“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ” - Naya Online

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका दिनेलाई राजनीतिक कोरोनाभाइरसको उपमा दिएका छन् । भाइरसलाई निमिट्यान्न नपारे सम्पूर्ण पार्टीलाई क्षति पुर्याउने श्रेष्ठको भनाई थियो ।

संविधान विघटन गर्ने संविधानमा नभएको तर केपी शर्मा ओलीको सरकारले दुईदुईपटक विघटन गरेर संविधानलाई खेलौना बनाएकोले गर्दा विपक्षी दलको मोर्चा बनाई सरकारविरुद्ध लाग्नुपरेको श्रेष्ठले बताए ।

त्यसैबेला जसपाका केही हिस्साले प्रतिगामी तत्वलाई साथ दिएकोले उनीहरुलाई धोका दिनेको रुपमा श्रेष्ठले औंल्याएका हुन् । “ति गद्दारहरु हुन् । ति गद्दारहरुको अवस्था कसरी सडकमा पुग्यो ? तपाईहरुले देखिरहनुभएको छ ।” श्रेष्ठले गद्दारको संज्ञा पनि दिएका छन् ।

जसले पार्टीलाई धोका दिए उनीहरुलाई संसदमा संख्या पुर्याउन नसक्ने अवस्थामा रहेको र हाम्रो संख्या पु¥याइदिनुस् भन्दै रोइकराई गर्दै हिडिरहेको देख्नुपरेको बताएका छन् ।

लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा भएको लिम्बुवान भर्चुअल संवाद कार्यक्रममा राष्ट्रिय राजनीति र जसपा, नेपालको आगामी कार्ययोजना विषयमाथि बोल्दै श्रेष्ठले पार्टीले चुनावसम्म पार्टीलाई लैजानसक्ने गतिबारे धारणा राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...