जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सद्वारा अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग - Naya Online

जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सद्वारा अर्थमन्त्रीबाट जनार्दन शर्मालाई बर्खास्त गर्न माग

काठमाडौं, १५ साउन । जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई बर्खास्त गर्न माग गरेको छ । शर्मालाई नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै अलायन्सले बर्खास्त गर्न माग गरेको हो ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकामा सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको ३ बुँदे मागसमेत राखेको छ । नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा. मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए । डा. परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए । अन्तरजातीय विवाहको आरोपमा अण्डकोष घोटी-घोटी भेरी नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको समेत आरोप लगाए ।

संयोजक दलमर्दन कामीले जातीय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे ।

पत्रकार सम्मेलनमा अलायन्सका अर्का संयोजक चन्देश्वर दासले दलित समुदाय तिरस्कृत मानिसको व्यक्तिगत दुस्मनीले नभएर धर्मको कारण भएको जिकिर गरे । ‘जे जति सामाजिक घट्ना भएका छन्, ती सबै धार्मिक कारणले भएका छन् ।’ दासको भनाई थियो ।

कार्यक्रममा अलायन्सकै संयोजक कमला हेमचुरीले जबसम्म शोषित वर्ग समूह एकजुट हुँदैनन् तबसम्म दलित आन्दोलन सफल नहुने बताईन् । माओवादीका नेताले गरेको हर्कतले आज सत्तामोह वा जनताको मुक्तिको लागि लडेको हो भन्ने अन्यौल सिर्जना गरेको बताईन् । उनले जात प्रथाले समाजमा ल्याएको विभाजन र त्यसको अन्त्य गर्न आफूहरुले अलायन्सको गठन गरेको पनि स्पष्ट पारिन् ।

अलाइन्सको पूणर् विज्ञप्ति हेर्नुहोस्
जातीय विभेद विरूद्द राष्ट्रिय अलायन्स

National Alliance against Caste Discrimination (NACD)

पत्रकार मित्रहरू,
तमाम राजनीतिक र कानूनी परिवर्तनका बाबजुद हाम्रो देशमा कथित “अछूत” वा दलित बनाइएका ६०-७० लाख दलितमाथि अपमान, घृणा र हिंसा झनै बढेर गएको छ। कुनै पार्टीको सरकारले पनि नया कानून कार्यान्वयन गर्दै छुवाछुतजन्य अपराध र अत्याचार नियन्त्रण गर्ने हेतु ठोस कदम चालेको देखिदैन। उल्टो, जातीय हिंसामा संलग्न अपराधी संरक्षण गर्ने र पीडितलाई न्यायबाट बन्चित गर्ने खेदजन्य हर्कत राज्यको तर्फबाट पटकपटक भैराखोको अवस्थामा कानूनीराज्य कमजोर भएको मात्रै होइन, दलित समुदायमा चरम निरासा र बिद्रोहको भावना फैलिएको छ ।

गत साल पश्चिम रूकुम सोती गाउमा अन्तरजातीय विवाहको निहुमा तीन गाउका कथित उच्च जातीयहरूले लखेटी लखेटी, चरम यातना दिएर नवराज विक र उनका ५ जना साथीहरूलाई मारेर भेरी नदीमा फ्याकिदिए। त्यो संभवतः नेपालको इतिहासमै सबैभन्दा ठूलो जातीय नरसंहार मध्ये एक हो । जातीय अहंकार र घृणाको सबैभन्दा क्रुर रूप थियो त्यो । उक्त जातीय हिंसाले नेपाली समाजको, नेपाली धर्मसंस्कारको, नेपाली सभ्यताको अन्तराष्ट्रिय बेइज्जति भएको सबैले महशुस गरेका छन् । तर, सांसद जनार्दन शर्माले संसदमा मृतकहरू आफै भेरी नदीमा हाम फालेर डुबेर मरेका भन्ने झूटो विवरण प्रस्तुत गरे । उनले आफ्ना पार्टीका मानिस र नातेदार अभियुक्तहरू संरक्षण गर्ने अभिप्रायले शक्तिको दुरूपयोग गर्दै कानूनी प्रकृया प्रभावित गरेको आम बुझाइ छ ।

ती नै विवादित व्यक्तिलाई नवनिर्मित देउवा सरकारमा अर्थमन्त्री नियुक्त गर्दा तमाम दलित/शिल्पी समुदायले घोर अपमान महशुस गरेको छ । उनले सरकारको यति जिम्मेवार पदमा बस्ने नैतिक हैसियत राख्दैनन् । हाल सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा पीडित पक्षले (मगर र ठकुरी मृतकका परिवार समेतले) न्याय नपाउने खतरा समेत बढेर गएको छ । तसर्थ, शर्मालाई तुरून्त बर्खास्त गरी कानूनी शासनको प्रत्याभूति गर्न हामी जोडदार माग गर्दछौं ।

यसका साथै हाम्रो आन्दोलनका तर्फबाट निम्न मागहरू राख्दछौंः
१. अपराधीको पक्षमा संसदमा बोलेकामा सार्वजानिक माफी माग !
२.सबै मृतकहरूलाई (जातीय समानता र न्यायको लडाईमा) शहीद घोषणा गर !
३.पीडित परिवारहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस बास कपासको व्यवस्था गर !

छुवाछुत र जातिभेद नियन्त्रण गरी समाजमा न्याय, शान्ति, सद्भाव, भाइचारा कायम गर्ने हाम्रो यो आन्दोलन र आवाजलाई साथ दिनुहुन राजनीतिज्ञ, पत्रकार, बुद्धिजीवि, नागरिक समाजलगायतका संपूणर् न्यायप्रेमी दाजुभाई दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्दछौं ।

संयोजकहरूः दलमर्दन कामी, चन्देश्वर दास, कमला हेमचुरी र डा. मित्र परियार

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...