फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा - Naya Online

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ । झालाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरेका थिए । सो कार्यक्रमको दौरानमा काउन्सिलका अध्यक्ष झाले आश्विनीकान्तलाई विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफीको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गरेका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेको व्यक्ति भनि प्रशंसा गरेका थिए ।

उनलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा उहाँको सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाइनरका साथै फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताए ।

विभिन्न प्रतिष्ठित पुरष्कार तथा सम्मानद्वारा सम्मानित कोरियोग्राफर अश्विनी झाले आफ्नो निजी जिन्दगीमा पाएको सफलता सरह नै आफ्नो सल्लाह सुझाब र मार्गदर्शनले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई सफल बनाउन सहयोग पुर्याउनेछन् भन्ने आशा गरेको बताए ।

त्यसैगरी सोही कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले विगत पाँच वर्षमा संस्थाले गरेका कार्यहरू र प्रगतिहरूसम्बन्धी प्रकाश पार्नुभयो । आफ्नो मन्तब्य दिने क्रममा कोरियोग्राफर अश्विनी झाले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई उक्त जिम्मेवारीको लागि योग्य ठानेकोमा धन्यबाद दिँदै कोरियोग्राफर र फेशन डिजाइनर एक अर्काको परिपुरक भएको बताए ।

कोरियोग्राफर झाले आफ्नो विगतको अनुभवलाई कोट्याउँदै आफ्नो सुरुवाती मोडलिङ गर्दाको दिनहरूदेखि नै उहाँलाई फेशन डिजाईनरहरूको एकदमै ठूलो साथ र सहयोग प्राप्त भएको आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेशन डिजाइनरहरूको साथ र सहयोग रहेको बताए । उनले वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेशन डिजाइनिङ क्षेत्रका साथै मोडलिङ र ब्युटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउँदै अब छिट्टै नै सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याई पुर्याउने बाचा गरे ।

कोभिड पूर्वसमस्त नेपाली ब्युटी पेजेन्ट र फेशन जगतले विश्व मञ्चमा राम्रो उपस्थिति जनाउँदै गरेको अवस्थामा अवको दिनहरूमा अझै सशक्त र परिस्कृत रूपमा नेपाली फेशन डिजाइनरहरूको उपस्थिति रहनेछ भनी आशा व्यक्त गर्दै यसका लागि आफ्नो तर्फबाट हुने हरेक सहयोगका लागि हरपल तत्पर रहने बताए ।

कार्यक्रममा अन्य वक्ताले कोरियोग्राफर झालाई संस्थामा स्वागत गर्दै आ–आफ्नो मन्तव्य र धारणा राख्नुका साथै काउन्सिलको विगतका पाँच वर्षको उपलब्धि तथा कमी कमजोरीको समीक्षा गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

होटल सनस्टार ईन्टरनेशनल सञ्चालनमा

भैरहवा २२ साउन । सिद्धार्थनगर ८ लुम्बिनीरोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण हस्पिटालिटीसहित होटल सनस्टार...

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति...

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको...

पोखराको तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, २ साउन । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले...

वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ४ असार। वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा...

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...