एनआरएनए बहराइनमा पुनः लक्ष्मी गिरी - Naya Online

एनआरएनए बहराइनमा पुनः लक्ष्मी गिरी

बहराइन, २४ जुलाई । एनआरएनए बहराईनको आठौं महाधिवेशनबाट अध्यक्षमा श्रीमती लक्ष्मी गिरी पुनः निर्वाचित भएका छन् । उनले सुभाष केसीलाई भारी मतान्तरले पराजित गरेकी छिन् । गिरीको ९५६ मत आएको थियो भने केसीको ३०९ मत आएको छ ।

त्यस्तै महासचिव राजकुमार श्रेष्ठ, सचिव वीरेन्द्र बुढाथोकी र कोषाध्यक्ष भावना आचार्य (पन्त) निर्वाचित भएका छन् ।

श्रेष्ठले ९४९ मत ल्याएका छन् भने प्रतिद्वन्दी देवेन्द्र गिरीले ३०२ ल्याए । सचिव पदमा ९५० मत ल्याएर बुढाथोकी विजयी भएका हुन् । प्रतिद्वन्दी अशोक आचार्यले २९७ ल्याए । त्यसैगरी भावना आचार्य पन्तले ९५१ मत ल्याएर कोषाध्यक्ष बनेकी हुन् भने करुण टण्डनले २९९ ल्याएकी थिइन् ।

यी पदबाहेक अन्यमा भने निविरोध भएको छ ।

निर्विरोध हुनेमा आइसीसी सदस्य दिनेशबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष अमर श्रेष्ठ, उपाध्यक्षहरु तीर्थबहादुर भण्डारी, युवराज प्याकुरेल, महिला उपाध्यक्ष कुष्णकुमारी गुरुङ, सहसचिव कृष्ण प्रसाद गैरे, महिला संयोजक संगीता खत्री, सहकोषाध्यक्ष दीपविक्रम राना र युवा संयोजक सन्तकुमार न्यौपाने छन् ।

सबै सदस्यहरु निर्विरोध भएका छन् । सदस्यहरु तिलकबहादुर कार्की, दीपकबहादुर दर्जी, सुशिला खत्री, रुद्रमणी उप्रेती, मिना तामाङ, फलामसिंह लामा, सूर्य भण्डारी छन् ।

निर्वाचन समितिमा राजकुमार बस्नेत, छविलाल विक र झहरमान थेबे रहेको बहराइनस्थीत विरेन तुम्बापो लिम्बूले नयाँअनलाइनलाई जानकारी दिएका छन् ।

कार्यक्रम भर्चुअल माध्यममार्फत बिहान ९ बजेदेखि सुरू भएको थियो । केही पदहरुमा निर्वाचन हुने नै भएपछि मध्यान्हको १ः३० बाट सुरू भई बेलुकी ९ः३० मा सकिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...