सगरमाथा साहित्य प्रतिष्ठानको प्रमुख सल्लाहकारमा नरेश सेन - Naya Online

सगरमाथा साहित्य प्रतिष्ठानको प्रमुख सल्लाहकारमा नरेश सेन

आजित क्षेत्री

युएई, ३० जुलाई । अन्तर्राष्ट्रिय नेपाली साहित्य जगतमा छुट्टै छवि र पहिचान स्थापित गर्न सफल सगरमाथा साहित्य प्रतिष्ठानले देश विदेशमा रहेका नेपालीहरुलाई साहित्यको मालामा उन्ने काम गरिरहेको छ । पछिल्लो समयमा यस संस्थामा युएईका साथसाथै संसारका विभिन्न देशका प्रबुद्ध विद्वानहरु पनि जोडिने क्रम तीब्र भएको छ ।

गत वर्ष विश्वव्यापी नेपाली कविता प्रतियोगिताको सफल आयोजना गरेर चर्चामा आएको यस संस्थाले अहिले दस लाखको अक्षयकोष निर्माण गर्नका लागि आर्थिक संकलन अभियान तीब्र बनाईरहेको छ र लक्ष्य नजिक पुगिसकेको संस्थाका प्रवक्ता राजेशराज गड्तौलाले जानकारी दिएका छन् ।

यसैबीचमा संस्थाले लामो समयदेखी युएईमा क्रियाशिल चर्चित ब्यक्तित्व नरेश सेनलाई आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ । २००७ सालदेखी युएईलाई कर्मथलो बनाईरहेका सेन युएईबासी नेपालीहरु बीच अति लोकप्रिय नाम हो । नेपालमा दाङ जिल्लाको तुलसीपुर निवासी सेन एनआरएन युएईका पूर्ब उपाध्यक्ष हुन् । हाल नेपाल एशोसियसन युएईका महासचिब छन् । युएईमा दर्ता भई कृयाशिल रहेका दुई नेपाली संस्थामध्ये यो पनि एक हो ।

युएइको एक प्रतिष्ठित कम्पनीमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रुपमा कार्यरत सेन जागिर र समाज सेवाका साथसाथै अध्ययनलाई पनि निरन्तरता दिईरहेका छन् । विद्यावारिधीसमेत गरिरहेका सेन साहित्य लेखनमा सक्रिय छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...