मलेसियामा दुईदिनमा ७ ले ज्यान गुमाए - Naya Online

मलेसियामा दुईदिनमा ७ ले ज्यान गुमाए

जेडी गाउँले

क्वालालम्पूर, ३० जुलाई । पछिल्लो दुईदिनमा मलेसियाको वैदेशिक रोजगारीमा कार्यरत सात जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । कोभिड १९ को कारण पाँच जना र दुईजनाको अन्य कारणले ज्यान गुमाएका हुन् ।

जुलाई २९, विहिबार ज्यान गुमाउनेमा जेके सेक्युरिटी कम्पनीमा कार्यरत मनि बोहरा र पेनाङस्थति सुङ्गाई बकाबमा अवस्थीत मोडा पेपर कम्पनीमा कार्यरत टंक तामाङ रहेका छन् । बोहरा बुटवल निवासी हुन् भने तामाङ चितवन निवासी हुन् । दुवैजनाको निधनको कारण कोभिड १९ भए पनि तामाङले होम आईसोलेसनमा बसेका बखत आत्महत्या गरेका हुन् । होम आईसोलेसनमा रहेका बोहराको हस्पिटल लाने तयारी गर्दागर्दै निधन भएको हो ।

जुलाई ३०, शुक्रबार पाँचजनाको निधन भएको छ । निधन हुनेमा रेभेन्यू आईकन सेक्युरिटी कम्पनीमा कार्यरत बमबहादुर खड्का, पुत्रजाया एरयिामा सेक्युरिटी गार्डमा कार्यरत (कम्पनीको नाम नखुलेको) हेमराज राई, टिएसएस सेक्युरिटी कम्पनीमा कार्यरत बालकृष्ण नेपाली, ईपो पेराक राज्यमा कार्यरत धर्मराज जर्बत र बतुकेभमा रहेको MOITEC PRECISION SDN. BHD. मा कार्यरत सन्तलाल गोले रहेका छन् ।

कोभिड १९ को कारण निधन भएका खड्का सुर्खेत निवासी हुन् भने राई भोजपुर हतुवागडी निवासी हुन् । त्यसैगरी मोरङ पथरी शनिश्चरेका नेपालीको पनि कोभिड १९ कै कारण निधन भएको हो । खड्का र राईको निधन होम आईसोलेसनमा रहेकै बखत भएको हो भने नेपालीको निधन काजङमा अवस्थीत सरकारी हस्पटिलमा उपचारको क्रममा भएको हो ।

जुलाई ३० मा नै निधन भएका अन्य दुईजनामध्ये ललितपुर निवासी सन्तलाल गोलेको विगत दुई महनिादेखि क्वालालम्पुर हस्पिटलमा ब्लड क्यान्सरको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज उनको निधन भएको हो । तर, धर्मराजको भने निधनको कारण खुलिसकेको छैन । बेलुकी ९ बजेतरि निधन भएका उनी हिजो दिउसो ३ वजेतिर अचानक पेट दुख्यो भनेर साथीहरूको सहयोगमा हस्पिटल भर्ना भएका थिए ।

निधन हुनेको संख्यालाई तुलनात्मक रूपमा हेर्दा पछिल्लो समय कोभिड १९ को कारण निधन हुनेको संख्या बढ्दो छ । त्यसमा पनि अन्य क्षेत्रमा भन्दा सुरक्षा गार्डको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरू कोभिड १९ बाट बढि प्रभावित देखिन्छन् । उनीहरू फ्रन्टलाईनमा खटिएर काम गर्ने भएकोले पनि कोभिड १९ को संक्रमणबाट उच्च जोखिममा रहेको बुझ्न सकिन्छ ।

 

तस्बिरहरूः तिलोचन गौतमको फेसबुकबाट । निधन भएका अन्य तस्बिरहरु प्राप्त भएपनि विभत्स देखिनसक्ने हुनाले यहाँ नराखिएको जानकारी गराउँछौ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...