भर्चुअल र फिजिकल दुबैबाट मञ्चन हुँदै अनुपस्थित ३ - Naya Online

भर्चुअल र फिजिकल दुबैबाट मञ्चन हुँदै अनुपस्थित ३

काठमाडौँ, १५ साउन । शिल्पी थिएटरमा फ्रान्सेली नाटककार झाँ-पल सात्रएको नाटक अनुपस्थित तीन नेपाली अनुवाद नाटक प्रदर्शन हुने भएको छ ।

साउन १८ देखि २० गतेसम्म प्रदर्शन हुने नाटक कोरोनाकहरका कारण थिएटरमा मात्र ४० जना दर्शक हुनेछन् । नाटकलाई अनलाइनमाध्यमबाट पनि हेर्न सकिन्छ ।

नाटकलाई अवतार पाठकले नेपाली अनुवाद गरेका हुन् भने परिकल्पना र निर्देशन घिमिरे युवराजको रहेको छ ।

विपिन कार्की, उषा रजक, पवित्रा खड्का, मनाहाङ लावतीले नाटकमा अभिनय गर्नेछन् । इन्टरनेट आजाको समयको राम्रो साथी भएको बताउँदै निर्देशक घिमिरे युवराजले रङ्गमञ्चले पनि साथी बनाउन लागेको बताएका छन् । घिमिरेसँगको इन्टरनेट कुराकानी निम्न छन् ।

अनुपस्थित ३ कस्तो खालको नाटक हो ?
आममान्छेले आफ्नो अस्तित्वको लागि कसरी लड्छ । वा आफ्नो नियति र भाग्य मान्छेले आफैँ कोर्ने हो भन्ने कुरा नाटकको मुल मर्म हो जस्तो लाग्छ । मैले पनि धेरै बुझ्न केको छैन । कोसिस गर्दैछु बुझ्ने । दर्शकहरूले अझ गहिरिएर बुझ्न सक्नु हुन्छ जस्तो लाग्छ ।

यसले नेपाली समाजलाई के सन्देश दिन्छ ?
कसैलाई सन्देश दिन यो नाटक मन्चन गरेको होइन मैले । तर नाटक पढ्ने वा हेर्नेले केही भेट्टाए त्यो उहाँहरूको कुरा हो ।

अहिलेको यो अवस्थामा नाटक बनाउन कतिको समस्या पर्‍यो ?
धेरै गाह्रो भयो । एक त आर्थिक स्थिति बिजोग छ । फेरि अभ्यासको लागि पनि सबै साथीहरू हरेक दिन भेट्न सजिलो थिएन । कोरोनाको कारणले ।

नाटक निर्माण गर्नुको उद्देश्य कलाकारको लागि कि दर्शकको लागि ?
दुबैको लागि हो ।

भर्चुअल प्रदर्शनको पनि कुरो आएको छ, कतिको प्रभावकारी होला ?
इन्टरनेट आजको समयको राम्रो साथी हो । रङ्गमन्चले पनि यसलाई साथी बनाएको छ । यो राम्रो हुन्छ । नाटकलाई संसारभरी पुर्‍याउन सकिन्छ ।

यो अभ्यास अन्य देशमा पनि भएका छन् ?
हो केही देशमा गज्जबले भएका छन । युके, न्युजिल्यान्ड तथा अमेरिका र युरोका धेरै देशले अभ्यास गरेका छन् । त्यही देखेर प्रभावकारी हुन्छ भन्ने लाग्यो । अचेल भारत र नेपालमा पनि सुरु भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...