जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई - Naya Online

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले एक साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो ।

जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक हुँदा हस्ताक्षर गरेका ५१ जना सदस्यलाई हेड काउन्टका लागि बोलाएको थियो । उक्त क्रममा यादवको पक्षमा ३४ जना र महन्थ ठाकुरको पक्षमा १६ सदस्य उभिएका थिए । एकजना सदस्य रेशम चौधरी तटस्थ बसेका थिए ।

ठाकुर समूहलाई ४० प्रतिशत पनि भएन
जसपाको ठाकुर समूह भने ४० प्रतिशत सांसद र कार्यकारिणी सदस्य जुटाउन नसक्दा पार्टीभित्र अल्पमतमा परेको छ ।

निर्वाचन आयोगले राजनीतिक दल विभाजनसम्बन्धी कानुन अनुसार आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई नागरिकता र मतदाता परिचयपत्रसहित बोलाएर सनाखत गराएको थियो । उक्त सनाखतमा यादव पक्षमा करिब दुईतिहाइ बहुमत पुगेको हो ।

दल विभाजनका लागि केन्द्रीय समिति र दल दुवैमा ४० प्रतिशत मत आवश्यक हुन्छ । अब ठाकुर पक्षसँग यादव नेतृत्वमा रहने वा अर्को दल गठन गर्ने भन्ने बाटो मात्रै बाँकी छ ।

जसपाका कुन नेता कसको पक्षमा?
जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसमा १६ जनाले महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन् भने रेशम चौधरी तटस्थ बसेका छन् ।

उपेन्द्र-बाबुराम पक्ष
उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, मृगेन्द्रकुमारसिंह यादव, नवलकिशोर साह, अमृतादेवी अग्रहरि, रामनरेश राय यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकमारी यादव, मो.लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहायप्रसाद यादव, डम्मरुबल्लभ खतिवडा, प्रकाश अधिकारी, मो. इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रशान्त सिंह, भक्तबहादुर शाह, सुशीला श्रेष्ठ, विजयकुमार यादव, रमेशप्रसाद यादव, गजाधर रोहिता यादव, मनीषकुमार सुमन

महन्थ ठाकुर पक्ष
महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कणर्, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद साह, दानबहादुर विश्वकर्मा, सुनीलकुमार झा, निर्जला राउत

तटस्थ
रेशम चौधरी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...