अर्थमन्त्री जनार्दन शर्मालाई चिनियाँ राजादूतको आश्वासन, कोभिडको लडाइँमा चिन नेपालको साथ रहने - Naya Online

अर्थमन्त्री जनार्दन शर्मालाई चिनियाँ राजादूतको आश्वासन, कोभिडको लडाइँमा चिन नेपालको साथ रहने

 

काठमाडौँ, १५ साउन । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङछीको भेट भएको छ ।

मन्त्रालयमा भएको उक्त भेटमा कोभिड महामारी साथै भूकम्पपछिको पुनःनिर्माणका लागि गरेको चिनियाँ सहयोगप्रति लागि अर्थमन्त्री जनार्दनले आभार प्रकट गरेका छन् ।

चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा मन्त्री शर्माले आभार प्रकट गरेका हुन् । चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यसका लािग राजदूत याङछीबाट सहयोग र सहजीकरण हुने अपेक्षा राखेका थिए भने राजदुत याङछीले जुनै सरकार आए तापनि नेपालप्रतिको चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताएकी थिइन् ।

त्यसैगरी नेपाली जनता र राजनीतिक दलहरूसँग चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीको सम्बन्ध राम्रो रहेको हुँदा कोभिड महामारी विरुद्धको लडाइँमा पनि चिन नेपालको साथ रहँदै आएको बताइन् । नेपाललाई यसअघिनै चीनले अनुदानमा १८ लाख डोज खोप दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

यस्तैगरी चीनले भुकम्पपछिको नेपालका २५ वटा परियोजनाहरूको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गरेकी थिइन् भने वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको बताएकी थिइन् । र, बाँकी रहेका अन्य परियोजनाहरूको काम पनि चाँडै सम्पन्न गरिने जानकारी दिइन् ।

तस्वीर साभार: गुगल

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...