बन्जी कर्ड नबाँधीकनै हाम्फालेपछि हृदयघात - Naya Online

बन्जी कर्ड नबाँधीकनै हाम्फालेपछि हृदयघात

काठमाडौँ, ९ साउन । बन्जी जम्प गर्ने क्रममा बन्जीको डोरी नबाँधीकनै हामफाल्दा उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा एकजना युवतीको ज्यान गएको छ ।

समाचार एजेन्सीहरूका अनुसार आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीले बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक गलत इशाराबाट भ्रमित भइ बन्जीजम्पकोे बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फाल्दा उनी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरू घटनास्थलमा पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

डोरी नबाँधि खसेतापनि मेडिकल रिपोर्ट अनुसार उनको मृत्यु खसेकै कारण नभइ हृदयघातका कारण भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै हाम्फालेपछि उनी झल्याँस्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बुझेर हतारमै हाम्फालिछन्, जबकि उनको खुट्टामा डोरी नै बाँधिएको थिएन । युवती तल खसेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने कोसिस गरेको भए पनि असफल भएको बताइएको छ । –एजेन्सीहरूको सहयोगमा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

अमेरिकाले गर्‍यो इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई...

काबुल एयरपोर्ट विष्फोटको जिम्मा आइएसआइएसकेले लियो

एजेन्सी । पेन्टागन र अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका अनुसार बिहिवार साँझ काबुल विमानस्थलको गेटमा दुई...

मेस्सीले आँसु पुछेको टिस्यू पेपर लिलामीमा, मूल्य ११ करोड

धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि...

अफगानिस्तानको सरकार ढल्नुमा बाइडेन दोषी भन्दै ट्रम्पले मागे राजिनामा

काठमाडौ । अमेरिकाका राष्ट्रपति जोन बाइडेनकाका कारण अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त भएको...

बाढी प्रभावित गाउँमा अवलोकन गर्न पुग्दा आफै फस्न पुगे गृहमन्त्री

भारत । बाढी प्रभावित गाउँमा रेस्क्यु अपरेशनको अवलोकन गर्न पुग्दा प्रदेशका गृहमन्त्री आफै फस्न...

बन्जी कर्ड नबाँधीकनै हाम्फालेपछि हृदयघात

काठमाडौँ, ९ साउन । बन्जी जम्प गर्ने क्रममा बन्जीको डोरी नबाँधीकनै हामफाल्दा उत्तरी कोलम्बियाको...

विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने सील्याण्ड माइक्रो नेसन

काठमाडौं, ७ साउन । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ...