कोरियाली प्रायद्वीपको शान्तिपूणर् पुनर्मिलनतर्फः ट्र्याक २ कूटनीतिमा उत्तम अभ्यासहरूबारे छलफल - Naya Online

कोरियाली प्रायद्वीपको शान्तिपूणर् पुनर्मिलनतर्फः ट्र्याक २ कूटनीतिमा उत्तम अभ्यासहरूबारे छलफल

काठमाण्डौँ, १४ साउन । कोरियाली प्रायदिपको शान्तिपूणर् पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजनामा एशिया प्रशान्त नेतृत्व र थिक ट्याङ्क २०२२ ग्लोबल फोरमले एशिया प्यासिफिक स्तरिय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ ।

साउन १३ र १४ गते अर्थात २०२१ को जुलाई महिनाको २८ र २९का दिन भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा बिभिन्न दृष्टिकोणहरूमा एशिया प्यासफिक क्षेत्रका विज्ञहरूले जोड दिएका थिए ।

सम्मेलनमा लागि तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरूले दूई कोरियाबीचको पुनर्मिलनको सम्भाब्यताबारे बोलेका थिए । सम्मेलनमा राष्ट्रका पूर्व राष्ट्र प्रमुख, संसद, कुटनितिक विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरे ।

सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले दुई कोरियाबीच पुनर्मिलनले पृथक परिवारका पीडित हृदयहरूलाई निको पार्ने बताएका थिए । कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुर्‍याउँछ । पूर्व उपराष्ट्रपति झाले थप बताएका हुन् ।

एक शान्त र एकीकृत कोरिया जुन युद्धको डरबाट मुक्त हुनेछ जो उत्तरपूर्वी एसियामा आर्थिक विकासको लागि उत्प्रेरक बन्ने दाबी गदै दुबै कोरियाको एउटै धर्म, समानभाषा, समान संस्कृति र समान परम्परा रहेको पनि झाले बताए ।

पूर्वमन्त्री हिसीला यमीले नेपालको शान्ति प्रकृयाको बारेमा चर्चा गदै विश्वलाई एकताबद्ध गर्ने उपयुक्त माध्यमनै बार्ता र छलफल भएको बताईन् । उनले दुई कोरियालीहरू बीचको प्रगति मध्यस्थतामा कुरा गर्न रसिया र चाइनाले महत्वपूणर् भूमिका खेल्नसक्ने बताईन् ।

सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूणर् पूर्नमिलनको लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालिहरू सदैव शान्तिको पक्षमा उभिने बताए ।

लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि गरेका थिए । सम्मेलनमा एशिया प्यासफिक क्षेत्रका लाखौ मानिसहरूले सामाजिक सञ्जाल मार्फत कार्यक्रममा भाग लिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...