाध्यक्ष एवं धरानको एक साहित्यिक अभिभावक नेत्रप्रसाद काफ्लेज्यूसँगको कुराकानीको सारअंश प्रस्तुत गरेका छौँ ।

साहित्य कला संस्कृतिको स्थापना गरेर हिजोआज के कसरी बिताउँदै हुनुहुन्छ ?
सबैमा सर्वविदितै छ, यो बेला केरोना महामारी छ । यसको व्यवस्थापन चुनौतिपूर्ण छ । चुनौतिका बाबजुद कोरोना महामारीप्रति स्थानीय बासिन्दासँग काउन्सिलिङ गर्ने । संक्रमण भएकाहरूलाई आइसोलेसनमा बस्ने सल्लाह दिने । निःशुल्क औषधीहरू उपलब्ध गराउने जस्ता कार्यमा लागि परेका छौँ । एउटा जनप्रतिनिधि हुनुको नाताले वडाबासीको आधारभूत आवश्यक्ता सुझबुझ गर्ने यी यस्तै छ । व्यक्तिगत रूपमा भन्नुपर्दा दायाँबायाँ डटफट् गर्ने समय छैन । फुर्सदमा सामाजिक सन्जालमा देश विदेशका घट्ना परिघटना हेर्ने पढ्ने गर्छु । मेरो हिजोआजको दिनचर्या यी यस्तै छ ।

एउटा जनप्रतिनिधिको हिसाबले यो महामारीको व्यवस्थापन के कसरी गर्दैहुनुहुन्छ ?
माथि पनि भनिहालेँ अवस्था अनुरूप आफ्नो वडालाई निगरानी गर्ने तथा सिल गर्ने, सेनिटाइजरिङ गर्ने जस्ता कार्यहरू गरिरहेका छौँ । त्यसको अलवा अस्थायी प्रहरी चौकी फुस्रेसँग सहकार्य गर्दै कोरोना भाइरस सम्बन्धि सुचना तथा सन्देशहरू धाराप्रवाह गर्ने, संक्रमितहरूको अवस्था बुझ्न र उनीहरूलाई आत्ममनोबल दिन सम्बधित ठाउँ मै गएर सामाजिक दरी कायम गर्दै सामान्य स्वास्थ्य समाग्रीहरू प्रदान गर्ने जस्ता कार्यहरू गर्दै यो महामारीको रोकथाममा लागिपरेका छौँ ।

तपाईँको वडामा विकास निर्माणका कामहरू चाहीँ के कसरी चलिरहेको छ ?
कोरोना महामारीका कारण आफुले चाहे जति गर्न सकिएको छैन । त्यसो भनेर चुप लगेर पनि बसेका त छैनौँ । कोरोना महामारीका बाबजुत पनि प्रदेश, संघीय तथा नगर स्तरीय योजनाहरू चलि नै रहेको छ । स्वास्थ्य मापदण्डहरू अपनाएर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अमर आधारभूत विद्यालयको २ कोठे भवन निर्माण गर्यौँ । यस्तै सोही योजना अन्तरगत फुस्रे पब्लिक विद्यालयको ३ तले ९ कोठे भवनको निर्माण कार्य जारी छ । यसरी नै विकास निर्माणलाई पनि निरन्तरता दिइ नै रहेका छौँ ।

यहाँसम्म आईपुग्दा साहित्यप्रति निक्कै उदार देखिनुहुन्छ भन्ने मुल्यांकन गर्छन् प्रायले । यहाँलाई यो मोह कसरी जाग्यो ?
हाम्रो बुझाई आजसम्म पनि भौतिक विकास मात्र विकास हो भन्ने मानसिक्ता छ । मलाई चाहीँ त्यस्तो कदापी लाग्दैन । साहित्य र लेखन भनेको चेतना हो । भौतिक विकास मात्र गर्ने, सचेतना नजगाउने हो भने त्यसको संरक्षण कसरी हुन सक्ला र ? यात्रीको निम्ति पाटी पौवा बनाइन्छ तर चेतनाको अभावले जथाभावी फोहोर तथा दिसा पिसाब गरिन्छ भने त्यो पाटी पौवाको कुनै औचित्य रह्यो र ? हो यसको निम्ति लेखन तथा साहित्य । अझ म त साहित्य लेखनले हामी जस्ता जन प्रतिनिधिलाई घचघचाउने काम गर्दछ, गर्नु पर्छ भन्छु । हाम्रो निम्ति त साहित्य र लेखन भनेको पथ प्रर्दशक नै हो । समाजलाई कता डोराउने भन्ने कुरा पनि साहित्य सिर्जनाले नै निर्धारण गर्दछ भन्ने लाग्दछ । यो देशमा ठूलठूला परिवर्तन हुँदै गर्दा साहित्य सिर्जनाको पनि उल्लेख्य योगदान छ । यसै कारण हाम्रो वडामा साहित्य कला÷संस्कृति प्रतिष्ठान स्थापना गरेका छौँ । जसको संरक्षक म स्वयं रहेको छु । यो प्रतिष्ठानको माध्यमले कला र साहित्यलाई संमृद्ध बनाउँदै सुन्दर समाजको परिकल्पना गर्दै अघि बढिरहेका छौँ । यो पनि साहित्यको मोह नै त होला ।

यहाँको वडामा के कस्ता साहित्यिक गतिविधिहरू हुने गर्दछन् ?
यो पल्टको गतिविधिहरू त अब हुन बाँकी छ । तर गत वर्ष चाहीँ यस वडामा रहेका साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ ले अघिल्लो कोरोना कहरमा ‘साहित्य शब्द सरोवर’ नामक साप्ताहिक कार्यक्रम सन्चालन गर्यो । अरु यस्ता प्रशस्तै कार्यक्रमहरू गर्यौँ । र, आजसम्मकै हाम्रो प्रतिष्ठित कार्यक्रम धरान साहित्य महोत्सव सम्पन्न भयो । अग्रजहरूको सम्मान गर्दै प्रा. डा. भीम खतिवडाको ‘अम्मलको खेती’, यस्तै धरानका पुराना रंगकर्मी, रंगमञ्चको इतिहास गोपाल देवानको ‘दमनको राप’ नाट्य कृति प्रकाशन पनि गर्यौँ । ‘धरानको साहित्यिक मन पोखरामा’ नाममा हामीले साहित्यिक यात्रा पनि गरिसकेका छौँ । यस्तै अन्य साहित्यिक संघसंस्थाहरूले आयोजना गरेको साहित्यिक कार्यक्रमहरूलाई साथ दिने । यी यस्तै यस्तै गतिविधिहरू छन् भन्नुपर्ला ।

प्राय जनप्रतिनिधिहरू कला र साहित्यकै नाममा वार्षिक रूपमा बजेट बिनियोजन गर्न मिल्दैन भन्दै पन्छिने गरेको यावत उदाहरणहरू छन् । तर तपाई वर्षेनी विनियोजन गरिरहनुहुन्छ । त्यसको प्रकृया कसरी मिलाउनुहुन्छ ?

कला र साहित्यको निम्ति बजेट विनियोजन नै गर्न कसरी नमिल्नु ? एउटा जनप्रतिनिधिको इच्छा हुने हो भने त्यो अप्ठ्यारो हुने कुरै छैन । बेलबारी , धरान, हतुवागढी, केराबारीका केही वडाहरूलाई हेर्नु न । उल्लेखित पालिका तथा वडाहरूले कला र साहित्यका निम्ति बजेट विनियोजन गर्दै आइरेको खबर तथा समचारहरू हेर्ने गरेका छौँ । हाम्रो वडामा चाहीँ विविध शीर्षकसँगै अन्य भन्ने एउटा शीर्षक हुन्छ । जसमा पन्ध्र प्रतिशत बजेट हुन्छ । यस्तै संस्कृति शीर्षकमा नि हुन्छ । साहित्य र संस्कृति एक अर्काका सहायक पाटा हुन्, त्यहाँबाट केही मात्रा थैथाप गर्न मिल्यो । यस कारण साहित्यको निम्ति बजेटको निम्ति विनियोजन गर्न कुनै अप्ठ्यारो छैन । आखिर कला र साहित्य समाजको अपरिहार्य तत्व नै हो ।

धरान उपमहानगरपालिकाका अन्य वडाहरूमा साहित्यको निम्ति बजेट बिनियोजनको अवस्था कस्तो पाउनु भा छ ?

कला साहित्य संस्कृतिको निम्ति धरान उपमहानगरपालिकाले नि वर्षेनी बजेट छुट्याउने गरेको छ । पछिल्लो समयमा केही वडाले पनि यो शीर्षकमा बजेट बिनियोजन गर्न थालेको छ, यो एउटा सुन्दर पक्ष हो । र बाँकी वडाहरूले पनि यो शीर्षकमा बजेट छुट्याउने गरे उत्तम हुनेछ ।

तपाईको वडा अझ भनौँ तपाईँको वडामा रहेको कला साहित्य संस्कृति प्रतिष्ठान भावी योजनाहरू के के छन् ?
यो एउटा निक्कै महत्वपूर्ण प्रश्न हो मेरो लागि । हुन त यो प्रचलन पहिलेबाट नि हुन सक्छ, सायद मैले थाहा नपाएको हुन सक्छु । अहिले साहित्यकर्मीहरू बिच पनि एक खालको बेमेल भएको देख्छु । यो राम्रो हो जस्तो लाग्दैन मलाई । कवि कलाकार तथा लेखकहरूबिच भाइचारा हुनुपर्छ भन्ने मेरो चाहना हो । यसै अनुरूप हामी ‘मेची टु महाकाली’ साहित्यिक यात्रा गर्ने योजनामा छौँ । यो यात्राले एक आपसको सम्बन्धलाई सुमधुर बनाउदै सहकार्य गर्नमा टेवा पुग्दछ । एक अर्काको कला र संस्कृतिको खोज अनुसन्धान गर्ने अवसर मिल्दछ । यो यात्राले पर्यटन प्रवर्धन गर्नमा पनि मद्दत गर्दछ । त्यसैले हामी यो यात्रा गर्ने छौँ । अन्य गतिविधि त निरन्तर छँदैछ यहाँहरूले हेरि नै रहनुभएको छ । यो कोरोना महामारी सकिएपछि अरु योजनाहरू बन्नेछ ।

तपाईँको वडाले आजसम्म कला र साहित्यको निम्ति जे जति लगानी भएको छ, लगानी अनुसार काम भएको छ ? ति कामहरूबाट सन्तुष्ट हुनुहुन्छ ?
भएको कार्यक्रमबाट सन्तुष्ट हुने नहुने भन्दा नि म आफै कला र साहित्यको निम्ति बजेट बिनियोजन गर्न नसक्दा म चाहीँ असन्तुष्ट छु । यो पल्ट विगतमा भन्दा अझै बढाउने सोच थियो हाम्रो, तर यो महामारी लगायत विविध कारणले गत सालहरूमा जस्तै एक लाख रूपैया छुट्याइयो । खाजा तथा चिया खर्चलाई मिनिमाइज गरेर भए पनि आवश्यक परेको खण्डमा खर्चको व्यवस्थापन गर्ने सोचमा छु । र, हाम्रो वडाले लगानी गरेको कार्यक्रमहरूबाट सन्तुष्ट छु/छौँ । ‘धरान साहित्य संस्कृति तथा पर्यटन महोत्सव’ जस्ता कार्यक्रमको आयोजनाले त्यसै भन्छ । केही अपुग तथा कमजोरीहरू सामान्य कुराहरू हुन् । निरन्तर सुधारतर्फ लाग्नुपर्छ ।

अन्त्यमा,
अन्त्यमा, अघि पनि भनि हालेँ साहित्य जस्तो पवित्र क्षेत्रमा राजनीति घुसाएर कित्ताकाट गर्ने जस्ता काम बन्द गरौँ । यसको मतलब राजनीति आस्था नहुने भन्ने कुरो हैन तर नि त्यसैलाई बहाना बनाएर एक आपसमा खिच्चातानी, निषेध गर्ने जस्ता कार्यहरू अलि चित्त नबुझ्दो छ । यो कुसंस्कारलाई हामी सबै मिलेर हटाऔँ । बस् यति भैदियो भने साहित्य र लेखन साँच्चै पवित्र बन्थ्यो कि भन्ने लाग्छ ।

प्रस्तुतिः प्रकाश दिप्साली राई

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...