कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई - Naya Online

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे

यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति निरौलालाई शुक्रबार बिदाई गरेको छ । गाउँपालिकाको कार्यालयले एक कार्यक्रमको आयोजना गरी निरौलालाई बिदाई गरेको हो । २०७५ चैत्रमा हाजिर भएका निरौला जिल्ला सदरमुकामस्थीत मेगा बैंकको शाखामा सरुवा भएका छन् ।

विदाई कार्यक्रममा गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिपसिंह तामाङले बैंकद्वारा प्रवाह गर्ने सबै सेवालाई निरौलाले प्रभावकारी बनाएको र कार्यालयसंग समन्वय गरी सकृयता पूर्वक आर्थिक कारोवार गरेको प्रति प्रशंसा गरेका थिए ।

सोही अवसरमा मायाको चिनो प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष सीता आचार्यले पनि निरौलाले कार्यालयको आर्थिक कारोवार र नागरिकको सेवामा निरन्तर खटिएको भन्दै प्रशंसा गरेकी थिइन् । उहाँले जुनसुकै समयमा पनि गाउँपालिका र नागरिकको सेवामा महत्वपूणर् समय खर्चिएको स्मरण गर्दै यो सहयोगलाई गाउँपालिकाले उच्च मुल्याङकन गरेको उपाध्यक्ष आचार्यले बताए ।

स्थानीय तहको निर्वाचनपछि स्थापना भएको मेगा बैंकले गाउँपालिकाको सबै वडाहरू साथै फाल्गुनन्द गाउपालिकाको ६ र ७ नम्बर वडाका नागरिकलाई समेत सेवा प्रवाह गर्दै आएको थियो । शाखा प्रमुख निरौलाले आफू र आफ्नो कार्यालयलाई जनप्रतिनिधि र कर्मचारीले सकरात्मक सहयोग गरेको भन्दै काम गर्ने क्रममा कमि कमजोरी भए क्षमा गर्न निरौलाले अनुरोध गरेका थिए ।

कार्यक्रममा कुम्मायक—१ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती, मिरमिरे लघुवित्त वित्तिय संस्थाका प्रमुख प्रकाश गर्तौला, गाउपालिकाका कर्मचारी र जनप्रतिधिहरूद्वारा विदाई हुने निरौलालाई खादा ओढाएर सम्मान गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

होटल सनस्टार ईन्टरनेशनल सञ्चालनमा

भैरहवा २२ साउन । सिद्धार्थनगर ८ लुम्बिनीरोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण हस्पिटालिटीसहित होटल सनस्टार...

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति...

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको...

पोखराको तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, २ साउन । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले...

वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ४ असार। वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा...

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...