काटेको घाँस नाघिदिँदा दाजुभाइ मिलेर काकीको लिए ज्यान - Naya Online

काटेको घाँस नाघिदिँदा दाजुभाइ मिलेर काकीको लिए ज्यान

रुकुम, १४ साउन । सोमबार राति घर नजिकै मृत अवस्थामा फेला परेकी रुकुम जिल्लाको त्रिवेणी गाउपालिका- ४ छरीखोला की २६ वर्षीय मनकला खत्री खड्काको ज्यान लिएको अभियोगमा दुई जनालाई प्रहरीले गिरफ्तार गरी सार्वजनिक गरेको छ ।

घटनामा संलग्न त्रिवेणी गाउपालिका- ३ कुरल बस्ने अन्दाजी वर्ष १५ र ११ बर्षीय छन् । आरोपित एकैघरका दुई दाजुभाई हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी टोली र कणर्ाली प्रदेश ब्युरोको संयुक्त अनुसन्धानका क्रममा नीजहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनीहरू नाबालक भएकाले उनीहरूको नाम र फोटो भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनकलालाई १५ वर्षीय ५४ रुकुम पश्चिम ७७ (२) परिवर्तित नाम गरेका आरोपितले खुर्पाले हानी ज्यान लिएका हुन् । मनकलाको ज्यान लिएपछि मृतकले लगाएको गरगहनासमेत लुटेर लगेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरूले मनकलाको ज्यान लिएको स्विकारेपछि प्रहरीले उनिहरुलाई फेरि घटना स्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । साथै अभियुक्तले लुकाई राखेको सुनका कानबाली २ थान, मुन्द्री २ थान, टुक्की फुली १ थान र घटनामा प्रयोग भएको खुर्पा समेत प्रहरीले फेला पारेको छ ।

करिब एक वर्षअघि मनकला र उनीहरूबीच पैसा चोरीको आरोपमा वादविवाद तथा झगडा भएको र सोही रिस बढेर घटना घटेको देखिएको प्रहरीले जनाएको छ ।

घटना हँुदाको दिन ती दाजु भाईले काटेको घास मनकलाले नाघेपछि रिसको आवेगमा आएर काकीलाई खुर्पाले हानेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी धुव्र कुमार श्रेष्ठले बताए । डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको बताए ।

प्रहरीले आरोपी विरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँका सम्बन्धि कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

घर नजिकै करिब २ सय मिटरको दुरीमा रहेका बस्तु भाउलाई घास हाल्न भनेर करिब साँझ ७ बजेतिर घरबाट हिडेको केही समयपछि घटना घटेको हुन सक्ने बताएको छ । घटना स्थल नजिकैको केही मिटरको दुरीमा बस्तु भाको गोठ रहेका छन् । गोठको केही मिटर उत्तर-पूर्वमा मनकलाले बोकेको चावी फेला परेको र सोहि ठाउँको भित्तामा धस्सिएको र उक्त स्थानबाट केही मिटर पश्चिम तर्फको बारीबाट घिस्रिएर तलको अर्को बारीमा झरेको जस्तो देखिएको र त्यहीँ स्थानमा मनकलाको हतियार प्रयोग गरि ज्यान लिएर केही मिटर पश्चिम तर्फबाट तल्लो बारीमा शव फालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटना हुँदाको साँझ
घटना हुँदाको साँझ मनकलाको सासु सेती खड्का ७ वर्षिय छोरा घरमै थिए । सासु सेती खडकाका अनुसार मनकलाले घरको छेउमै अन्य दुई स्थानीय महिला साथिसँग भेट गरी उनीहरूसँग छुट्टिएर बस्तुभाउलाई घाँस हाल्न थिइन् । उनका अनुसार करिब ७ बजे झिसमिसेमा बस्तुभाउलाई घाँस हाल्न हिडेकी बुहारी ८/९ बज्दा समेत घरमा नआएपछि घरमाथिको छिमेकीको घरमा टेलिभिजन हेरेर बसेको होला भनेर फोन गर्दा त्यहाँ नभएको खबर पाएपछि आफु झस्किएको थिइन् ।

राति अबेरसम्म बुहारी घरमा नआएपछि छिमेकी महिलाको साहरा लिएर घर वरिपरि खोजतलास गर्दा नभेटिएपछि अन्य छिमेकी महिला पुरुषहरुले थप खोजतलास गर्दा गोठ नजिकै मृत अवस्थामा फेला परेको मृतककी सासु सेती खडकाले बताईन् ।

उनका अनुसार मनकलाका श्रीमान बलबहादुर खड्का विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको र उनको सात बर्षको छोरासमेत रहेका छन् ।

हिमालटाइम्सको सहयोगमा

https://www.youtube.com/watch?v=FEn9vqLzb4o

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...