महामारीबाट जोगिने परम्परागत उपाय - Naya Online

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक

विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको छ । कोरोना महामारी विश्वका लागि नयाँ भनिएको भएता पनि आदिवासी विज्ञहरूले भने यस्तो महामारी विगतमा पनि भएको र यसको निकाश आदवासी ज्ञानमा रहेको दाबी गरेका छन् ।

आदिवासीका इतिहास तथा अभ्यासका बारे अनुसन्धान गर्दै आउनु भएका लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिवसमेत रहनु भएका अजितमान तामाङले ‘महामारी’ शब्द तामाङ भाषामा भएको हुँदा यसको भोगाई पुर्खाहरूले गरेको बिचार राख्नु हुन्छ ।

‘तामाङ भाषामा महामारीलाई ‘ह्याम’ भनिन्छ । ठुलै महामारीको रूपमा फैलिएको रोग । नेवारहरूले ‘भोलोए’ भन्ने गर्छन् । ‘भो’ भनेको परिवार र ‘लोए’ भनेको रोग अर्थात पारिवारीक रूपमा बिस्तारै सर्दै जाने रोग भन्ने जनाउँछ ।’ तामाङको विश्लेषणमा आदिवासीहरूको मातृभाषाका आधारमा यस प्रकारको महामारी उनीहरूले भोग्दै आएका थाहा हुन्छ ।

नेपाल मगर संघकी उपाध्यक्ष गंगा खासु मगर पनि ‘महामारी’ शब्द मगर भाषामा रहेको हुँदा यसको उपचार पनि मगर ज्ञानमा हुने दावी गर्नुहुन्छ । ‘हामी मगरहरू महामारीलाई ‘देसान’ भन्ने गर्छौ । यस्तो देसानबाट उन्मुक्तिका लागि परम्परागत पद्दतिहरू छन् । जसको प्रयोग मगर गाउँमा यद्यपि हुने गर्दछ ।’ उहाँको भनाइमा निशेषधाज्ञा तथा बन्दाबन्दी गर्ने प्रचलन मगर समाजमा हुन्छ । खास गरेर प्रथाजनित संस्था भेजाले यस्तो निणर्य गर्ने गर्दछ । यस्तो देसानमा तागतिलो र प्राकृतिक खाना खाने हाम्रो परम्परा छ । आधुनिक चिकित्सा विज्ञानले पनि कोरोनाजस्ता महामारीमा रोग प्रतिरोध क्षमता अभिबृद्धि गर्ने खाना खाने सल्लाह दिने गरेको छ ।

आदिवासी ज्ञानका खोजकर्ता ङवाङसोनाम शेर्पा पनि आदिवासी ज्ञानमा महामारीको उपचार भेटिने दावी गर्नू हुन्छ । ‘नेपालका आदिवासी शेर्पाले कोरोना जस्तो महामारीलाई ‘चेका ना’ भन्ने गरेको छ । यो पनि एक प्रकारको कोरोना जस्तै रोग हो ।’ शेर्पाहरूको मौखिक ज्ञानका आधारमा ‘चेका ना’ पनि कोभिड जस्तै सरुवा रोग हो, यस्तो रोगको संक्रमण भएका रोगीको राम्रो हेरचाह हुन नसके ज्यान जाने सम्भावना धेरै हुन्छ भनेको सुनेका हौ । यसैले यस्तो रोग लागेमा उपचार लागेमा वनजंगलमा पाइने जडिबुटिको प्रयोग गर्नू पर्छ भन्ने शेर्पाहरूको मान्यता छ ।

आदिबासी उपाय
विश्वव्यापी देखिएको कोरोना महामारीबाट जोगिनका लागि उपचार पद्दति भन्दा पनि सुरक्षात्मक उपय अवलम्बन गरिएको छ । भौतिक दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, अनिवार्य रूपमा माक्सको प्रयोग गर्ने, पटक पटक आफनो हात मिचि मिचि धुने सुरक्षित हुने केही उपायहरू अवलम्बन गरिएका छन् । यो विधि धेरैका लागि नयाँ लागेको छ । तर आदिबासी विज्ञहरू भने यो कुनै नयाँ विधि नभएको र यस्तो अभ्यास आदिवासीले गर्दै आएको दावी गरेका छन् ।

‘महामारीको रूपमा फैलिएको कोभिड १९ पछि व्यापक प्रयोगमा आएको सेनिटाइजर यसअघिनै तामाङ समुदायले प्रयोग गर्दै आएका छन् । गाँउघरमा मानिसको मृत्युमा सहभागी भए पछि त्यहाँ रोगव्याधी होला भनेर तितेपाती सहितको पानीले हात धुने र ढोकामा आइसकेपछि तेल, घिउ राखेको स्थानबाट बास्नायुक्त धुवा हात गोडा र शरिर तिर लगाउने प्रचलन छ ।’ आदिवासी विज्ञ तामाङले सोही प्रसँगमा तातोेपानीमा सुकेको रातोमाटोको डल्लो हाल्ने र त्यसमा बेसार, अधुवा र जिरा हालेर पानीलाई उमालेर पानीलाई बाक्लो बनाएर पिउने परम्पर। पनि सुनाउनु भयो । उहाँको तर्क थियो, रुगाखोकी लागेको बेला शुद्ध तोरीको तेलमा जिरा, जोवानोलाई तताएर शरीरमा लगाउने थरिकालाई पनि उपचार पद्दति मान्न सकिन्छ । जो कोरोनाकै लक्षणसँग मिल्ने खालको छ ।

कोरोना जस्ता महामारी रोगको उपचारका लागि आधुनिक औषधि विज्ञानले उपचार गर्ने औषधिको आविश्कार नगरेको पृष्ठभूमिमा आदिबासी परम्प।ागत ज्ञानमा आधारित वैकल्पीक प्राकृतिक उपचारलाई विश्वास गर्नु पर्ने उहाँहरूको सल्लाह थियो । यही प्रसँगमा खासु मगरले भन्नु भयो-‘आदिवासी ज्ञानमा आधारित वैकल्पिक उपचार पद्धति अन्धविश्वास नभएर विज्ञान हो । यस्तो परम्परागत विज्ञानले खानेकुराहरूको प्रयोगमा जोड दिन्छ । जुन रोगसँग लड्ने क्षमतासँग सम्बन्धित हुन्छ ।’

परम्परागत ज्ञानको संरक्षण
पछिल्लो समय हेर्दा आदिबासी जनजातिहरूका परम्परागत ज्ञानहरूको लोप हुँदै गईरहेको छ । यि ज्ञानहरूको लोभ हुनुमा विद्यालय, विश्वविद्यालयहरूमा सैद्धान्तिक रूपमा शिक्षा प्रदान नगर्नले र राज्यले पनि आदिबासी ज्ञानका संरक्षणको विषयमा चासो नदिएका कारण हो । आदिबासी विज्ञ शेर्पाका अनुसार आदिबासी ज्ञानहरू आजको पुस्तासम्म केही मात्रमा जिवितै रहँदै आएकोमा हाम्रा अघिल्ला पुस्ताहरूले पुस्तान्तरण गर्न चुनौतिपूणर् छ । अर्का विज्ञ तामाङ पनि शेर्पाकै भनाईमा सहमती जनाउँदै रम्परागत ज्ञानको संरक्षणका लागि तामाङ समुदायमा ठुलै हिस्सा मानिसहरू सँगठिन छन् । रोगव्याधी सम्बन्धी बोन धर्मको प्रवद्धन गर्ने जसलाई बोम्बो भनिन्छ । आधुनिकतासँगै यि परम्परागत कार्यहरू लोप हुँदै गएको भए पनि पुणर्रूपमा हराएको भने छैन् ।
नेपाल सरकारले ६० जातिलाई आदिवासी जनजातिमा सुचिकरण गरेको छ । आदिबासीको विशेष पहिचान र यस पहिचान भित्र उनीहरूको संस्कृति, सामाजिक सँगठन र जीवन रहेको हुन्छ यसैमा आदिबासी ज्ञानका तत्व लुकेको आदिबासी विज्ञहरू बताउनुहुन्छ । आदिबासी विज्ञ तथा नेपाल सरकाका पूर्व सचिव धन बहादुर तामाङ आदिबासी तामाङ ज्ञानका तत्वका बारेमा यसो भन्नुहुन्छ ‘हाम्रा पुर्खाहरूले जिविका चलाउदै आउने क्रममा सिकेरआएको ज्ञान जस्तै परम्परागत सिपहरू र त्यसमा आधारित ज्ञानहरूलाइनै आदिबासी ज्ञान भनिन्छ ।’ स्थानीय औषधीमुलो, जडिबुटीको प्रयोग गर्ने यसैगरि धामी झाँक्रीहरूबाट मनोबैज्ञानीक उपचार गर्ने आदिबासी परम्परागत ज्ञान तथा तत्व हो । यी ज्ञानलाई अभिलेखिकरण र पुस्तान्तरण गर्ने हो भने आज नै यसको प्रयोगमा आउनु पर्छ ।
(साभारः इन्डिजिनियस फिचर सेवा)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...