त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ? - Naya Online

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले

क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध भयो । सन्नटा छायो । शोकाकुल परिवारका उपस्थितिले शोकमय बन्यो । किनकी मलेसियाबाट उडेको नेपाल एयरलाईन्सको वाईडबडी विमानले एकैचोटी २४ वटा शव र ३ जनाको अस्तु बोकेर ल्याउदै थियो ।

कोभिड १९ को कारण उसै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको चहलपहल शून्य–शून्य छ, त्यसमाथि त्यतिको संख्यामा आउदै गरेका शव जिम्मा लिन आएका आफन्तजनको उपस्थितिले घोर चकमन्नता छाएको थियो । त्यहि चकमन्तलाई चिरेर नेपाल एयरलाइन्सको वाईडबडी अवतरण भयो । र, तत्क्षणका लागि एयरपोर्टको शुन्यता खल्बलियो ।

हाल नेपाल एयरलाईन्सको वाईडबडी विमानले खास प्रायोजनका लागि मात्रै मलेसियाको उडान भर्ने गरेको छ । त्यो खास प्रायोजन भनेको लामो समय मलेसियाका लागि हवाई उडानहरू बन्द हँुदा चाङ लागेका शवहरू नेपाल ल्याउनका लागि नै हो । वाईडबडीको आजको उडान पनि विशेष शव ल्याउन कै लागि भएको थियो । आज ल्याईएका शवहरूमा १ जना कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेर मृत्यू भएका, आत्महत्याबाट मृत्यू भएका ६ जना र अन्य विभिन्न कारणले मृत्यू भएकाहरूको शव छन् । त्यसैगरि अस्तु ल्याईएका ३ जनाको भने कोरोनाका कारण मृत्यू भएकाले मलेसियामै दाह संस्कार गरिएको थियो ।

क्वालालम्पूरस्थित नेपाली राजदूतवास मलेसियाका प्रशासनिक अधिकृत प्रतीक कार्कीका अनुसार आज आएका अस्तु र शवहरू पाल्पाका एम बहादुर सुनारी, वर्दियाका मनिराम चौधरी, बाराका राम बहादुर कामु, जाजरकोटका सन्दिप विक, वाग्लुङका सुनिल विसी, तनहुँका झपट बहादुर थापा, पाचँथरका दल बहादुर लावती, ललितपुरका जीत बहादुर मोक्तान, खोटाङका कृष्ण कुमार राई, सल्यानका बुद्धिराम कामी, सुनसरीका होपबहादुर गुरुङ, ओखलढुङ्गाका सोम बहादुर तामाङ, सिन्धुपाल्चोकका अमर बहादुर माझी, वैतडीका कर्ण बहादुर भण्डारी, सिराहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्याम थारु, झापाका शम्भु विक र मोरङकी कमलादेवी भण्डारी, दैलेखका लोक बहादुर शाही, झापाका लोक बहादुर लावती, नवलपरासीका मोती तामाङ, ओखलढुगाका लक्ष्मण तामाङ, झापाका गोविन्द बोहोरा र सर्लाहीका राजकुमार राय, नवलपरासीका मोहनप्रसाद चौधरी, सिराहाका रोशनकुमार यादव र डडेलधुराका मिनबहादुर विष्टको रहेको छ ।

नेपाल र मलेसिया दुवै देशलाई काभिड १९ ले प्रभावित बनाएपछि गत बैसाखदेखि नै नियमित हवाई उडानहरू बन्द रहेको थियो । त्यसमा पनि कति समय त विशेष उडानहरू नै बन्द भयो । जसका कारण मृतकका शवको चाङ थपिदै गएको हो । पछिल्लो समय हवाई उडान खुले यता अर्थात जुलाई १७ को उडानमार्फत १२ वटा, जुलाई २१ को उडान मार्फत १ वटा र जुलाई २४ को उडानमार्फत आएको २४ वटा शव र ३ जनाको अस्तु समेत गरि ४० जनाको शव नेपाल आईसकेको छ ।

यस तथ्याङ्कलाई हेर्दा त्रिभुवन विमानस्थललाई मलेसियाले पटक पटक रुवाउछ भन्न सकिन्छ । आजको दिन मात्रै हैन, यो भन्दा अगाडि १७ जुलाईको दिन र त्यो भन्दा नि अगाडि–अगाडिका दिनहरूमा पनि मलेसियाले त्रिभुवन विमानस्थललाई रुवाएको थियो । स्तब्ध पारेको थियो । शून्य–शून्य बनाएको थियो । किन त ? किनभने मलेसियाका लागि उडान भर्ने एयर लाईन्सहरूले न्यारो बडीमार्फत उडान गर्छन् । न्यारो बडीमार्फत उडान गर्ने हुदा ती एयर लाईन्सको प्राथमिकतामा मृत शवहरू पर्दैनन् । यसो भनौ, एयरलाईन्सका कार्गाेमा शवको बाकस अटाउदैनन् । नेपाल सरकारको स्वमित्व रहेको भनिएको नेपाल एयरलाईन्सले पनि नियमित रूपमा वाईड बडीमार्फत उडान गर्दैन । परिणाम शव एकपछि अर्काे गर्दै चाङ लाग्छ । शवको चाङ लाग्दै गएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतवासले वाईडबडी पठाई दिन नेपाल सरकारलाई अनुरोध गर्नुपर्छ । र, यसरी आएको वाईडबडीले बोक्न सक्ने जति शव बाकस बोकेर नेपाल ल्याउछ । जसले गर्दा एकैचोटी धेरै संख्यामा शव र जिम्मा लिन आउने आफन्त देख्दा त्रिभुवन विमान स्थलले आँशु बगाउछ ।

मलेसियाले त्रिभुवन विमानस्थल कहिलेसम्म रुवाउछ ? थाहा छैन । तर यो पक्का हो जबसम्म नेपाल एयरलाईन्सको वाईड बडी विमानले मलेसियाका लागि नियमित उडान गर्दैन तबसम्म त्रिभुवन विमान स्थलले आजकै दिन जसरी रुनुपर्छ । स्तब्ध हुन पर्छ । शून्य–शून्य हुनु पर्छ । र,यो पटक पटक दोहोरी रहनुपर्छ ।

श्रोत भन्छ, अझै पनि उडानको पर्खाईमा छन् १८ शव –मलेसियामा ।

तस्बिरहरुः विभिन्न अनलाइन

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...