रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर - Naya Online

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्तावमा पक्ष विपक्षमा तर्क अघि सरेका छन् । दक्षिणपन्थी तर्क राख्नेहरू मिश्रको पक्षमा र वामपन्थी तर्क राख्नेहरू विपक्षमा मत रहेको देखिन्छ । राज्य एकल जातीय, एकल भाषिक, एकल धार्मिक हुनुपर्छ भन्नेहरू उछ्रिङ्कल रूपले मिश्रको पक्षमा उभिएका छन भने राज्य बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधतायुक्त रहेको टिप्पणी गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्छ भनेर संघीयतावादीलाई सान्त्वना दिने जस्तो गरी जालसाझी वचन राख्नेको कित्तामा उनै वामपन्थीधार देखिन्छन् । वामपन्थीधारले के बुझेका छन भने शासनसत्ता र राज्यसंयन्त्रमा आफ्नै वर्चस्व रहेको हुँदा आदिवासी-जनजाति, दलित, उत्पीडित समुदायलाई न्युनतम रूपमा समेटेर शासनसत्ता कब्जा राख्नु पर्छ नत्र त्यो पनि सबै गुम्ने त्रास छ ।

फ्रेन्च राज्यक्रान्तिका बेला वर्गशत्रु शत्रु भन्ने शब्द व्यापक रूपमा प्रचार भएको र थेगोकै रूपमा प्रचलित थियो । रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव राजनीतिक व्यभिचारका निकै निर्मम र नग्न दृश्यको रूपधारण हो । मिश्रको प्रस्ताव हामीले वर्गशत्रु चिन्ने सुनौलो अवसरको रूपमा लिनु पर्छ । उहाले आफ्नो असली हर्कतवाजको अन्तिम रूप देखाउदछ भने यो त हाम्रो लागि सकरात्मक पक्ष हो । किनभने काङ्ग्रेसले प्रजातान्त्रिक समाजवाद, एमालेले लोकतान्त्रिक समाजवाद भनेर आदिवासी-जनजातिलाई ७० वर्ष जालझेल र भ्रमको खेती गरेर राजनीतिक देहव्यापार गर्दै सत्ताको भर्याङ् बनाएका छन् । यसरी काल्पनिक समाजवादको खोक्रो सिद्धान्तको खोल ओढेर शासन सत्ता कब्जा गर्न उनिहरू सफल भएको हो ।

काङ्ग्रेस, कम्युनिष्ट र मिश्रको लाइन एकै हुन नेपाललाई एकल जातीय हिन्दू राज्य बनाउने । मिश्रले कमसेकम ढाटेनन्, विवेकशील साझा पार्टी एकल जातीय हिन्दू राज्यको पक्षमा र दरबारियासँग साँठगाँठ रहेछ भन्ने छर्लङ्ग भयो । आचार्य चाणक्यले भनेका छन्- मानिसले मित्र र शत्रुको बेलैमा पहिचान गर्न सक्नुपर्छ । हामीले बेलैमा सच्चा मित्र र शत्रु चिन्यौ भने हानी नोक्सानीबाट बच्न सकिन्छ । कहिलेकाही मित्रको भेषमा शत्रु पनि आउन सक्छन् । शत्रुलाई चिनेर उनिहरूबाट बच्नमा सधैँ भलाई छ । चाणक्यको भनाइको तात्पर्य यहि होकि बेलैमा शत्रु चिन्न सक्यौ भने हानीबाट बच्न सकिन्छ । र हामीले आफ्नो वर्गशत्रुको पहिचान पाउनु पनि एक खुड्किलो सफलता हो ।

दरबारियाको घुम्टो ओढेर संघीयता र धर्मनिरपेक्षता खारेज गरौं भन्ने नवमण्डलेको रूपमा मिश्रले वैचारिक स्खलन र निरंकुशताको धुरी चढ्ने सिँढी बनाइरहेको देखिन्छ । बन्द कोठामा बसेर तास खेल्नेहरूले हासोठट्टा गरेझैं संघीयता र धर्मनिरपेक्षतालाई हासो ठट्टामा उडाउन खोज्ने मिश्रजीहरू साँचो अर्थमा भोकाएको अजिङगरको आहारा मात्रै हुन पहिचाहनवादीको लागि । त्यो नसोचौ कि मिश्र जस्ता तानाशाह, नवमण्डले चिन्तनका व्यक्तिको उदय हुँदैनन्, उदय हुन्छन् जन्मन्छ्न तर भोको संघीयतावादीको आहाराको रूपमा । मिश्रजीहरू जति कमसल र उदाङ्गिदै जान्छन् पहिचानवादी, संघीयतावादीहरू आफ्नो मुद्दामा उति नै मजवुत बन्छन् भन्नेमा विश्वस्त छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...