मिक्लाजुङ गाउँपालिकाको वडालाई दक्षिण कोरियाको सहयोग (दाताहरूको नामसहित) - Naya Online

मिक्लाजुङ गाउँपालिकाको वडालाई दक्षिण कोरियाको सहयोग (दाताहरूको नामसहित)

पदमसुखी सम्बाहाम्फे

पाँचथर, यासोक ११ साउन । वैदेशिक रोजगारीको शिलशिलामा गएका प्रवासी युवाहरूले जन्मभूमिमा रहेका आफन्तजन र समुदायको लागि सहयोग सामाग्री पठाउान थालेका छन् ।

व्यत्तिगत र सामुहिक रूपमै अभियान संचालन गरी कोभिड संक्रमणबाट बचाउान युवाहरूले सहयोग सामाग्री सहयोग गर्न थालेका हुन् । केहीदिन अघिमात्रै जिल्लाको मिक्लाजुङ गाउँपालिका—१ र २ नम्बर वडावासीलाई प्रवासी युवाहरूले स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।

मिक्लाजुङ सरोकार समाज दक्षिण कोरियाका युवाहरूले रकम संकलन गरी दुबै वडालाई ३ लाख २० हजारको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै समाजले वडा नम्बर १ सराङडाँडाँलाई १ लाख ५० हजारको स्वास्थ्य सामाग्री र २ नम्बर वडालाई १ लाख ७० हजार रकम हस्तान्त्रण गरेको समाजका सम्योजक युगल किशोर लिम्बूले जानकारी दिए ।

गाउँघरमा संक्रमण बढ्न थालेको खबर पाएपछि कोरियालगायत विभिन्न देशमा रहेका वडावासी युवाहरूले आफ्नो वडावासी नागरिकलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको शेर्माको भनाइ छ । समाजले ४ थान अक्सिजन, ५ सय ५० थान माक्स, ५ सय ५० थान सेनिटाइजर, १० थान पि.पि.ई सेट मिक्लाजङ—१ का वडा अध्यक्ष बिष्णुकुमार राईलाई हस्तान्त्रण गरेका छन । वडामा हस्तान्त्रण गरेको स्वास्थ्य सामाग्री वडा कार्यालयले स्वास्थ्य चौकी, संघ सस्थ्था, विद्यालयलाई बितरण गरिएको अध्यक्ष राइले बताए ।

यसैगरी वडा नम्बर २ मा समाजले पठाएको रकम र अन्य देशमा बैदेशिक रोजगारीमा गएका युवाहरूले संकलन गरी पठाएको २ लाख ८३ हजार ६ सय रूपैयाबाट स्वास्थ्य सामाग्री खरिद गरिएको वडा अध्यक्ष सन्तकुमार शेर्माले बताए ।

उक्त रकमबाट ८ थान अक्सिजन सिलिन्डर, २ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिजन थ्रो मिटर, ८ थान डिजिटल, प्रेसर मिटर र १५ थान पिपिइ खरिद गरिएको शेर्माको भनाइ छ ।

मिक्लाजुङ सरोकार समाज दक्षिण कोरियाको लागि सहयोगदाताहरू युगल किशोर शेर्मा, सुन्दर दिप आङदेम्बे, सुरेश आङदेम्बे, तेजु आङदेम्बे, दिपक आङदेम्बे, आईन्द्र आङदेम्बे, निश्छल बान्तावा, सन्तोष मुकारुङ, पर्शु मुकारुङ, अखिल मुकारुङ, मनिष राई, राम साईला राई, तुलसी आङदेम्बे, भीम आङदेम्बे, राजेश आङदेम्बे रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...