भ्वाईस अफ नेपालमा छानिए ४ उत्कृष्ट - Naya Online

भ्वाईस अफ नेपालमा छानिए ४ उत्कृष्ट

काठमाडौं, १६ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ का शुक्रबार भएको सेमिफाइनलमा चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन् ।

टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा टुंगिएको छ । यसैगरी टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर रोकिएको छ ।

टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...