एनआरएनए मलेसियाको प्रमुख पदहरूको टुङ्गो - Naya Online

एनआरएनए मलेसियाको प्रमुख पदहरूको टुङ्गो

जेडी गाउँले

क्वालालम्पुर, २५ जुलाई । आगामी जुलाई ३० मा हुन गईरहेको एनआरएनए मलेसियाको राष्ट्रिय अधिवेशनका लागि विभिन्न पदमा परेको कार्यसमिति उमेद्वारहरूको अन्तिम नामावली सार्वजानिक भएको छ । यो कार्यसमितिले सन् २०२३ सम्म काम गर्नेछ ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद, एसिया प्याशेफिक सह–संयोजक खगेन्द्र न्यौपानेद्वारा हस्ताक्षरित अन्तिम नामावलीका अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक जस्ता महत्वपूर्ण पदलगायत केही संख्यामा सदस्य पदहरू सर्वसम्मतिले चयन भएका छन् ।

सर्वसम्मत चयन हुनेमा अध्यक्ष विनोद वहादुर थापा, वरिष्ठ उपाध्यक्ष इन्द्रनारायण लिम्बु, महासचिव रन्जित कुमार क्षेत्री, सचिव रोशन सुब्बा, सचिव नारायण अधिकारी, कोषाध्यक्ष कृष्ण नेपाल, सहकोषाध्यक्ष बलध्वोज लिम्बु, युवा संयोजक अरुण गिरी, महिला संयोजक मिरा पुरी गिरी र सदस्यहरूमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा रहेका छन् ।

त्यसैगरि बरिष्ठ उपाध्यक्षमा मै उमेद्वारी परेको हेमराज सापकोटा लगायत अन्य उपाध्यक्षका उमेद्वार राकेश प्रसाद महतो, दिलकुमार केरुङ र जयराम तिमल्सिनाको उमेद्वरीलाई भने अधिवेशनमा पठाईने उल्लेख गरिएको छ ।

आईसिसि सदस्यमा उमेद्वारी परेको रमेश प्रसाद तिवारी, शुभद्रा कुमारी लिम्बु, टेकबहादुर टमटा, लाल बहादुर आले, नेत्र बहादुर क्षेत्री, वीरेन्द्र बहादुर नेगीको हकमा भने अधिवेशनपछि आउने २०२१–२०२३ को कार्यसमितिले निर्णय गर्ने बताईएको छ । हालको पंजिकृत सदस्यसंख्यालाई हेर्दा एनआरएनए मलेसियाले ५ जना आइसिसी सदस्य पाउने देखिन्छ ।

एनआरएनए मलेसियाको बिगठित २०१९–२०२१ को कार्यसमितिले जुलाई २४/२५ मा सम्पन्न गर्ने गरि पुरुस्वोतम कट्टेलको संयोजकत्वमा निर्वाचन कमिटि तोकेको थियो । तर, निर्वाचन गराउन नसक्ने कमजोर कमिटिको संयोजकले १९ जुलाईका दिन नै निर्वाचन कमिटि भङ्ग गरेपछि उमेद्वारहरूको अन्तिम टुंगो लगाउने अधिकार एसिया प्याशेफिक सहसंयोजकमा गएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...