पुष्पलालका सहयोद्धा स्याङ्बोलाई जेसुमको सम्मान - Naya Online

पुष्पलालका सहयोद्धा स्याङ्बोलाई जेसुमको सम्मान

काठमाडौँ, ९ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी कमरेड पुष्पलालको स्मरण गरेका छन् ।

साउन ७ गतेका दिन मनोहरा खोला किनारमा अवस्थित स्याङ्बोको निवासमा गई जेसुम अभियानका तर्फबाट स्रष्टाहरूले खादा ओढाएर स्याङ्बोप्रति सम्मान प्रकट गरेका हुन् । स्याङ्बो पुष्पलालका एक मात्र जीवित सहयोद्धा हुन् । पुष्पलालका प्रिय सहयोद्धा कवि स्याङ्बोका दुई कवितासङ्ग्रह प्रकाशित छन् ।

जेसुम अभियानका अभियन्ता अनिता लामा, स्नेह साय्मि, सुरेश हाचेकाली, दीपेन्द्र वनेपाली लगायतले कवि स्याङ्बोका एक एकओटा कविता पाठ गरेका थिए । कवि स्याङ्बोले चाहिँ कमरेड पुष्पलालका सम्बन्धमा प्रकाश पारेका थिए ।

जेसुम अभियानकी अभियन्ता कवि अनिता लामाले नेपाल कम्युस्टि पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको स्मृति दिवस मनाइरहँदा लामो समय कमरेड पुष्पलालसँगै आन्दोलनमा होमिएका तर गुमनाम जिन्दगी बिताइरहेका कमरेड पुष्पलालका सहयोद्धा तथा वयोबृद्ध कवि हर्ष स्याङ्बोलाई सम्मान गरी ४३ औँ पुष्पलाल स्मृति दिवस मनाएको बताइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...