केरुङ्हरुमाथि राज्यले गरेको अतिक्रमणको बिरोध - Naya Online

केरुङ्हरुमाथि राज्यले गरेको अतिक्रमणको बिरोध

पाँचथर – फालेलुङ गाउँपालिकाको लगानीमा निर्मित बृतचित्र (डकुमेन्ट्रि) मा फालेलुङ–३, मच्छेबुङ्मा रहेको याक्थुङ (लिम्बू) जाति, थेगिमहाङ अन्तरगत केरुङ थारीहरुको माङ्गेन्ना लुङ्धुङ्यक खिबेलुङ (पस्तकेलुङ्) को इतिहासलाई बङ्ग्याउने काम भएको भन्दै केरुङ चोत्लुङ सङ्जुम्भोले आपत्ति जनाएको छ ।

सङ्जुम्भोको केन्द्रीय कार्य समिति र पाँचथर जिल्ला कार्य समितिले मंगलबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी गलत इतिहासलाई सच्याउन माग गरेको हो । आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिका द्वारा बिनियोजित बजेटबाट लोकल सन्देश नामक कम्पनिले निर्माण गरेको गाउँपालिकाको वृतचित्र (डकुमेन्ट्रि) मा केरुङ थरीहरुको माङ्गेन्नायकबारे आधारहीन सामाग्री समावेश गरिएको सङ्जुम्भोको भनाई छ ।

‘डकुमेन्ट्रि बनाउनुभन्दा अगाडि स्थानीय लोकसंस्कृति, परम्परा, इतिहास र मूल्य–मान्यतलाई गम्भिर अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्नेमा मनोगत र एकाङ्गी, जातीय विद्धेश फैलाउने काम भएको छ’ सङ्जुम्भोले जारी गरेको विज्ञप्तीमा भनिएको छ । पत्रकार सम्मेलनमा सङ्जुम्भोका केन्द्रीय सचिव सुरेन शिशिर केरुङले वृतचित्रका गलत सामाग्रीहरुलाई अविलम्ब हटाउन माग गरे ।

त्यस्तै सङ्जुम्भोले सोबारे विस्तृत अध्ययन गर्न मधुराज केरुङको संयोजकत्वमा सात सदस्सीय कार्यदल समेत गठन गरेको छ । कार्यदल संयोजक केरुङका अनुसार थेगिमहाङ अन्तरगतका जबेगु, हाङसरुम्बा, केरुङ र थक्लिहाङमध्ये केरुङहरुको पुर्खा हाङ्नोयेम खिबेलुङमा गई बसेकाले केरुङ थरीहरुले उक्त स्थानलाई आफ्नो माङ्गेन्ना लुङ्धुङयकको रुपमा पुज्ने र पुकार्ने गर्दछन् ।

वृतचित्रमा खिबेलुङबारे त्रेतायुगका भगवान भीमसेनले किताबको भारी बोकेर पहाडको उकालो चढ्दैगर्दा आफ्नी बहिनी सतीदेवीलाई खोलाले बगाएको खबर पाई पुस्तकको भारी बिसाएर डौडिएको र सो क्षेत्रमा पुस्तक आकृतिको ठूलो ढुङ्गा रहेको र त्यसालई पुस्तके ढुङ्गा भनिएको प्रशंग छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...