“द्रौपदी अवशेष” युगयुग बाँचिरहने किताब - Naya Online

“द्रौपदी अवशेष” युगयुग बाँचिरहने किताब

निर्दोश जीवन

“छाता आफू नरुझी ओत दिन सक्दैन । घाममा आफू नसेकिई छाया दिन सक्दैन । पेमाका लागि वर्षामा रुझ्न, घाममा सेकिन ग्याल्जन हमेसा तयार थियो ।” – द्रौपदी अवशेष

मदन पुरस्कार बिजेता उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित नयाँ उपन्यास “द्रौपदी अवशेष” एक विल्कुलै फरक विषयमा लेखिएको उपन्यास हो ।

महाभारतमा पाँच पाण्डव र द्रौपदीको वैवाहिक सत्यताबारे पढेको हुँ । उक्त घटना सुनेर मन अमिलो भएको थियो ।

अहिले “द्रौपदी अवशेष”मा पेमाले पनि द्रौपदीको जस्तै वैवाहिक जीवन जीउनु परेको प्रतिनिधि सत्य घटनाले पुनः मन अमिलो भएर आयो ।

संस्कारलाई बचाउन अझै पनि हाम्रो नेपाली समाज कसरी जिईरहेको छ भन्ने यथार्थ चित्रण यस उपन्यास पढ्दै गर्दा थाहा हुनेछ । वास्तवमा हामीले देखेको, भोगेको भन्दा पनि फरक रहेछ समाज र संस्कृति ।

नेपालको उच्च हिमाली क्षेत्र हुम्लालगायतका केही भागमा रहेको बहुपति विवाह संस्कृतिबारे अत्यन्तै गहिरो अध्ययन अनुसन्धानपश्चात् यति सुन्दर उपन्यासले जन्मिने सौभाग्य प्राप्त गरेको छ ।

मैले महाभारतमा मात्रै बहुपति विवाह होला भन्ठानेथेँ । उपन्यास पढ्दै जाँदा अझै पनि हाम्रो देशको उच्च हिमाली भेगमा यस्ता संस्कृति अवशेषको रूपमा रहँदै आएको बारे उपन्यासकार निहारिकाले आफ्नो लेखनका माध्यमद्वारा आम पाठक सामु प्रष्ट्याइदिनु भएकोमा हार्दिक धन्यवाद भन्न चाहन्छु ।

हुम्लालगायतका भेगहरूको भाषा, कला र संस्कृतिको बारेमा समेत धेरै जानकारी हासिल गर्न ठूलो सहयोगी पुस्तकको रूपमा आएको छ “द्रौपदी अवशेष” ।

कर्णाली प्रदेशका उच्च पहाडी भेगका मान्छेले कसरी दुःखका पहाड चढ्ने र झर्ने गरेकाछन् ?
मान्छेहरूका पीडाका कथा र उनीहरूले भोग्दै आएका अनेकौं व्यथाहरूको कहिले अन्त होला ?
यहाँका मान्छेहरू आँसुका सागरमा कसरी पौडिन बाध्य छन् ? यस्तै यस्तै प्रश्नहरूले मन विथोलिदिएको छ ।

दूरदराजमा सुखको घाम कहिले उदाउला ? शिक्षा र स्वास्थ्य, बाटो र बिजुली यो ठाउँमा कहिले पुग्ला ?

संस्कृतिको जगेर्ना गर्ने नाउँमा कयौं विकृति र कुसंस्कारको अन्त कहिले होला ? यतिबेला मेरो मनमा यस्तै प्रश्नहरू उब्जिएका छन् ।

पेमा र ग्याल्जनको प्रेम प्रसँगहरूले उपन्यास अत्यन्तै सुन्दर बनेको छ । पेमा र ग्याल्जनलाई पुर्नमिलन गराउन ठूलो भूमिका निभाउने दिग्विजयलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु ।

अत्यन्तै खोजमुलक उपन्यास “द्रौपदी अवशेष”ले नेपाली साहित्यलाई थप उचाइ प्रदान गर्न सफल हुने कुरामा म निश्चित छु । यो किताब युगयुग बाँचिरहने किताब हो भनेर निर्धक्क साथ भन्न सक्छु म । ऐतिहासिक उपन्यास बनेर हरेक पाठकको मनमा बस्न सफल हुनेमा म विश्वस्त छु ।

द्रौपदी अवशेष एउटा अर्गानिक उपन्यास भएकोले उपन्यास पढ्ने हरेक पाठकले आफ्नो पाठकीय आयु बढेको महसुस गर्नेछन् । यस्ता ओजनदार उपन्यासले पुस्तक पठन संस्कृतिमा समेत बढोत्तरी ल्याउन सफल हुनेछन् । उपन्यासकार नीलम कार्की निहारिकालाई हार्दिक बधाई तथा शुभकामना ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...